+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

तोकिएकै समयमा महाधिवेशन गर्न पौडेल समूहको जोड

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १० गते २१:११

१० साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ ।

स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो ।

पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए । हामीबीच मुख्यत आसन्न महाधिवेशनकै बारेमा छलफल भयो । महाधिवेशन समयमा हुँदैन कि भन्ने आशंका उत्पन्न भएको छ,’ उनले  अनलाइनखबरसँग भने, ‘तर हामीले चाहिँ तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ भन्ने निष्कर्ष निकालेका छौं ।’

उनले क्रियाशील सदस्यताका कारण महाधिवेशन प्रभावित हुने अवस्था आएपनि अब स्थानीय अधिवेशन पनि चाँडै हुनुपर्ने बताए ।

‘क्रियाशील सदस्यताको काम छिटो सम्पन्न गर्नुपर्दछ र अब स्थगित भएका स्थानीय अधिवेशनको मिति पनि चाँडो तोकेर अगाडि बढ्नुपर्दछ,’ नेता केसीले भने, ‘भदौमा महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता हामीलाई छ । महाधिवेशन कुनै पनि बहानामा सार्ने काम गर्नुहुन्न ।’

कांग्रेस महाधिवेशन भदौ १६–१९ मा काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । तर क्रियाशील सदस्यताको काम सम्पन्न नहुँदा महाधिवेशन प्रभावित हुने आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?