Comments Add Comment

फिचर

List Grid
उपाधिका लागि मछिन्द्र र आर्मीको घम्साघम्सी

३ फागुन, काठमाडौं । शनिबार दशरथ रंगशालामा सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब भिडे । यो खेल जसले जित्दा पनि पहिलोपटक लिग उपाधि जित्ने इतिहास रच्ने अवसर बन्थ्यो । आर्मीका लागि खेल बराबरी गर्दा नै पुग्थ्यो । मछिन्द्रले १-० गोलअन्तरले बाजी मारेपछि उपाधि उसकैको पोल्टामा पुग्यो […]

करण केसीको त्यो अविस्मरणिय इनिङ्स…

२ फागुन, काठमाडौं । क्रिकेटर करण केसीले नेपालका लागि ९ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेलेका छन् । नेपालले २०१८ मार्चमा ओडीआई मान्यता पाएको थियो । त्यो भन्दा अगाडि नै करणले एकै खेलमा अविजित ४२ रन बनाएका थिए । अनि त्यही इनिङ्समा नेपालले जित हात पारेको थियो र नेपालको ओडीआई मान्यता पाउने पहिलो आधारसमेत बनेको थियो […]

नेपाली ब्याटिङ गिजोलेर विदा भए उमेश पटवाल

२९ माघ, काठमाडौं । उमेश पटवाल नेपाली क्रिकेट प्रशिक्षकमा आठ महिना अगाडि नियुक्त हुँदा उनीबाट निकै आशा गरिएको थियो । आशा राखिनुका यी कारण थिए : १. उनी नेपालको क्रिकेट स्तर र खेलाडीहरुको क्षमतासँग भलिभाँति परिचित थिए । भर्खरै यूएईविरुद्ध टि–२० र एक दिवसीय श्रृंखला नेपालले जित्दा व्याटिङ परामर्शदाताको रुपमा पटवालको भूमिका अहम् मानिएको थियो […]

टीयू मैदानमा चम्किएका सन्दीप (फोटो फिचर)

२९ माघ, काठमाडौं । आइसीसी क्रिकेट वर्ल्डकप लिग २ अन्तर्गत बुधवार टीयू मैदान कीर्तिपुरमा अमेरिकाविरुद्ध सन्दीपले गज्जबको बलिङ गरे । लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमा यसअघिका तीन खेलमा सन्दीपले जम्मा २ विकेट मात्र लिएका थिए । ओमानविरुद्ध दुवै खेलमा विकेटविहीन बनेका सन्दीपले बुधवार एकै खेलमा ६ विकेट लिए । यसअघि सन्दीपको २ विकेट […]

अकिब इल्यासले खोसेको नेपालको जित [फोटो फिचर]

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्दै विपक्षीलाई अहिलेसम्मकै ठूलो टार्गेट दिएको थियो ।घरेलु मैदान र दर्शकको साथ थियो । तर ब्याटिङ चलेको खेलमा बलिङ चलेन, अनि २४९ रन बनाएर पनि हार बेहोर्न बाध्य भयो । प्रसंङ्ग हो आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत काठमाडौंमा भइरहेको त्रिकोणात्मक सिरिजको । नेपाल फेरि ओमानसँग पारजित भयो […]

कीर्तिपुरमा नेपाल र अमेरिकाको ‘क्रिकेट संघर्ष’ (फोटो फिचर)

२५ माघ, काठमाडौं । शनिबार नेपालले आईसीसी विश्वकप लिग डिभिजन २ मा अमेरिकालाई ३५ रनले हरायो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकासँग संघर्षपूर्ण जित निकाल्दा दर्शकको भव्य साथ थियो । पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले खराब सुरुआत गरेपछि कुशल मल्ल र विनोद भण्डारीले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोर उकासे । दुबैले […]

बाला देवी बनिन् विदेशमा व्यवसायिक लिग खेल्ने भारतीय महिला खेलाडी

नाङ्गोम बाला देवी विदेशी व्यावसायिक लिगमा अनुबन्ध हुने पहिलो भारतीय खेलाडी बनेकी छन् । उनले स्कटिस क्लब रेन्जर्स एफसीसंग गत जनवरी २९ मा १८ महिनाको सम्झौता गरेकी हुन् । भारतीय टिमकी पूर्वकप्तान तथा सर्वाधिक गोलकर्तासमेत रहेकी बालादेवी अब नयाँ चुनौतीका लागि तयार छिन् । ‘म भारतलाई गौरवान्वित बबनाउन चाहन्छु’ २९ वर्षीय फरवार्डले बीबीसीमार्फत भनेकी छिन् […]

