+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

दोब्बर मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

रासस रासस
२०७८ वैशाख १९ गते १५:२८

१९ वैशाख, काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आइतबार कारबाही गरिएको हो ।

बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाईएपछि उक्त सप्लायर्सलाई कारबाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढार्इंले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा रु ४.४६ पैसामा खरीद गरेको मास्कलाई रु ८.३८ पैसामा बिक्री गरेको पाइएको थियो ।

उक्त सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ दफा १६ (२) को ‘क’ बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफा ३९ (१) को ‘ख’ बमोजिम जरिवाना गरिएको हो ।

पछिल्लो समय विभागले काठमाडौँ उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ ।

गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर कम्पनीलाई रु ५० हजार जरिवाना गरेको थियो । उक्त कम्पनीले उपभोक्ता मूल्य नतोकी बजारमा मास्क बिक्री गरेको गुनासोका आधारमा उद्योगमा स्थलगत रुपमा अनुगमन गरी विभागले कारबाही गरेको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?