Comments Add Comment

अभाव

List Grid
उपचार खर्चकै अभावले ज्यान गुमाइन् आगोमा जलेकी निरसीदेवीले

२४ फागुन, सप्तरी । उपचार खर्च अभावकै कारण ज्यान गुमाउने पछिल्लो उदाहरण बनेकी छन्, सप्तरीकी निरसीदेवी खंग । सधैं दुःख र अभावको सामना गरेकी उनले जसोतसो जाडोको पनि सामना गर्न खोजिन् । विगतका वर्षमा जस्तै यस पटकको शीतलहरमा पनि जाडो छल्न उनले आगोकै सहारा लिइन् । दाउरा बटुल्दै, पात सोहोर्दै घुर बालेर उनी आगो बाल्दै […]

विराटनगरको डिएपी गोदाम रित्तियो, किसान मर्कामा

१८ असार, विराटनगर । विगतका वर्षजस्तै यो वर्ष पनि पूर्वी नेपालका किसानहरुले धान रोपाइँको सुरुमै प्रयोग हुने डिएपी मल नपाउने भएका छन् । किनभने कृषि सामाग्री कम्पनी क्षेत्रीय कार्यालय विराटनगरले डिएपीको गोदाम मंगलबारबाट रित्तिएको जनाएको छ । धान रोपेको करिब तीन सातापछि प्रयोग हुने युरिया मल भने गोदाममा मौजदात छ । कार्यालयका सूचना अधिकारी नवरत्न […]

सिन्धुपाल्चोकमा रासायनिक मलको अभाव

२० असार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा रासायनिक मलको अभाव भए पछि किसान चिन्तित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष चाँडै मनसुन सुरु भए पछि धान रोप्ने काम धमाधम भइरहेको र मलको अभावले धान खेतमा रासायनिक मल राख्न नपाए पछि किसान चिन्तित भएका हुन् । जिल्लामा कुल ४७ हजार हेक्टर क्षेत्रमा खेती गर्ने गरिन्छ […]

‘रासन नकिन्नेलाई ग्यासै दिँदैनन्’

२८ वैशाख, काठमाडौं । सार्वजनिक सुनुवाइमा नागरिकले सोध्ने प्रश्न सामान्यतः स्थानीय विकास निर्माण र सेवा प्रवाहसँग् सम्बन्धित हुन्छ । तर, काठमाडौ जिविसले गरेको सार्वजनिक सुनुवाइमा धापासीका मीरा गौलीले यस्तो प्रश्न सोधिन्, ‘ग्यास छैन, पसलमा किन्न गए ‘हाम्रो रासन नकिन्नेलाई ग्यास दिँदैनौ’ भन्छन्,  हामी जनता कहाँ गए ग्यास पाइन्छ होला ?’  आजको कारोबार दैनिकमा समाचार छ […]

पूर्वी क्षेत्रमा पुस्तकको अभाव कायमै

२० वैशाख, विराटनगर । वैशाखको पहिलो सातादेखिनै नयाँ सत्र सुरु भइसक्दा पनि पूर्वी क्षेत्रमा कक्षा ६ र ७ को पाठ्यपुस्तकको अभाव यथावत रहेको छ । जनक शिक्षा सामग्री केन्द्रीय कार्यालय, सानोठिमीद्वारा छपाइका साथै वितरण हुने गरिएका पुस्तकमा कक्षा ६ र ७ का पुस्तकको व्यापक अभाव देखिएको हो । सो केन्द्रले पुस्तकको छपाइ र वितरणमा ढिलाइ […]

बाजुरामा रगत अभाव, अस्पतालमा छट्पटिँदै सुत्केरी

२० वशाख, बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन् । जिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिन अगाडिदेखि प्रसव पीडामा छट्पटाइरहेकी छिन् । उनलार्इ गाउँको स्वास्थ्य चौकीमा प्रसूति गराउन ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा […]

पम्पमा पेट्रोल छैन, बोतलमा जताततै

१६ काठमाडौं, वैशाख । रौतहटको पम्पहरुमा पेट्रोल छैन भन्ने सूचना टाँसिएको देखिन्छ तर पम्पअगाडि नै बोतलमा राखेको खुला पेट्रोल महंगो मूलयमा किन्न पाइन्छ । एक साताअघिदेखि जिल्लाका पम्पहरुमा पेट्रोल अभाव भएको हो । डिजेल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् । जिल्लामा  ५१ वटा पम्प रहेका छन् । त्यसमध्ये २२ वटा पम्पले पेट्रोल बिक्री गर्दै […]

अभावको हल्लापछि पेट्रोल पम्पमा उपभोक्ताको लाइन

१५ वैशाख, काठमाडौं । काठमाडौंमा पम्पहरुमा फेरि पेट्रोल भर्न मोटरसाइकल र कारहरुको लामो लाइन देखिएको छ । ‘तेल अभाव भएको’ अफबाह फैलिएपछि धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी साधन लिएर लाइन लागेको नेपाल आयल निगमको दावी छ । आयल निगमले तेल अभाव भएको भन्ने भ्रामक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयल निगमका वितरण विभाग […]

सिरहाको आधा दर्जन गाविसमा खानेपानीको चरम अभाव

११ वैशाख, लहान । बढ्दो गर्मीसँगै खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको आधा दर्जन गाविसमा खानेपानीको चरम अभाव भएको छ । लामो समयदेखि वर्षा नभएकाले खानेपानीका मुहान सुक्न थालेपछि सिरहाको गोविन्दपुर, बस्तीपुर, धनगढी गाविस–३ स्थित नैनपुरलगायतका स्थानमा खानेपानीको चरम अभाव भएको छ । बस्तीमा रहेका खानेपानीको स्रोत रहेका ट्युबेल, धारा सुकेपछि खानेपानीका लागि अर्को बस्तीमा धाउनुपर्ने बाध्यता […]

उपत्यकाको सुरक्षा चुनौतीः मधेसी मोर्चाको आन्दोलन

३ वैशाख, काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नाकाबन्दी हटेको धेरै भइसकेकाले जनताले ग्यास र तेलको लाइनमा बस्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार भृकुटीमण्डपस्थित पुलिस क्लवमा उपत्यका विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री बस्नेतले इन्धनको सहज आपूर्ति गराउनेतर्फ सुरक्षा निकायको ध्यान आकृष्ट गरेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका […]