Comments Add Comment

अनियमितता

List Grid
प्रहरीको मुख्यालयमै सञ्चालित पेट्रोल पम्पमा अनियमितता

३१ साउन, काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयसँगै रहेको पेट्रोल पम्पबाट एक करोड ३ लाख रुपैयाँ अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । असई दिलीप कार्कीले १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा […]

बीपी प्रतिष्ठानमा उपकरण दुरुस्त नहुँदा कैयौंले अकालमा ज्यान गुमाए : प्रतिवेदन

१९ साउन, काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई विचौलियाले प्रभाव पारेर सेवाको गुणस्तर खस्काएको र अनियमितता गरेको भेटिएको छ । पदाधिकारीको ध्यान सामान खरिद र कमाउनमा नै केन्द्रित भएका कारण अस्पतालको सेवा चुस्त दुरुस्त हुन नसकेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । अध्ययन समितिले अस्पतालका सामग्री र उपकरण चुस्त दुरुस्त नहुँदा […]

चलखेलले प्रतिष्ठान घाटामा

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ऐनद्वारा गठन भएको स्वायत्त संस्था हो । ऐनमा मन्त्रिपरिषदले पदाधिकारी नियुक्त गर्ने उल्लेख छ । सिफारिसका लागि सिफारिस समिति बनाइन्छ । त्यो समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले पदाधिकारी नियुक्त गर्छ । अन्य विश्वविद्यालय र प्रतिष्ठानको उपकुलपतिको नियुक्ति प्रक्रिया एउटै हो । पहिला यो पदको नाम निर्देशक थियो । डा. शेखर […]

कालिका लघुवित्तमा घोटालाको आशंका, राष्ट्र बैंकले थाल्यो अनुसन्धान

२४ भदौं, काठमाडौं । राष्ट्रिय स्तरको लघुवित्त कालिका लघुवित्त वित्तीय संस्थामा लाखौँ अनियमितता भएको विषय बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान थालेको छ । संस्थाको तनहूँको साजबोट शाखा कार्यालयमा ५३ जना नक्कली ऋणी खडा गरेर शाखा प्रवन्धक शर्मिला घिमिरेले कर्जा लिएको भन्दै उजुरी परेको थियो । संस्थाका निमित्त सीईओकै मिलेमतोमा यस्तो अनियमितता भएको कतिपय कर्मचारीको आशंका […]

लकडाउनमा अनियमितता र भ्रष्टाचार बढ्यो, प्रेसले खबरदारी गर्नुपर्‍यो : देउवा

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनको बेलामा अनियमितता, बेथिती र भ्रष्टाचार बढ्दै जाने खतरा देखिएको बताएका छन् । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लकडाउनमा समाजका गतिविधि बन्द हुँदा बेथिती र भ्रष्टाचारसँगै अलोकतान्त्रिक गतिविधि बढ्दै जाने देखिएकाले सञ्चार माध्यमले खबरदारीको भूमिका बढाउन जरुरी रहेको बताए । कोरोना महामारी […]

इटहरीको मेयर भवन : रातो छानाको कालो कथा !

२७ जेठ, इटहरी । उपमहानगरपालिकाको पुरानो बिल्डङको छेवैमा रातो छानो भएको एक तल्ले छाप्रोे छ । त्यही छाप्रोभित्र छन् मेयर द्वारिकलाल चौधरी उपमेयर लक्ष्मी गौतमका कार्यकक्षहरु । पोखरीभित्रै पिल्लर गाडेर बनाइएको अर्कोे भवनमा चाहिँ प्रमुख प्रशासकीय अधिकृत केशव विमलीको कार्यकक्ष छ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्ष (मेयर भवन) निर्माणमा आर्थिक अनियमितता भएको पाइएको […]

स्थानीय तहमा यसरी हुन सक्छ भ्रष्टाचार र अनियमितताको चलखेल

संवैधानिक ब्यवस्था अनुरुप स्थानीय तहमा सिधै केन्द्रबाट रकम पुग्ने अवस्था छ र स्थानीय तह संचालनको लागि ऐन नबनुन्जेलसम्मको लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट ०७४ जेठ १७ मा जारी गरिएको स्थानीय तहको सेवा सन्चालन तथा ब्यवस्थापन सम्बन्धी आदेश,२०७४ जारी भएको छ । जस अनुरुप स्थानीय तहले विभिन्न अधिकारहरु स्वयं प्रयोग गर्न पाउँछ । स्थानीय तहको निर्वाचन पछि […]

प्रहरीको सामान खरिदमा अनियमितता, दर्ता नै नभएका एजेन्टमार्फत खरिद प्रक्रिया

१५ असार काठमाडौं ।  नेपाल प्रहरीले विदेशी कम्पनीबाट सामान खरिद गर्दा कानुनविपरीत पेस्की दिएको पाइएको छ । नेपाल एजेन्सी ऐन २०१४ अनुसार दर्ता नै नभएका स्थानीय एजेन्टमार्फत प्रहरीले सामान खरिद प्रक्रिया अघि बढाएको छ । त्यसरी खरिद गर्न विभिन्न कम्पनीका पाँच स्थानीय एजेन्टलाई १५ करोड ४४ लाख पेस्की दिइसकेको छ । प्रहरीले इलेक्ट्रोनिक सामान र […]

सिंहदरवारभित्रैको निर्माणमा अनियमितता

१३ असार, काठमाडौं । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रकै निर्माणमा अनियमितता हुने गरेको पाइएको छ । संसदको सार्वजनिक लेखा समितिको प्रतिवेदनले सिंहदरबारकै निर्माणमा गैरजिम्मेवारिपना र अनियमितता हुने गरेेको औँल्याएको हो । सांसद विकास लम्सालको संयोजकत्वमा गठन भएको उपसमितिले सिंहदरबारभित्रको सडक, भवन, नाली निर्माण तथा मर्मतलगायतका कार्यमा गैरजिम्मेवारीपन र अनियमितता भएको ठहरसहितको प्रतिवेदन बनाएको आजको राजधानी दैनिकमा […]