
सोहेल तनभिर
पाकिस्तान, बलर

सोहेल तनविर त्यस्ता खेलाडी हुन् जसले आईसीसी टी२० विश्वकप, इन्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान प्रिमियर लिग (पीएसएल) को उपाधि जितेका छन् ।
सोहेल तनविर पनि चितवन राइनोजबाटै एनपीएल खेल्न काठमाडौं आइपुगेका छन् ।
तनविरले सन् २००८ मा भएको पहिलो संस्करणको आईपीएल राजस्थान रोएल्सबाट खेल्दै जितेका थिए । त्यसपछि सन् २००९ मा पाकिस्तानको राष्ट्रिय टीमबाट आईसीसी टी२० विश्वकप जिते ।
तनविरले पहिलो संस्करणको आईपीएल उपाधि जित्नुका साथै सर्वाधिक विकेट समेत लिएका थिए । उनले ११ खेलमा १२.०९ को औषतमा सर्विधक २२ विकेट लिएका थिए । उनले चेन्नाई सुपर किंग्स विरुद्ध म्याच विनिङ ६ विकेट लिएका थिए ।
३९ वर्षीय तनविरले पाकिस्तानबाट लामो समय खेलेका छन् र उनीसँग फ्रेन्चाइज क्रिकेट खेलेको र जितेको पनि अनुभव छ ।
तनविरले सन् २०२१ मा मुल्तान सुल्तानबाट पाकिस्तान सुपर लिग जितेका थिए ।
बाँयाहाते मिडियम पेस बलिङ गर्ने उनले पाकिस्तानका लागि ५७ टी२०आई खेलमा ५४ विकेट लिएका छन् । त्यसैगरी सबैखाले टी२०मा ३८८ खेल खेल्दा ३८९ विकेट लिएका छन् । त्यसैगरी ब्याटिङमार्फत २७०० भन्दा धेरै रन पनि बनाएका छन् ।
फर्स्ट क्लास क्रिकेटमा उनले ७४ खेलमा ३१० रन बनाएका छन् । ढल्कँदो उमेरमा एनपीएल खेल्न आएका तनविरले यसलाई चुनौट्टीको रुपमा लिएको बताएका छन् ।
Read Fullप्लेयर्स टु वाच