करण र सुशन बलिङ तथा शरद र सन्दीप ब्याटिङमा जम्दा पनि नेपाल हारेको दिन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले बुधबार ओमानसँग १८ रनको हार बेहोरेको छ । दुई वर्षपछि ओडीआई मान्यता पाएको नेपालले घरेलु मैदानमा पहिलो ओडीआई खेल समेत खेलेको हो । यही खेलबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानले पनि ओडीआई मैदानको मान्यता पाएको छ । पहिलो घरेलु ओडीआई हेर्न कीर्तिपुरमा करिब ८ […]

वर्ल्ड कप लिग टूमा ओमानविरुद्ध नेपालको बलिङ (फोटो फिचर)

२२् माघ, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तरगत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानविरुद्ध नेपालले १९८ रनको लक्ष्य पाएको छ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९७ रन बनायो । अहिले नेपालले ब्याटिङ गरिरहेको छ । ओमानलाई कम रनमै समेट्न नेपालका लागि करण केसीले […]

सेभियालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा, एट्लेटिको पराजित

काठमाडौं । कासेमिरोको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा जित हात पारेको छ । गएराति भएको खेलमा रियलले सेभियालाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा कासेमिरोले ५७ औं र ६९ औं मिनेटमा गोल गरे । सेभियाका लागि लुक डे जोङले ६४ औं मिनेटमा गोल गरे । जितपछि […]

नमीठो बहिर्गमनको संघारमा महेन्द्रसिंह धोनी

काठमाडौं । भारतका सर्वकालिन लोकप्रिय क्रिकेटरहरूको सूचीमा पर्छन्, महेन्द्र सिंह धोनी । लामो समय भारतीय टिमको कप्तानी गरेका उनी ब्याट्सम्यान, विकेटकिपर र कप्तान तीनवटै भूमिकामा सफल रहे । तर, अहिले उनको क्रिकेट करिअरमा अप्रिय मोड आएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहीबार २७ खेलाडीको करार सूची सार्वजनिक गर्‍याे। चारवटा श्रेणीमा छुट्याएर गरिएको करारमा […]

घरेलु लिग खेल्न आतुर सन्दीप

२ माघ, काठमाडौं । नेपाली लेग स्पीनर सन्दीप लामिछाने ग्लोबल आइकन बनिसकेका छन् । त्यसैले विदेशी लिगहरुमै व्यस्त छन् । अहिले पनि अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका छन् । उनको टिम मेलवर्न स्टार्स शीर्ष स्थानमा छ । गत वर्ष फाइनल पुगे पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएपछि स्टार उपाधिबाट बन्चित भएको थियो । यस […]

टर्कीका कीर्तिमानी फुटबल हाकन सुकर अमेरिकामा ट्याक्सी चलाउँदै

१ माघ, काठमाडौं । हाकन सुकर टर्किस फुटबलका लिजेण्ड हुन् । अझ सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको फिफा विश्वकपमा उनले खेल शुरु भएको ११ सेकेण्डमै गोल गर्दै चर्चा पाएका थिए । विश्वकप इतिहासमा त्यो नै अहिलेसम्मको सबैभन्दा छिटो गोल हो । सन् ९० र २००० को दशकमा उनी टर्कीको फुटबलमा खुबै चर्चित […]

सय गोल गर्दा पनि खुशी छैनन् सन्तोष

२३ पुस, काठमाडौं । नेपाली फुटबलको उच्च श्रेणको लिग हो शहीद स्मारक ए डिभिजन लिग । अनि यसमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् सन्तोष साहुखल । उनै सन्तोषले बिहीबार नयाँ कीर्तिमान बनाए, लिगमा १०० गोल । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा च्यासल युथ क्लबबाट सन्तोषले दुई गोल गरे । लिगमा उनको त्यो १०० […]

मनाङ र मच्छिन्द्रले देखाए सुन्दर खेलको खराब रुप

२१ पुस, काठमाडौं । फुटबललाई ‘ब्युटिफुल गेम अर्था सुन्दर खेल भनिन्छ । तर त्यही सुन्दर खेल खराब भयो भने के हुन्छ ? परिणाम पक्कै राम्रो हुँदैन । यस्तै भयो शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लबबीचको खेलमा । खेल २-२ को बराबरीमा सकियो । दुवैले समान १ अंक पाए । […]

‘पुलिसलाई विपक्षीले दुःख दिन थालेको छ’

२० पुस, काठमाडौं । नेपालको पहिलो श्रेणीको लिग शहीद स्मारक ए डिभिजन लिगमा तीन क्लबले मात्र लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेको छ । त्यो उपलब्धी हासिल गर्ने पछिल्लो क्लब हो, नेपाल पुलिस क्लब । त्यसअघि रानीपोखरा कर्नर टिम (आरसीटी) र मनाङ मर्स्याङ्दीले लगातार तीन पटक उपाधि जितेको थियो । २०६० मा लिगमा प्रवेश […]

कमालका कमल : नयाँ लुक्सको मनाङ हाँक्दै

१४ पुस, काठमाडौं । साविक विजेता मनाङ-मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगको शुरुवाती तीन खेल जित्दै उपाधि रक्षा अभियान शुरु गरेको छ । र, मनाङलाई लिगमा कुशल नेतृत्व दिइरहेका छन् कप्तान कमल श्रेष्ठले । घरेलु फुटबलमा गर्विलो इतिहास बोकेको मनाङलाई सम्झिने हो भने लगातार तीन जित नौलो होइन । तर उसले जुन परिस्थितिबाट सम्हालिएर […]

चितवनविरुद्ध लोकेशको त्यो इनिङ

११ पुस, पोखरा । नेपालमा हुने घरेलु फ्रेन्चाइज लिगहरुमा प्राय विदेशी ब्याट्सम्यान नै हाबी हुने गर्छन् । कुनै पनि टिमको जित–हारमा उनीहरुको ब्याटको निर्णायक भूमिका हुन्छ । यो सिजन भने स्वदेशी ब्याट्सम्यान पनि चम्किरहेका छन् । उनीहरुबाट ब्याटबाट केही ‘म्याच विनिङ’ प्रदर्शन भएको छ । यस्ता पारीहरुको सम्झना गर्दा लोकश बमले चितवन राइनोजविरुद्ध देखाएको ब्याटिङलाई […]

तीन अंक जोड्दा खुशी छ मनाङ

काठमाडौं । एपीएफ, त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइज क्लब । साविक विजेता मनाङ मर्स्याङ्दीले शहीद स्मारक ए डिभिजन लिगमा खेलेको सुरुवाती तीन प्रतिद्वन्द्वी हुन् । अरु बेला मनाङका लागि कुनै पनि खेल असाध्यै कठिन होइन तर लिग शुरु हुनु अघि जे भयो, त्यो भने मनाङको लागि राम्रो थिएन । गत सिजन लिग जिताउँदाका कप्तान विराज […]

नेपाली लिगको टचलाइनमा ब्राजिलियन प्रशिक्षक

९ पुस, काठमाडौं । दशरथ रंगशाला प्लेअर बक्स अगाडि टच लाइनमा एक प्रशिक्षक खेलाडीलाई बारम्बार निर्देशन दिइरहन्छन् । रेफ्रीको निर्णयलाई च्यालेन्ज गर्छन् । बारम्बार खेलाडीहरुलाई हौसला दिइरहन्छन्, कहिले रिसाउँछन् पनि । उनी हुन्, मार्कुस दान्तस । उनको पूरा नाम मार्कुस फिलिपे साम्पाइओ दान्तस । र, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेण्ड्स क्लबका प्रशिक्षक । […]

जापानबाट धाएर नेपालको लिगमा कीर्तिमान

८ पुस, काठमाडौं । फुटबलमा उदाउँदै गरेको मध्यपुर थिमी क्लबले विराटनगरमा भएको क्षेत्रीय प्रतियोगितामा जाउलाखेल युथ क्लबलाई हराउँदा सन्तोष साहुखलले गोल्डेन गोल गरेका थिए । १६ वर्षअघि त्यो गोल गर्दा सन्तोष भर्खर १६ वर्षका थिए । त्यहीँबाट उदाएका सन्तोषले घरेलु फुटबल गोलमेसिनको उपनामसमेत पाएका छन् । यो सिजन च्यासल युथ क्लबबाट ए डिभिजन लिग खेलिरहेका […]