+

यू-१९ एसिया कपमा नेपाल जितविहीन

२०८२ पुष  २ गते १६:३९ २०८२ पुष २ गते १६:३९
यू-१९ एसिया कपमा नेपाल जितविहीन
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार बेहोर्दै अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ।
  • नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ।
  • नेपाल समूह बी मा तीन खेलमा हार व्यहोरेको छ र श्रीलंका तथा बंगलादेश सेमिफाइनलमा पुगेका छन्।

२ पुस, काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार बेहोर्दै जितविहीन बनेको छ । समूह बीअन्तर्गत बुधबार भएको अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । उजेरुल्लाह नियाजाइले सर्वाधिक ६१ रन बनाए । ओस्मान सदातले २८ रन बनाए ।

नेपालका लागि अभिषेक तिवारीले २ विकेट लिँदा बिपिन शर्मा र चन्दन रामले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.४ ओभरमा १२४ रनमा अलआउट भएको थियो ।

दिल्साद अलीले सर्वाधिक ३२ रन बनाए । चन्दन रामले २७ तथा अभिषेक तिवारीले २० रन बनाए । रोहन विकले १२ रन बनाए ।

नेपाल यसअघि पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ७ विकेटले पराजित भएको थियो ।

समूह बी बाट श्रीलंका विजेता तथा बंगलादेश उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

एसीसी यू-१९ एसिया कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय