+

आईपीएल इतिहासमा सबैभन्दा महंगा विदेशी खेलाडी बने क्यामरून ग्रीन

२०८२ पुष  १ गते १६:२४ २०८२ पुष १ गते १६:२४
आईपीएल इतिहासमा सबैभन्दा महंगा विदेशी खेलाडी बने क्यामरून ग्रीन
Listen News
0:00
0:30
🔊

१ पुस, काठमाडौं । संयुक्त अरब इमिरेटको राजधानी आबधाबीमा जारी आईपीएल लिलामीमा अस्ट्रेलियाका क्रिकेटर क्यामरून ग्रीन सबैभन्दा महंगोमा बिक्री हुने विदेशी खेलाडी बनेका छन् ।

ग्रीनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रूयैयाँमा खरिद गरेको छ । आईपीएल २०२६ को लिलामीमा सबैभन्दा पहिले बिक्री हुने खेलाडी दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर रहेका छन् ।

लिलामीको सुरूवातमा अस्ट्रेलियन क्रिकेटर जेक फ्रेजर–म्याकगर्कबाट भएको थियो । तर उनी ‘अनसोल्ड’ भए । त्यसपछि दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलरलाई डेल्ही क्यापिटल्सले दुई करोड रूपैयाँमा खरिद गरेको हो ।

आईपीएलका लागि भारतीय क्रिकेटर पृथ्वी शॉ ‘अनसोल्ड’ रहे । न्युजिल्यान्डका क्रिकेटर डेभोन कानवे र भारतीय ब्याट्सम्यान सरफराज खान पनि ‘अनसोल्ड’ को सूचीमा परेका छन् ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय