Comments Add Comment

अनुष्का श्रेष्ठ

List Grid
‘म नायिका बन्दिनँ, हामीले अब हेर्ने चश्मा फेर्नुपर्छ’: अनुष्का श्रेष्ठ

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ ‘मिस वर्ल्ड’मा सहभागी भएर फर्किएपछि आम मानिसले उनलाई हेर्ने दृष्टिकोण फेरिएको छ । ‘मिस नेपाल’ जित्दा उनलाई धेरैले सामान्य रुपमा नै सोचेका थिए । तर, ‘मिस वर्ल्ड’मा बलियो प्रस्तुति दिएसँगै उनले जनताको साथ राम्रै पाइन् । अनुष्का अब आफ्नो प्रोजेक्ट नै अगाडि बढाउने तयारीमा छिन् । उनै, अनुष्कासँग ‘मिस वर्ल्ड’बाट […]

श्रृङ्खला दिदीको चर्चा बढी भएपनि मलाई गुनासो छैन: अनुष्का श्रेष्ठ

‘मिस वर्ल्ड २०१९’ बेलायतको लण्डनमा डिसेम्बर १४ तारिखमा आयोजना भयो । यो बर्षको मिस वर्ल्डको उपाधि जमैकाकी टोनी एन सिंहले चुमिन् । नेपालबाट यो विश्व चर्चित प्रतियोगितामा सहभागि हुन ‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ लण्डन पुगेकी थिइन् । उत्कृष्ट १२ सम्म पुग्न सफल अनुष्काले दुई महत्वपूर्ण अवार्ड पनि हात पारिन् । उनले ‘मल्टिमिडिया र व्यूटी […]

मिस वर्ल्डमा टप ५ को हकदार थिएँ : मिस नेपाल अनुष्का

‘मिस वर्ल्ड’मा सहभागी भएर नेपाल फर्किएकी ‘मिस वर्ल्ड नेपाल’ अनुष्का श्रेष्ठले आफू टप ५ मा पर्न नसक्नुको प्रश्नको जवाफ आफूसँग पनि नभएको बताएकी छिन् । काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ‘नेपालले यति धेरै मिहिनेत गर्दा पनि उत्कृष्ट १२ मै चित्त बुझाउनुपर्ने हो त भन्ने प्रश्न उब्जन सक्छ । यो प्रश्न मैले आफूलाई पनि […]

‘मिस वर्ल्ड’मा अनुष्काको चर्चा कम, तर महत्वपूर्ण उपलब्धी

गतबर्षको ‘मिस वर्ल्ड’मा नेपालबाट सहभागी भएकी श्रृङ्खला खतिवडाले दुइवटा टाइटल जितिन् । उनले ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितेकी थिइन् । विश्व सुन्दरी प्रतियोगीतामा सहभागी भएपछि श्रृङ्खलाले नेपालीको ठूलो साथ पाइन् । सामाजिक संजालदेखि मिडियामा उनको चर्चा खुबै भयो । यो बर्ष ‘मिस वर्ल्ड’मा सहभागी भइन् नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ । उनले डिसेम्बर १४ […]

अनुष्काले जितिन् ‘ब्यूटी विथ पर्पस’को अवार्ड

नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथपर्पस’ विधामा अवार्ड जितेकी छिन् । योसँगै उनले यो बर्षको विश्व सुन्दरी प्रतियोगीतामा २ वटा विधामा अवार्ड जितेकी छिन् । अनुष्का यसअघि नै ‘मल्टिमिडिया अवार्ड’ जित्दै उत्कृष्ट ४० मा पुगेकी थिइन् । नेपालकी सुन्दरी अनुष्काले बनाएको भिडियोले यो अवार्ड जित्न सफल भएको हो । गतबर्षको ‘विश्व सुन्दरी प्रतियोगीता’मा […]

टप १२ मा पुगेर रोकियो अनुष्काको ‘मिस वर्ल्ड’को यात्रा

यो बर्षको ‘मिस वर्ल्ड’मा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ उत्कृष्ट १२ सम्म पुग्न सफल भएकी छिन् । फाइनल चरणमा भने उनी प्रवेश गर्न सकिनन् । अनुष्काको यात्रा उत्कृष्ट १२ मा पुगेर सकिएको छ । लण्डनमा अहिले विश्व सुन्दरी प्रतियोगीता आयोजना भैरहेको छ । जसमा, अन्तिम ५ मा नाइजेरिया, भारत, ब्राजिल, जमैका र ब्राजिलका सुन्दरी प्रवेश गरेका […]

