Comments Add Comment

ऋण

List Grid
एडीबीसँग ३० अर्बको ऋण सम्झौता

१९ जेठ, काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने गरी सम्झौता भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेटबारे उठेको प्रश्नको जवाफ दिँदै एकैपटक छोटो समयमा कुनै दातृ निकाले यति ठूलो ऋण दिएको पहिलोपटक भएको दाबी गरेका छन् । […]

सहकारीलाई ३ अर्ब ६० करोड ऋण, सूचना केन्द्र स्थापना गरिने

१५ जेठ, काठमाडौं । सरकारले सहकारी क्षेत्रलाई तीन अर्ब ६० करोड रुपैयाँ ऋण दिने भएको छ । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सहकारीहरूमा यस्तो ऋण लगानी गर्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै तीन अर्ब ६० करोड रुपैयाँ सहकारी क्षेत्रलाई ऋण दिने जानकारी दिए […]

नयाँ व्यवसायीलाई ऋणमा सहुलियत दिने सरकारको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै व्यवसाय सुरु गर्न चाहनेलाई सहुलियत प्रदान गर्न लागिएको […]

साहुको ऋण तिर्न नसकी जाजरकोटमा दलित समुदाय विस्थापित

२७ माघ, जाजरकोट । साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका-११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । १२५ घरधुरी भएको कट्टी गाउँका दलित समुदायले दैनिक जनजीविका चलाउनका लागि लिएको ऋण तिर्न नसक्दा भारतमा विस्थापित हुनुपरेको हो । आफ्नो खेतबारीमा उत्पादन भएको अन्नले तीन महिना खाना नपुग्ने कट्टी गाउँका दलित समुदाय साहुबाट […]

झमेलामा रामकृष्ण ढकाल : सहकारीले ब्युँतायो ५ करोडको विवाद

२३ साउन, काठमाडौं । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिमा सार्वजनिक सूचना निकालेको छ । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देशचाहिँ छैन । बरु ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोप लगाइएको छ । ढकालले चाहिँ ४ वर्षअघि नै […]

कलंकी र महाराजगञ्जमा मेलम्चीको पाइप बिछ्याउन ६ अर्ब ऋण माग

२३ साउन, काठमाडौं । इटालियन ठेकेदार कम्पनी सीएमसी काम छाडेर हिँडेपछि मेलम्चीको पानी कहिले काठमाडौं आउँछ भन्ने अनिश्चित छ । तर, मलेम्चीको पानी वितरण गर्ने संरचना समेत अझै तयार भएको छैन । चक्रपथभित्रै कलंकी र महाराजगञ्ज क्षेत्रमा अझै पनि मेलम्चीको पानीलाई लक्षित गरेर नयाँ वितरण लाइन बिछ्याइएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तरगतको आयोजना […]

निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो

१५ पुस, काठमाडौं । सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । भूकम्पपीडितलाई ऋण […]

वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउने नयाँ व्यवस्था

११ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन वाणिज्य बैंकहरुलाई बाटो खुला गरेको छ । राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै उर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो । भारतीय मुद्रामा ऋण लिँदा यस अघि अन्य विदेशी […]

बैंकहरुको धेरै लगानी थोक र खुद्रा कारोबारका व्यवसायमा

५ चैत्र, काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सबैभन्दा धेरै कर्जा पाउने व्यवसायमा थोक तथा खुद्रा करोबार रहेका छन् । गत माघसम्ममा कुल कर्जामध्ये २२ प्रतिशत रकम थोक तथा खुद्रा कारोबार व्यवसायमा प्रदान गरिएको छ । यस्ता व्यवसायमा बैंकहरुले चार खर्ब ९८ अर्ब रुपैयाँ कर्जा दिएका छन् । राष्ट्रबैंकले हालै सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक […]

नेपालीको प्रतिव्यक्ति ऋण बढ्यो, एक जनाकै थाप्लोमा २४ हजार

७ भदौं, काठमाडौं । एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेको छ । राष्ट्र बैंकको गत आव २०७३/७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ । केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यसवर्ष (सन् २०१७) को जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । […]

सुरक्षित करोबार प्रणाली लागू, चल सम्पत्तिमा लिएको ऋण दर्ता हुने

२१ असार, काठमाडौं । ऐन बनेको ११ वर्षपछि सरकारले सुरक्षित कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ । यससँगै अब बैंक तथा वित्तीय संस्थाले चल सम्पत्ति धितो राखेर दिने ऋण सुरक्षित र व्यवस्थित हुने छ । २०६३ मा नै सुरक्षित कारोबार ऐन आएको भए पनि अहिले आएर यसको कार्यान्वयन हुन सकेको हो । यो ऐनले नेपालमा पहिलोप्टक […]

ऋण लिन बैंक जाँदै हुनुहुन्छ ? १५ प्रतिशतमाथि तिर्न तयार रहनुस्

५  बैशाख, काठमाडौं । ऋण लिन बैंक जाने सोचाइमा हुनुहुन्छ भने महंगो ब्याज तिर्न तयार भएर जानुहोस् । लगानीयोग्य रकमको अभावमा ऋण पाउन कठिन भइरहेका बेला बैंकहरुले ब्याजदर १५ प्रतिशतसम्म पुर्‍याएका छन् । बचत खातामा ब्याजदर वृद्धि गरिरहेका बैंकहरुले अधिकांश शीर्षकको कर्जाको व्याजदर बढाएर १५ प्रतिशतसम्म पुर्‍याएका छन् । पुँजीको लागत वृद्धि भएको भन्दै बैंकहरुले […]

