+

संयोगलाई यिन्हे इक्विपमेन्ट कम्पनीको साथ

२०८२ पुष  १ गते १७:४३ २०८२ पुष १ गते १७:४३
संयोगलाई यिन्हे इक्विपमेन्ट कम्पनीको साथ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चीनको यिन्हे स्पोर्ट्स कम्पनीले राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई दुई वर्षका लागि प्रायोजन गर्ने सम्झौता गरेको छ।
  • नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरे।
  • सम्झौताअन्तर्गत यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकासका लागि खेल सामाग्री र पोशाक उपलब्ध गराउने छ।

१ पुस, काठमाडौं । चीनको अग्रणी टेबलटेनिस ब्रान्ड मध्ये एक यिन्हे स्पोर्ट्स इक्विपमेन्ट कम्पनी लिमिटेडले नेपालका राष्ट्रिय टेबलटेनिस खेलाडी संयोग कपालीलाई प्रायोजन गर्ने भएको छ ।

नेपालमा यिन्हेको आधिकारिक विक्रेता डाँफे स्पोटर््सका प्रमुख कार्यकारी अधिकृत नितिश राजभण्डारी र संयोगले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता दुई वर्षका लागि कायम रहने अखिल नेपाल टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।

सम्झौताअन्तर्गत यिन्हेले संयोगलाई तालिम र व्यावसायिक विकास बढाउन खेल सामाग्री र पोशाक उपलब्ध गराउने छ ।

संयोग कपाली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय