News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट गरिएको छ।
- पहिलो चरणको बन्द प्रशिक्षणबाट किरण कुँवर, अलिसा यादव, सिमाना केसी, अनु कडायत, अस्मिना कर्माचार्य र ममता चौधरी बाहिरिएका छन्।
- महिला टी-२० विश्वकपको ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुँदैछ र मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठक नियुक्त भएका छन्।
२ पुस, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि भइरहेको नेपाली टोलीको बन्द प्रशिक्षणबाट दोस्रो चरणका लागि खेलाडी छनोट गरिएको छ । पहिलो चरणको क्याम्पबाट ६ खेलाडी बाहिरिएका हुन् ।
पहिलो चरणको बन्द प्रशिक्षणमा २६ खेलाडी सहभागी थिए भने दोस्रो चरणका लागि २० खेलाडीलाई निरन्तरता दिइएको छ। यस क्रममा किरण कुँवर, अलिसा यादव, सिमाना केसी, अनु कडायत, अस्मिना कर्माचार्य र ममता चौधरी दोस्रो चरणको बन्द प्रशिक्षणबाट बाहिरिएका छन्।
बन्द प्रशिक्षणमा इन्दु बर्मा, राजमती ऐरि, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिस्ट, रचना कुमारी चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना छेत्री, सना प्रवीण, ईश्वरी बिस्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिता राना मगर र काजोल श्रेष्ठ छन् ।
महिला टी-२० विश्वकपको ग्लोबल छनोट सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमै हुँदैछ । त्यसअघि क्यानले मुख्य प्रशिक्षकमा भारतका हर्षल जयन्त पाठकलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया 4