Comments Add Comment

करिश्मा मानन्धर

List Grid
एमसीसीको बहसमा राजेश र करिश्माको यस्तो तर्क

एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन)को बहसमा सिंगै नेपाल प्रवेश गरेको छ । अमेरिकाले दिन लागेको यो अनुदान लिन हुन्छ या हुँदैन भन्ने बिषयमा नेपालीहरुको आ आफ्नै धारणा छ । यो विषयमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि आफ्ना धारणा सामाजिक संजालबाट दिने कोशिश गरेका छन् । नायक हमालले एक भिडियो सार्वजनिक गर्दै जनता यसको […]

सुन्दरताले मेरो अभिनयलाई छायामा पारेको छैनः करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले आफ्नो सुन्दरताकै कारण यो क्षेत्रमा लामो समयसम्म नचलेको दाबी गरेकी छिन् । काठमाडौंको काठमाडौं मलमा संचालनमा आएको ‘अमिरा ब्यूटी केयर’को उद्घाटन गर्न पुगेकी करिश्माले सुन्दरताको कारणले मात्र यो क्षेत्रमा लामो यात्रा तय गर्न नसकिने जिकिर गरिन् । करिश्माले भनिन्–‘मैले चलचित्र क्षेत्रमा निकै लामो यात्रा तय गरेकी छु । यो सौभाग्य कमैले मात्र […]

म विचारले मात्र विवादित हुन्छु, अरु गल्ती गर्दिनँः करिश्मा मानन्धर(भिडियो)

नेपाली चलचित्र क्षेत्री सदबहार नायिका करिश्मा मानन्धरले आफू आफ्नो विचारका कारण मात्र विवादित हुने गरेको बताएकी छिन् । अनलाइनखबरसँग कुरा गर्दै करिश्माले भनिन्–‘म मेरो विचारले मात्र विवादित हुन्छु । मैले मनको कुरा राख्न, मेरो विचार राख्न पाउँछु । यही नै त प्रजातन्त्रको सुन्दरता हो नी । अब, म कलाकार भएको नाताले कसैले मेरो विचारमा गाली […]

‘म फिल्मको स्टार हुँ, फिल्म मात्र खेल्छु भन्ने अवस्था छैन’: करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् । अनलाइनखबरसँगको कुराकानीमा करिश्माले भनिन्–‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी के छ र […]

करिश्माको प्रश्न–‘बहुल राष्ट्रिय राज्यको आवश्यकता किन’ ?

नायिका करिश्मा मानन्धरले बहुल देश भनेको के हो भनेर प्रश्न गरेकी छिन् । सामाजिक संजालमार्फत उनले यसको आवश्यकता किन छ भनेर पनि प्रश्न सोझाएकी छिन् । जनता समाज पार्टीका नेता राजेन्द्र महत्तो उपप्रधानमन्त्रीमा नियुक्त भएसँगै उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनका लागि मुक्ती आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्ति अहिले सर्वत्र विरोध भैरहेको […]

करिश्मा भन्छिन्–‘लैंगिक समानताका लागि मैले ‘महानायिका’ स्विकारेँ’

सन् २०१४ मा नायिका करिश्मा मानन्धरलाई नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना भएको ‘नेफ्टा फिल्म अवार्ड’मा ‘सदाबहार नायिका’को उपाधि दियो । करिश्मालाई ‘सदाबहार नायिका’को उपाधि दिनु भन्दा केही बर्ष अगाडि प्राविधिक संघले नै नायक राजेश हमाललाई ‘महानायक’को उपाधि दिएको थियो । उसो त, करिश्मालाई नेफ्टाले ‘सदाबहार नायिका’को उपाधि नदिदा पनि दर्शक तथा मिडियाले उनलाई ‘सदाबहार […]

ह्याप्पी बर्थ डे करिश्मा मानन्धर

नेपाली चलचित्रकी सदाबहार सुन्दरी करिश्मा मानन्धर आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नायिका मानन्धर आजबाट ४७ बर्षमा प्रवेश गरेकी छिन् । करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । नायिका मानन्धरले अभिनयगरेको पहिलो चलचित्र ‘सन्तान’ हो । वि.सं २०४२ सालमा निर्माण भएको यो चलचित्रमा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । उनले अभिनय […]

