Comments Add Comment

एकपटक सभापति हुने इच्छा छ, सहयोग गर्नुस् : रामचन्द्र पौडेल

११ असार, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा एकपटकका लागि सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।

‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्‍यो’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्वबाट अवकाश लिनुपर्ने कतिपय नेताहरुले धारणा राख्दै आएका छन् ।

पौडेलले आफूलाई देउवासँग नदाँज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेकाे जिकिर गरे । ‘देउवाजीसँग मलाई दाँजेर एउटै बास्केटमा नराख्नुस्’ उनले भने ।

१४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वकाे लागि दौडधुप शुरु भएको हो । कांग्रेस सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले तयारी तीव्र पारेपछि वरिष्ठ नेता पौडेलले भने सक्रियता बढाएका हुन् ।

उनले आफूनिकट केन्द्रीय सदस्यहरुसँग सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् । तर संस्थापनइतर समूहबाट आधा दर्जन बढीले नेतृत्वका लागि दाबी गरे ।

कांग्रेस महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा रामशरण महत र कल्याण गुरुङले नेतृत्वमा दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment