+

कार्डिफलाई हराउँदै चेल्सी ईएफएल कपको सेमिफाइनलमा

२०८२ पुष  २ गते ११:३३ २०८२ पुष २ गते ११:३३
कार्डिफलाई हराउँदै चेल्सी ईएफएल कपको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेल्सीले कार्डिफ सिटीलाई ३-१ गोलअन्तरले हराउँदै ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
  • एलेजेन्द्रो गार्नाचोले २ गोल र पेड्रो नेटोले १ गोल गरे।
  • खेलको ५७औं मिनेटमा गार्नाचोले अग्रता दिलाए र इन्जुरी समयमा दोस्रो गोल गरे।

२ पुस, काठमाडौं । चेल्सी इंग्लिस फुटबल लिग (ईएफएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा कार्डिफ सिटीलाई ३-१ गोलअन्तरले हराउँदै चेल्सी सेमिफाइनलमा प्रवेश गरेको हो ।

चेल्सीको जितमा एलेजेन्द्रो गार्नाचोले २ गोल गर्दा पेड्रो नेटोले १ गोल गरे । कार्डिफका डेभिड टर्नबुलले १ गोल गरे ।

खेलको ५७औं मिनेटमा गार्नाचोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ७५औं मिनेटमा टर्नबुलले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

८२औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई फेरि अग्रतामा ल्याए । इन्जुरी समयमा गार्नाचोले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको ३-१ को जित पक्का गरे ।

ईएफएल कप चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय