+

वन्यजन्तु संरक्षण केन्द्र ‘वन्तारा’ पुगे लियोनल मेस्सी

२०८२ पुष  २ गते १३:०० २०८२ पुष २ गते १३:००
वन्यजन्तु संरक्षण केन्द्र ‘वन्तारा’ पुगे लियोनल मेस्सी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले भारतको गुजरातस्थित वन्यजन्तु संरक्षण केन्द्र वन्ताराको विशेष भ्रमण गरेका छन्।
  • मेस्सीले अम्बे माता, गणेश, हनुमान पूजा र शिव अभिषेकमा सहभागी हुँदै विश्व शान्ति र एकताको कामना गरेका छन्।
  • मेस्सीले वन्यजन्तु अस्पताल र संरक्षण प्रणालीको प्रशंसा गर्दै पुनः भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्।

२ पुस, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले भारतको गुजरातमा रहेको वन्यजन्तु उद्धार, पुनर्स्थापना र संरक्षण केन्द्र ‘वन्तारा’को विशेष भ्रमण गरेका छन्। भारतका खर्बपति मुकेश अम्बानीका छोरा अनन्त अम्बानीद्वारा स्थापना गरिएको यस केन्द्रमा मेस्सीले परम्परागत हिन्दू संस्कारअनुसार पूजा– आराधनामा सहभागी हुँदै भ्रमण सुरु गरेका थिए।

इन्टर मियामीका सहखेलाडी लुइस स्वारेज र रोड्रिगो डे पाउलसँगै आएका मेस्सीलाई परम्परागत लोकसंगीत, फूल वर्षा र आरतीसहित भव्य स्वागत गरिएको थियो। उनले अम्बे माता पूजा, गणेश पूजा, हनुमान पूजा र शिव अभिषेकमा सहभागी हुँदै विश्व शान्ति र एकताको कामना गरे।

भ्रमणका क्रममा मेस्सीले सिंह, बाघ, चितुवा, हात्ती, सरीसृप तथा अन्य उद्धार गरिएका वन्यजन्तुहरूको अवलोकन गरे। उनले वन्यजन्तु अस्पताल, हर्बिभोर केयर सेन्टर र फोस्टर केयर सेन्टर पनि अवलोकन गर्दै जनावरहरूको हेरचाह, उपचार र संरक्षण प्रणालीको प्रशंसा गरे।

हात्ती संरक्षण केन्द्रमा उद्धार गरिएको हात्तीको बाछो ‘मानिकलाल’सँग मेस्सीले फुटबल खेल्दै समय बिताएको क्षण सबैका लागि विशेष बन्यो। साथै, अनन्त र राधिका अम्बानीले एक सिंहको बच्चाको नाम ‘लियोनेल’ राख्दै मेस्सीलाई सम्मान गरेका छन्।

मेस्सीले वन्यजन्तु संरक्षणप्रति भारत सरकारको प्रतिबद्धताको पनि प्रशंसा गरे। भ्रमणपछि उनले वन्ताराले जनावरहरूको लागि गरिरहेको काम ‘अत्यन्तै सुन्दर र प्रेरणादायी’ रहेको बताए र पुनः भ्रमण गर्ने इच्छा व्यक्त गरे।

भ्रमणको अन्त्यमा मेस्सीले नारीयल उत्सर्ग र मटका फोडजस्ता परम्परागत संस्कारमा सहभागी हुँदै वन्ताराको मानवीय र करुणामय अभियानप्रति ऐक्यबद्धता जनाए।

मेस्सीको भारत भ्रमण लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय