Comments Add Comment

काठमाडौंको लाखेननीमा लागेको आगो नियन्त्रणमा

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ ।

जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको विवरण एकीन हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment