Comments Add Comment

काठमाडौं महानगरपालिका

List Grid
‘काठमाडौंको शहरी व्यवस्थापनमा सहकार्य गर्न तयार छौं’

२७ भदौ, काठमाडौं । स्थानीय सरकार तथा शहरहरुको अन्तर्राष्ट्रिय सञ्जाल एसिया प्यासिफिकका अधिकारीहरुले काठमाडौं महानगरको शहरी व्यवस्थापनमा सहकार्य गर्न इच्छुक रहेको बताएका छन् । सञ्जालका एसिया प्यासिफिक अध्यक्ष अशोक व्याञ्जु, महासचिव डा. बर्नाडिया इरावती जन्द्रादेवी, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभागका प्रमुख महेश काफ्ले, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख […]

काठमाडौं महानगरको कार्यालयमा वडाध्यक्षले गरे तोडफोड

काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । वडा नम्बर ५का वडाध्यक्ष रमेश डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गरेका हुन् । उनले तीन जना नै अधिकारीहरुको कार्यकक्षको ढोकामा […]

२ लाख घुससहित काठमाडौं महानगरपालिका-१४ का वडा सदस्य पक्राउ

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का एक वडा सदस्य घुससहित पक्राउ परेका छन् । वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस […]

काठमाडौं– १९ का वडाध्यक्षको निधन, शुक्रबार काठमाडौंमा शोक विदा

१६ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएको छ । क्यान्सरबाट पीडित ६५ वर्षीया श्रेष्ठको उपचारका क्रममा बिहीबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनलाई नर्भिक अस्पताल लगिएको थियो । उनले क्यान्सरको उपचार यहीँ गराउँदै आएका थिए । २०१३ साल पुस १४ […]

महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं । तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ । युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो । युथ कांग्रेसका कार्यकर्ताहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ […]

सडकका महानिर्देशकलाई प्रधानमन्त्रीको फोन–सिसडोल जाने सडक छिटो बनाइदिनू

१४ भदौ, काठमाडौं । उपत्यकाको फोहोर उठाउन नसकिने अवस्था आएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री देउवाले जति सक्दो छिटो उपत्यकाको फोहोर व्यवस्थापनको वातावरण बनाइदिने आश्वासन दिएको शाक्यले जानकारी दिए । देउवालाई भेट्न सोमबार मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलगायत जनप्रतिनिधि बालुवाटार पुगेका थिए । मेयर शाक्यले […]

फोहोर व्यवस्थापन गर्न सरकारसँग समन्वय भइरहेको छ : मेयर शाक्य

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । उनले केही दिन जथाभावि फोहोर नमिल्काउन महानगरवासीलाई आग्रह पनि गरेका छन् । बञ्चरेडाँडामा निर्माणाधिन स्यानिटरी ल्याण्डफिल्ड साइट र सिसडोल ल्याण्डफिल्ड साइटको स्थलगत रिपोर्टिङ गरेर फर्किएका शाक्यले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा […]

काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चेबाजा

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ । बुधबार काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ । गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि […]

कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गरिने

७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाउने भएको छ । महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो । तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय […]

काठमाडौंमा फोहोर थुप्रियो, मेयर भन्छन् : पानी पर्‍यो भने अझै उठाउन सकिँदैन

२ भदौ, काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरमा केही हप्तादेखि फोहोर उठ्न सकेको छैन । हाल काठमाडौं उपत्यकाका विभिन्न शहरमा सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा गाडी जान नसकेको बताए […]

आफ्नै सभागृह छोडेर गोकर्ण रिसोर्टमा काठमाडौं महानगरको गोष्ठी

१ भदौ, काठमाडौं । आफ्नै सुविधासम्पन्न सभाहल भएको काठमाडौं महानगरपालिकाले गोकर्ण फरेस्ट रिसोर्टमा सोमबार र मंगलबार योजना तर्जुमा गोष्ठी गर्‍यो । मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित महानगरका विभागीय प्रमुखहरुको उपस्थितिमा दुई दिनसम्म आवासीय सुविधासहितको गोष्ठी गरिएको हो । गोकर्ण फरेस्ट रिसोर्ट हालसालै सरकारले ‘लक्जरी’ वर्गमा राखेको रिसोर्ट हो । नेपालमा चन्द्रागिरी हिल्स र गोकर्ण […]