करिश्माको निर्माणमा ‘बनबास’ गर्दै कविता

नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन् । तर, अब उनी आफ्नै होम प्रोडक्शनमा बन्न […]

कविताको फिल्म नचलेपछि करिश्मा लेख्छिन्–‘तर, बच्चा त राम्रो थियो’

नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन । करिश्माको सुन्दरताको आज पनि उस्तै चर्चा हुन्छ । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी करिश्मा आफ्नी छोरी कविता मानन्धरलाई पनि यही क्षेत्रमा अगाडि ल्याउन […]

बाबुरामलाई करिश्माको कटाक्ष–‘यही हो नेपालीले पाएको गणतन्त्र’

नायिका करिश्मा मानन्धरले चलचित्र यात्रा सुस्ताउँदै गएपछि राजनीतिमा जाने निर्णय गरिन् । डाक्टर बाबुराम भट्टराइको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भइन् । यसपछि करिश्मा सक्रिय रुपमा राजनीतिमा होमिएकी थिइन् । तर, बाबुरामको नयाँ शक्ति पार्टी र मधेदवासी दलहरुविच सहमती भयो र जनता समाजवादी पार्टी जन्मियो । यसपछि, करिश्माले राजनीतिमा सक्रिय रुपमा नलाग्ने निर्णय गरिन् । […]

३० भन्दा बढी कलाकारको अभिनय रहेको ‘त्यही सच्चा नेपाली’ सार्वजनिक

पृथ्वी जन्यतीको अवसर पारेर राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक गरिएको छ । गीतमा संकृतविद् सत्यमोहन जोशी, बरिष्ठ कलाकार नीर शाहदेखि नायक आकाश श्रेष्ठसम्मको अभिनय छ । यो गीतमा देविका बन्दना र राजन इशानको स्वर, आनन्द अधिकारीको शब्द, राजनकै संगीत छ । यो गीतको भिडियोको निर्देशन रोशनी केसीले गरेकी हुन् । रोशनीले ४ दिन लगाएर […]

मनको अध्यक्ष बन्नु ठूलो कुरा होः करिश्मा

नायिका करिश्मा मानन्धरले चलचित्र क्षेत्रमा लामो समय बिताएकी छिन् । कुनै समय चलचित्र क्षेत्रमा एक छत्र राज गरेकी करिश्मा अहिले चलचित्र निर्माणमा पनि सक्रिय छिन् । करिश्माले चलचित्रमा पनि फाट्टफुट्ट काम गरिरहेकी छिन् । चलचित्र क्षेत्रमा लामो समय अनुभव बटुलेकी करिश्मा अब विभिन्न संस्थाको नेतृत्वमा जानुपर्छ भन्ने टिप्पणी पनि नभएको होइन । करिश्माले राजनीतिक यात्रा […]

‘मुन्द्रेको कमेडी क्लब’मा दीपाको ठाउँमा करिश्मा

हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले संचालन गर्दै आएका कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष परिवर्तन भएकी छिन् । पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले शोको अध्यक्षता ग्रहण गर्दै आएकी थिइन् । तर, कोरोनाका कारण लकडाउन भएपछि शो रोकिएको थियो । तर, अब फेरि शो फरक शैलीमा प्रस्तुत गर्ने तयारी जितुले गरेका छन् । तर, […]

करिश्माको प्रश्न–‘यो उमेरमा प्रेमको प्रश्नमा के जवाफ दिउँ ?’

नायिका करिश्मा मानन्धर ४८ बर्षको भइन् । तर, उनी आज पनि फिट छिन् । करिश्माको सुन्दरताको चर्चा त चलचित्र क्षेत्रमा सधै हुन्छन् । आफूलाई मेन्टेन राख्ने कुरामा करिश्माबाट अरु कलाकारले धेरै कुरा सिक्नुपर्दछ । उनै, करिश्मा मानन्धर आजको दिनमा कहिलेकाही प्रेमको प्रश्नमा घेरिन्छिन् । ‘तपाई फलानोसँग प्रेम सम्बन्धमा हुनुहुन्थ्यो रे, भन्ने प्रश्न बारम्बार आउँदा करिश्मा […]

