+
+

साना उद्योगी व्यवसायीमैत्री मौद्रिक नीति आयो : अध्यक्ष कटुवाल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १८:४९

२९ साउन, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मौद्रिक नीतिले साना तथा मझौला उद्योगष्ी व्यवसायीहरुका पिरमार्का सुनेको प्रतिक्रिया दिएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति सकारात्मक भएको उनले बताए ।

‘कोरोना महामारीका कारण धेरै उद्योग व्यवसाय समस्यामा परेका छन्, धेरै समस्यामा पर्नेमा पनि साना तथा मझौला उद्योग व्यवसायहरु छन्’ उनले भने, ‘मौद्रिक नीतिले उनीहरुलाई खुसी बनाएको छ, धेरै व्यवस्थाहरु सकारात्मक छन् ।’

उद्यम व्यवसाय सञ्चालन गर्न रु. १ करोड वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ । यो साना तथा मझौला उद्योगी व्यवसायीहरुका लागि राम्रो भएको उनले बताए ।

कोरोना प्रभावित उद्योग व्यवसायीहरुलाई धेरै सहुलियत दिएको भन्दै उनले मौद्रिक नीति स्वागत योग्य भएको बताए । तर विगतमा जस्तै यस वर्ष पनि कार्यान्वयनका क्रममा साना तथा मझौला उद्योग व्यवसाय हेपिन्छन् भन्ने आफूलाई शंका रहेको बताए ।

‘कोरोना भाइरसको महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ’ अध्यक्ष कटुवालले भने, ‘मौद्रिक नीतिले निषेधाज्ञा अवधिका २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने इएमआई/इक्यूआई वा साँवा ब्याज भुक्तानी गर्न नसकेका ग्राहकको वित्तीय स्थिति बैंक तथा वित्तीय संस्थाले मूल्यांकन गरि २०७८ पुस मसान्त सम्म म्याद थप गर्न सकिने व्यवस्था मिलाइएको छ, यो धेरै राम्रो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?