Comments Add Comment

कर्णाली नदी

List Grid
बाजुरामा पहिरोले कर्णाली नदी थुनिने खतरा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह 

३१ साउन, धनगढी । बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार साँझ जिल्लाको स्वामिकातिक खापर गाउँपालिका–२ को छुदरीस्थित कर्णाली नदीमा माथिबाट सुख्खा पहिरो आएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताए । ‘सुख्खा पहिरो आएका कारण हामीले कर्णाली नदी थुनिने आशंकामा आसपासका […]

कर्णाली डुंगा दुर्घटनामा एक जनाको मृत्यु, बेपत्ताको खोजी जारी

१७ साउन, धनगढी । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । डुंगा दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आइतबार बिहान मोहन्याल गाउँपालिका–३ मलेखाबाट कर्णाली […]

कर्णाली डुंगा दुर्घटनामा १ जनाको मृत्यु, ३ जना बेपत्ता

१७ साउन, सुर्खेत । कर्णाली नदीमा डुंगा दुर्घटनामा एक जनाको मृत्यु भएको छ, तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको शव फेला परेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय, सुँगरखाल कैलालीका इन्चार्ज राजेन्द्रबहादुर कुमालले जानकारी दिए । ‘बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ, भखरै घटनास्थलदेखि तीन सय मिटर तल […]

कर्णालीमा जीप खस्दा दम्पती बेपत्ता, तीन छोरा-छोरी घाइते

१५ साउन, धनगढी । कैलालीमा कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडक खण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले […]

आज पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम

३ असार, काठमाडौं । पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागको बाढी पूर्वानुमान महाशाखाका […]

कर्णाली नदीको कटानले तटीय क्षेत्रमा त्रास

२७ जेठ, टीकापुर । कैलालीको टीकापुर क्षेत्रमा कर्णाली नदी कटानले बर्सेनि सयौँ बिघा जमीन कटान गर्दछ । बर्खा लाग्न शुरु भएपछि यहाँका नागरिकलाई हरेक वर्ष नदी कटान तथा डुबानको त्रासले सताउँछ। यस वर्ष पनि तीव्र नदी कटानपछि कैलालीको टीकापुर नगरपालिकाका तटीय क्षेत्रका नागरिक त्रसित छन् । नदीमा पानीको बहाव बढ्न थालेपछि यहाँ कर्णाली नदीको कटान […]

कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो, एकजना अझै बेपत्ता

२५ फागुन, काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी […]

४ सन्तानसहित आमा कर्णालीमा हाम फालिन्, २ छोरीको शव भेटियो

२५ फागुन, सुर्खेत । दैलेखकी एक महिलाले आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । विश्वभर श्रमिक महिला दिवस मनाइरहेका बेला सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुईजना छोरीको शव अछाममा भेटिएको छ । अन्य बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका […]

हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर

२७ माघ, सिमकोट । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका-२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको हो । पुल नहुँदा बर्सेनि तुइन तर्नु परिरहेको सर्केगाड-२ रिपगाउँका स्थानीयवासी जुनदेवी फडेराले […]

बर्दियामा कर्णाली नदीमा बगेर ३ जना बेपत्ता

१८ भदौ, राजापुर । बर्दियाको गेरूवा गाउँपालिका -४ का एक महिला र दुई पुरुष कर्णाली नदीमा बेपत्ता भएका छन् । कर्णालीको रजबन्धुवा घाटमा बिहीबार बिहान ११ बजे दाउरा छोप्न गएका उनीहरु बगेर बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा गेरूवा -४ जोधिपुरका ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय भरत कडायत र १४ वर्षीया पवी रोकाय रहेको […]

कालीकोटमा टिपर दुर्घटना, कम्तीमा दुई जनाको मृत्यु

२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरूलाई क्वारेन्टिनस्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर  बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो । हालसम्म दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए । भारत […]

क्वारेन्टाइनमा लगिएका व्यक्ति कर्णाली नदीमा बेपत्ता

२२ वैशाख, मुगु । क्वारेन्टाइनमा राख्न लगिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका-१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार नजिकै रहेको कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले बताएको छ । कामको सिलसिलामा भारत गएका उनीसहित ४८ जनाको टोली दार्चुला नाका हुँदै केही दिनअघि […]

नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता

१८ वैशाख, सिमकोट (हुम्ला) । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् । काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद […]

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

१३ फागुन, दैलेख । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिकाका-१ जिते बजारस्थित कर्णाली नदीमा मंगलबार बिहान जीप खसेको छ । दुर्घटनामा जीपका चालक दैलेखको गुराँस गाउँपालिका-४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए । रासकोटबाट जितेगडा यात्रु पुर्‍याएर फर्किने क्रममा लु१ज ४१४१ नम्बरको जीप कर्णाली नदीमा खसेको […]

कर्णाली नदीमा एकै पटक १११ वटा र्‍याफ्टिङमा जलयात्रा गरिने

१९ चैत, कैलाली । पर्यटन भ्रमण वर्ष २०२० र कैलाली भ्रमण वर्षलाई लक्षित गरी कर्णाली नदीमा यही महिनामा बृहत जलयात्रा हुने भएको छ । आयोजक कैलाली जिल्ला समन्वय समितिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनगरी चैत २३ गतेदेखि २५ गतेसम्म जलयात्रा आयोजना गरिने जानकारी दिएको हो । कैलाली जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाले कर्णालीमा १११ वटा […]

कर्णाली नदीलेे सतर्कताको तह नाघ्यो

२० साउन, कैलाली । लगातारको वर्षापछि कर्णाली नदीमा पानीको बहाव सतर्कताको सतहभन्दा माथि पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानीमा प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र केसीले कर्णाली नदीमा पानीको बहाब बढिरहेको जानकारी दिए । विहान ७ मिटर रहेको पानीको सतह दिउँसो ९.३५ मिटर मापन गरिएको छ । ९ मिटर भन्दामाथि पानीको मापन भएपछि नदी तटिए क्षेत्रमा […]