‘हेड टू हेड’ च्यालेञ्जबाट अनुष्का टप ४० मा

डिसेम्बर १४ मा लण्डनमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’ प्रतियोगीतामा नेपालबाट अनुष्का श्रेष्ठले प्रतिनिधित्व गरिरहेकी छिन् । १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ४० मा पुगेकी छिन् । दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर उनले आफूलाई टप ४० मा पुर्याएकी हुन् । अनुष्काले पहिलो चरणको ‘हेड टू हेड’ […]

अक्सफोर्ड युनियनमा अनुष्कालाई प्रश्नः ‘के सुन्दरताले पुरस्कार पाउँछ’ ?

‘मिस वर्ल्ड’को प्रतिष्पर्धाको लागि विभिन्न देशबाट प्रतिनिधित्व गरेका १२४ सुन्दरीले अक्सफोर्ड युनियन भ्रमण गरेका छन् । अक्सफोर्ड युनियनमा पुगेर सुन्दरीहरुलाई विभिन्न प्रश्न सोधियो र त्यसमा वादविवाद गर्न लागाइएको थियो । नेपालबाट प्रतिनिधित्व गर्दै मिस नेपाल अनुष्का श्रेष्ठ पनि सहभागी भइन् । अनुष्कालाई प्रश्न गरियो–‘के सुन्दरताले पुरस्कार पाउँछ?’ यो प्रश्नमा अनुष्काले सुन्दरताले मात्र पुरस्कार पाउन नसक्ने […]

‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्नेछिन् । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो भोट बढाइरहेका छन् । यस्तैमा नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो […]

श्रृङ्खलाको विश्वास–‘अनुष्काले ‘मिस वर्ल्ड’को ताज जित्नेछिन्’

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’मा सहभागी हुन यतिबेला बेलायतमा छिन् । अनुष्काले विश्व सौन्दर्य प्रतियोगीताको ताज नेपाल ल्याउनेछिन् या के गर्नेछिन्, त्यो डिसेम्बर १४ मा थाहा हुनेछ । तर, ‘मिस नेपाल वर्ल्ड–२०१८’कि विजेता श्रृङ्खला खतिवडा भने अनुष्काले ताज घर भित्राउनेमा आशावादी देखिएकी छिन् । अनुष्काका लागि श्रृङ्खला […]

‘मिस वर्ल्ड’मा ‘भिजिट नेपाल’को प्रचार गर्दै अनुष्का

‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुने ‘मिस वर्ल्ड’मा सहभागी हुन उनी त्यहाँ पुगेकी हुन् । उनले त्यहाँ नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । अनुष्कासँगै लण्डनमा १२४ देशका सुन्दरीहरु पनि उपस्थित छन् । मिस वर्ल्डको तयारीसँगै अनुष्काले आफ्नो देशको प्रचार–प्रसार पनि गरिरहेकी छिन् । उनले ‘भिजिट नेपाल २०२०’ लाई विशेष […]

‘मिस वर्ल्ड’ जित्नका लागि मलाई जनताको साथ चाहिन्छः अनुष्का

  बेलायतमा डिसेम्बर १४ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड २०१९’मा सहभागी हुन लागेकी ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठ तिव्र तयारी गरिरहेकी छिन् । उनी केही दिनमा नै बेलायत उड्दैछिन् । यसपटक ‘मिस वर्ल्ड’को स्टेजमा आफूले सक्दो प्रस्तुति दिने तयारीमा रहेको अनुष्का बताउँछिन् । अनुष्कालाई जनताको साथको ठूलो आशा पनि छ । किनकी, ‘मल्टिमिडिया […]

अमेरिकामा ‘मिस नेपाल वल्र्ड’ अनुष्का सम्मानित

‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मानित गरिएको छ । अनुष्कालाई क्यालिफोर्निया स्थित हिमालयन फाउन्डेशन क्रपले बिहीबार एक समारोह आयोजना गर्दै सम्मान गरेको हो । केही दिनदेखि अमेरिका भ्रमणमा रहेकी उनलाई सो कार्यक्रममा ३८ सय डलर सहयोग रकम प्रदान गरिएको छ । सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा चेलिबेटी बेचबिखन समस्या निर्मुल पार्न र विकास निर्माणमा अनुष्काले […]