
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमाले छाडेको फेसबुकमार्फत घोषणा गरेकी छन्।
- उनले आफू जनताकै कलाकार र आवाज बनेर रहन चाहेको बताएकी छन्।
- करिश्माले १९ जनाको ज्यान जाने जेनजी प्रदर्शन हिंसात्मक बनेपछि राजनीतिक दल छाडेको खुलाएकी हुन्।
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफू नेकपा एमाले त्यागेको घोषणा गरेकी छन् । फेसबुकमार्फत उनले आफू जनताकै कलाकार बनिरहन चाहेको बताएकी छन् ।
उनी लेख्छिन्, ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो । तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु ।’
अघि लेख्छिन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’
करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन् ।
१९ जनाको ज्यान जाने गरि जेनजीको प्रदर्शन हिंसात्मक बनेको एकदिनपछि करिश्माले आफूले राजनीतिक दल छाडेको घोषणा गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4