News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा एपीएफ क्लब र भारतको इस्ट बंगाल एफसीले गोलरहित बराबरी खेलेका छन्।
- इस्ट बंगाल ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा रह्यो भने एपीएफ ४ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रह्यो।
- यी दुई टोली आगामी शनिबार फाइनलमा भिड्ने छन् र पाँच टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड रोविन आधारमा भइरहेको छ।
२ पुस, काठमाडौं । काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा एपीएफ क्लब र भारतको इस्ट बंगाल एफसीले गोलरहित बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा भएको खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि फिनिसिङ भने हुन सकेन । इस्ट बंगालको अट्याकलाई एपीएफकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट बचाउ गरेकी थिइन् ।
आजको नतिजाका बाबजुद दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । इस्ट बंगाल ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा रह्यो भने एपिएफ ४ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
५ टोली सहभागी प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा भइरहेको हो । लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्ने प्रावधान थियो । यिनै दुई टोली अब आगामी शनिबार फाइनलमा भिड्ने छन् ।
नसरिन स्पोर्ट्स एकेडेमी, पाकिस्तानको कराची सिटी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी यसअघि नै फाइनल होडबाट बाहिरिएका छन् ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर






प्रतिक्रिया 4