Comments Add Comment

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने

१० चैत, काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम सञ्चालन गर्ने भएको छ । पाँचौ व्याचको ६ महिने तालिम लिन इच्छुक नेपाली नागरिकलाई सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा आगामी चैत्र १८ गतेभित्र दरखास्त बुझाउन आग्रह गरिएको छ । दरखास्त बुझाउने स्थान सिप्रदीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु रहेको सिप्रदीले जनाएको छ ।

तालिम काठमाडौंको चन्द्रगिरिस्थित सिप्रदी तालिम केन्द्रमा सञ्चालन हुने र तालिम अवधिभर तालिम भत्ताका साथै उत्कृष्ट एवं सफल प्रशिक्षार्थीहरुलाई सिप्रदीले नेपालका विभिन्न स्थानमा सञ्चालित वर्कशपहरुमा रोजगारीका लागि प्राथमिकतामा राख्ने सिप्रदीले जनाएको छ ।

तालिममा सहभागी हुनका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका १० जना अटोमोबाइल विषयमा TSLC उत्तीर्ण वा १० कक्षा उत्तीर्ण गरी राष्ट्रिय सीप परीक्षण समितिबाट अटोमोबाइल विषयमा Level 1 उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

निशु:ल्क तालिममा काठमाडौं उपत्यका बाहिरका नेपालगञ्ज, महेन्द्रनगर, दाङ, सुर्खेत, इटहरी, विर्तामोड, हेटौंडा, वीरगञ्ज, त्रिशूलीका प्रशिक्षार्थीहरुलाई विशेष ग्राहयता दिइने कम्पनीले जनाएको छ । साथै विस्तृत जानकारीका लागि ०१ – ४३११५०१ EXt No: १६३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment