+
+
Shares

वर्षा श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १०:३६

वर्षा श्रेष्ठसँग बैंकिङ तथा वित्तीय क्षेत्रमा तीन दशक लामो अनुभव छ। उनी हाल इक्रा नेपालकी व्यापार प्रमुख हुन्। नबिल बैंक लिमिटेडबाट आफ्नो बैंकिङ करियरको सुरुवात गरेकी उनी पछि ‘प्रिभिलेज बैंकिङ’ की प्रमुख बनिन्। उनी क्लिन इनर्जी डेभलपमेन्ट बैंक लिमिटेडमा महाप्रबन्धक नियुक्त हुने पहिलो महिला हुन्।

सन् २०१३ मा उक्त बैंकलाई ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज’ को सदस्यका रूपमा आबद्ध गराउन उनले महत्त्वपूर्ण योगदान पुर्‍याएकी थिइन् । श्रेष्ठलाई ‘सिभिल भ्वाइस फर पिस एन्ड डेभलपमेन्ट’ ले ‘राष्ट्रिय महिला पुरस्कार २००९’ र ‘नेपाल व्यवस्थापन संघ’ ले ‘वुमन म्यानेजर रिकग्निसन अवार्ड २०१०’ बाट सम्मानित गरेका थिए। सन् २०२५ मा बिजनेस एजले उनलाई वेस्ट प्रोफेसनल वुमन अवार्ड प्रदान गरेको थियो ।

हाल उनी विभिन्न प्रतिष्ठित संस्थाहरूमा नेतृत्वदायी र सल्लाहकारको भूमिकामा सक्रिय छिन्। उनी ‘एसियन नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर बायो-रिसोर्स नेपाल’, ‘आइडिया स्टुडियो नेपाल’, ‘नेपाल एम्बुलेन्स सेवा’ र ‘कर्णाली बेसिन कन्जर्भेसन फाउन्डेसन’ की बोर्ड सदस्य हुन्। यसका साथै, उनी ‘काठमाडौं इन्स्टिच्युट अफ चिल्ड्रेन हेल्थ’, ‘मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल’ र ‘ग्रीन इनर्जी फाउन्डेसन नेपाल’ मा सञ्चालकको भूमिकामा कार्यरत छिन्।

श्रेष्ठ नेपाल उद्योग परिसंघको राष्ट्रिय परिषद् सदस्य हुन् । साथै, उनी ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ को सञ्चालक परिषद्की कोषाध्यक्ष र ‘नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्च’ की बोर्ड सल्लाहकारका रूपमा पनि भूमिका निर्वाह गरिरहेकी छिन्।

श्रेष्ठले विश्व बैंक, एसियाली विकास बैंक र ‘नेपाल पूर्वाधार सम्मेलन’ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा वक्ता, प्यानलिस्ट र जुरी सदस्यका रूपमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएकी छिन्। उनी ‘नेपाल कम्पिटिटिभनेस इन्डेक्स २०२५’ की इभेन्ट चेयर र ‘नेपाल व्यवस्थापन संघ अवार्ड २०२४’ को जुरी सदस्यका रूपमा समेत सक्रिय थिइन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?