सन्नी पटेल
अमेरिका, अलराउण्डर
अमेरिका, अलराउण्डर सन्नी पटेल नेपालको फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय नाम हुन् । उनले सन् २०१८ मा ललितपुर प्याट्रियट्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल), २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए ।
डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षीय पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन् । अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
सो क्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए । च्याम्पियन एटलान्टा टोलीका प्रशिक्षक मोन्टी देसाई थिए । उनै मोन्टीको प्रशिक्षणमा काठमान्डु गोर्खाजले एनपीएल खेलिरहेको छ ।
सन्नीले जुन–जुलाईमा भएको अमेरिकाको मेजर लिग क्रिकेटमा एमआई न्युयोर्कको पनि प्रतिनिधित्व गरेका थिए ।
पटेलले समग्र टी-२०मा १७ खेलमा १३१ रन बनाउँदा ५ विकेट लिएका छन् ।
Read Fullसमाचार
प्लेयर्स टु वाच



