शैक्षिक प्रमाणपत्र बोकेर ऋण लिन बैंक धाउँदै युवा

१२ भदौं, काठमाडौं । शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्ने सरकारको कार्यक्रम त्यससम्बन्धी कार्यविधि नबन्दा सुरु हुनसकेको छैन । सरकारले चालू आर्थिक वर्षको बजेटमा वैज्ञानिक, प्राविधिक तथा रोजगारमूलक व्यावसायिक क्षेत्रमा उच्च शिक्षा आर्जन गर्न शैक्षिक प्रमाणपत्रको आधारमा निब्र्याजी शैक्षिक ऋण र बेरोजगार युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी परियोजना प्रस्तावको आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने योजना […]

१० वर्षीय बालकमाथि पाँच लाख ऋण !

३ भदौ, काठमाडौं । पाँचथर सराडडाँडा -४ का भगीश्वर नेपाली १० वर्ष पुगे । दुर्गा उच्च माविको तीन कक्षाका विद्यार्थी उनीमाथि पाँच लाख ऋण छ । आमाको उपचारका लागि उनका लागि ठूलो बाबा खड्गबहादुरले जमानी बसेर त्यो ऋण लिइदिएका थिए । पहिल्यै बुबा गुमाइसकेका उनले पाँच लाख खर्च गरे पनि आमालाई बचाउन सकेनन् । आजको […]

प्रमाणपत्र धितो राखेर एनएमबी बैंकले ऋण दिने

२९ साउन, काठमाडौं । एनएमबी बैंकले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने भएको छ । यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा  हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद […]

शैक्षिक प्रमाणपत्र धितोमा ऋणः हात्ती आयो, फुस्सा !

३१ असार, काठमाडौं । के तपाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सस्तो व्याजदरमा ऋण लिन पाइन्छ भनेर ढुक्कसँग बस्नुभएको छ ? सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरेपछि ऋण लिनका लागि आफ्नो शैक्षिक प्रमाणपत्र तयार पारेर बस्नु स्वभाविकै हो । तर, अब तपाईंले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउनु हुनेछैन । किनभने युवालाई […]

प्रत्येक नेपालीलाई २१ हजार ऋण !

१४ जेठ, काठमाडौं ।  यो वर्ष प्रत्येक नेपालीको ऋण झन्डै दुई हजार रुपैयाँ बढेको छ । सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण ०७३ मा प्रत्येक नेपालीको टाउको २१ हजार ४१५ रुपैयाँ ऋण भएको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति १९ हजार ४९६ ऋण रहेको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ । नेपालले विभिन्न दातृ […]

ऋण तिर्न नसकेपछि साहुसँग गराइदिए आफ्नै श्रीमतीको बिहे

सुन्दैमा निकै अनौठो तथा भयानक लाग्दछ । यो दुनियामा यस्ता मानिस पनि हुँदा रहेछन् जसले साहुसँगबाट लिएको ऋणको बदला साहुलाई नै आफ्नी श्रीमती तथा बच्चाबच्ची सुम्पिँदा रहेछन् । भारतको बिहारमा यस्तै घटना भएको छ । बिहारको नालन्दा जिल्लाको नारजपुर गाउँका एक युवकले गाउँकै एक साहुसँग लिएको रिन तिर्न नसकेपछि आफ्नी श्रीमती नै साहुसँग अन्माइदिएका छन् […]

सर्टिफिकेटका आधारमा ऋण स्वागतयोग्य

राणाहरुको चौघेराभित्र शिक्षालाई कैद गरेको समयमा जनताको मुख्य माग शिक्षा आर्जन गर्न पाउने थियो । शासन व्यवस्था परिवर्तन भएपछि देशका विभिन्न भागहरुमा शिक्षालयहरु खुल्न थाले । तत् समयमा विद्यालय खोल्दा र पढ्न पाउँदा मात्रै पनि जीवनको सार्थकता मानिन्थ्यो । अध्ययनबाट वञ्चित युगमा शिक्षाको उज्यालोतर्फको यात्रा अगाडि बढ्नु युगिन महत्वको उपलब्धि थियो । देशमा बहुदलीय व्यवस्थाको […]

ओली सरकारको उपहार : शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिइने

२६ वैशाख काठमाडौं । शैक्षिक बेरोजगारहरुका लागि खुसीको खबर । सरकारले आगामी आर्थिक वर्ष ०७३/०७४ को बजेटमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र (सर्टिफिकेट) धितो राखेर सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने नीतिगत तयारी थालेको छ । बजेटलाई लोकप्रिय बनाउने तयारी गरिहेको ओली सरकारले शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्था गर्न लागेको हो । राष्ट्रपतिले संसदमा पेश […]

युवा स्वरोजगार कोषको करोडौंं डुब्ने खतरा

२४ वैशाख, काठमाडौं ।  कालिकोट र जुम्लामा युवा स्वरोजगार कोषको रकम दिएका आधिकांशले तिर्न आनाकानी गरेका छन् । कोषबाट लिएको ऋण अधिकांशले नतिरेका हुन् । अनुगमन र कर्जा असुलीका लागि भरपर्ने निकाय नहुदाँ अधिकांशले ऋण नतिरेका आजको कारोबार दैनिकमा समाचार छ । कोषले विपन्न तथा बेरोजगार युवालाई रोजगार  सिर्जना गर्न निश्चित समयका लागि बिना धितो […]