करिश्मा लेख्छिन्–‘श्रृष्टीको रचनालाई टिप्पणी गर्ने हैसियत कसैसँगै छैन’

नायिका करिश्मा मानन्धरले श्रृष्टीको कुनै पनि रचनालाई टिप्पणी गर्ने अधिकार र हैसियत कसैसँग नभएको उल्लेख गरेकी छिन् । उनको यो टिप्पणी नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादप्रति लक्षित छ । उनले लेखेकी छिन्–‘आफ्नो नैतिक जिम्मेवारीबाट जानी जानी विमुख भई गल्ती गर्नेलाई सजायँ हुनुपर्छ, तर भुलबस गल्ती भएको छ भने सचेतनासहित माफी पनि दिन […]

टिकटकमा करिश्मा

लक डाउनको समयमा फुर्सदिलो भएपछि केही कलाकार टिकटकमा जोडिए । नायिका वर्षा सिवाकोटीले कलाकारले टिकटक चलाउँदा सस्तो हुने भनाई सार्वजनिक गर्दै आएकी थिइन् । तर, उनै वर्षाले लक डाउनको समयमा टिकटक एकाउन्ट खोलिन् । अहिले उनी विभिन्न गीत र संवादमा भिडियो बनाइरहेकी छिन् । नेपाली चलचित्रका धेरै कलाकार यो लोकप्रिय सामाजिक संजालमा जोडिएका छन् । […]

भावुक तर विवादित करिश्मा

नायिका करिश्मा मानन्धरलाई आफू भावुक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ। सामाजिक सञ्जालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ। करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले विवादित छु। आत्मीय गुण छ त्यसैले फरक छु।’ करिश्माले सामाजिक सञ्जालमा लेख्ने गरेका कतिपय स्टाटसहरूको आलोचना पनि हुने गरेको छ । उनी आफू भावुक भएका कारण मनमा […]

करिश्मा लेख्छिन्–‘सबैबाट मान्यताप्राप्त सिमानासहितको नक्सा चाहियो’

नेपाल सरकारले लिपुलेकलाई समेत समेटर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मत व्यक्त गरिरहेका छन् । अधिकांश कलाकारले सरकारको यो निर्णयको स्वागत गरेका छन् । कतिपयले भने अब भूमि पनि फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । नायिका करिश्मा मानन्धरले भने […]

करिश्माको यस्तो सुझाव

नायिका करिश्मा मानन्धर लकडाउनको समयमा कहिले सामाजिक काममा व्यस्त छिन् भने कहिले प्राकृतिक सुन्दरतामा रमाइरहेको देखिन्छिन् । करिश्मा विशेषगरी राजनीतिमा लागेसँगै उनको समालोचना खुबै हुने गरेको छ । सामाजिक सञ्जालमा करिश्माले लेखेका विषयहरू कहिले विवादित बनेका छन् भने कहिले चर्चामा पनि छन् । नायिका करिश्मा मानन्धर साना-साना कुरामा पनि ट्रोलको सिकार भएकी छिन् । उनै […]

करिश्माको प्रतिस्पर्धा कोसँग ?

नायिका करिश्मा मानन्धरले नेपाली चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी छिन् । कुनै समय करिश्माको यूग थियो, जतिबेला नेपालमा नायिका भनेकी करिश्मा हुन् भनेर दर्शकले सोच्थे । उनको सुन्दरता, अभिनयको चर्चा खुबै हुन्थ्यो । करिश्माको चलचित्र हेर्न दर्शकको भिड लाग्थ्यो । तर, अहिले समय बदलिएको छ । करिश्माको चर्चा अहिले पनि कम भएको छैन् । तर, […]

करिश्माको सहयोग

नायिका करिश्मा मानन्धरले आफ्नो घर वरिपरी डेरा गरी बस्ने र समस्या भएका मानिसहरुको लागि सहयोगको हात अगाडि बढाएकी छिन् । उनले, सामाजिक संजालमा स्टाटस लेख्दै केही समस्या भएको खण्डमा गोदावरी भिलेज स्टूडियो अर्थात मानन्धर निवासमा सम्पर्क गर्न अनुरोध गरेकी छिन् । करिश्माको यो अनुरोध आएपछि केही मानिसहरु उनको घरसम्म पनि पुगेका छन् । करिश्माले केहीलाई […]