+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कांग्रेसको पदाधिकारी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते ८:११
फाइल तस्वीर

३१ असार, काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार अब बैठक शुक्रबार बस्ने छ ।

यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो ।

शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?