+
+

साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार पोखरेल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २७ गते १८:५१

२७ साउन, काठमाडौं। साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रह्लाद पोखरेल नियुक्त भएका छन् ।

साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका उनले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने, ‘साझा प्रकाशन नेपाली साहित्य, नेपाली भाषा र समग्र नेपाली वाङ‌्मयको अग्रणी संस्था हो । र यो ऐतिहासिक रुपमा रहेको संस्थाको काममा कमी भएको देखिएको छ । साझाको आफ्नै गौरवपूर्ण कामलाई निरन्तरता दिनका लागि प्रयत्नशील रहनेछु ।’

कार्यक्रममा निवर्तमान महाप्रबन्धक होमप्रसाद गौतमलाई विदाई गरिएको थियो। साझा प्रकाशनका वरिष्ठ अधिकृत होमनाथ भट्टराईसहितका कर्मचारीहरुले नवनियुक्त महाप्रबन्धक पोखरेललाई स्वागत गरेका थिए भने निवर्तमान महाप्रबन्धक गौतमलाई विदाई गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?