घरबाट फोहोर ननिकाल्न काठमाडौं महानगरको अपिल

३२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ । महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो । ‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर […]

४६ वर्षदेखि अलपत्र तीनकुने, विद्यासुन्दरले पनि सकेनन् सपार्न

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २०७४ सालको चुनावी प्रचारका क्रममा १०० दिनमा गर्ने १०१ कामको सूचीमा लेखेका थिए, ‘तीनकुनेमा अत्याधुनिक पार्कको निर्माण शुरु गर्ने ।’ सय दिनभित्र काम सुरु त भएन नै, मेयर शाक्यले पार्क निर्माणलाई प्राथमिकतामा राखेर काम पनि गरेका छैनन् । उनले पछिल्ला दुई आर्थिक वर्षका बजेटमा पार्क बनाउने […]

दल निकटका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

काठमाडौं महानगरमा ‘दुःशासन’ : भत्ता, भ्रमण र सुविधाका लागि ९९ करोड

२२ साउन, काठमाडौं । निर्वाचित हुनासाथ कार्यपालिकाको  बैठकबाटै आफ्ना लागि ‘स्मार्ट फोन’ किन्न मोटो रकम छुट्याएपछि विवादमा आएका थिए काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरु । त्यो विवाद सेलाउन नपाउँदै मेयर विद्यासुन्दर शाक्यका लागि नयाँ गाडी ल्याइएपछि जनप्रतिनिधिले काममा भन्दा सेवा सुविधामा बढी ध्यान दिएको भन्दै चर्को आलोचना भयो । तर, काठमाडौं महानगरका जनप्रतिनिधिहरुले अहिलेसम्म आफ्नो सेवा सुविधामा […]

कर उठाउन काठमाडौं महानगरले थाल्यो ‘कटुवाल प्रथा’

२१ साउन, काठमाडौं । साउन १३ गते काठमाडौं महानगरका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीको टोली ‘कृषि सामग्री कम्पनी लिमिटेड’को कुलेश्वरस्थित कार्यालयको गेटमा पुग्यो । माइकिङ गर्न थाले, ‘कृषि समाग्री कम्पनी लिमिटेडलाई छिटो कर तिर्न आह्वान गरिन्छ ।’ लगातार आधा घण्टा माइकिङ गरेर नगर प्रहरी फर्कियो । कम्पनीले महानगरसँग यसबारे सोधपुछ गर्दा थाहा भयो, […]

काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

१४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी […]

ऐन बनाएरै महानगरमा कर्मचारीलाई सुविधै सुविधा

३० असार, काठमाडौं । काठमाडौंका सडकहरूमा जताततै खाल्डाखुल्डी छन् । धूवाँ–धूलो, असरल्ल विद्युत्, इन्टरनेट र केबलका तार । सबैतिर सडकबत्तीको व्यवस्था छैन । कतिपय स्थानमा सडक पार गर्न अकाशे पुलको असुविधा छ । श्रमिकलाई आवास र गाँसको ग्यारेन्टीको वातावरण एकातिर छ । जनताका सुख, दुःख, विकास, रोजगार र समृद्धिमा समर्पित हुनुपर्ने काठमाडौं महानगर नयाँ ऐन […]

काठमाडौं महानगरपालिकाको बजेट पारित

२५ असार, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम केही संशोधनसहित सर्वसम्मतिमा पास भएको भएको छ । नगरसभाको नवौँ अधिवेशनको छैटौं बैठकले केही संशोधनसहित सर्वसम्मतिमा पास गरेको हो । असार १० गते बसेको नगरसभाको नवौं अधिवेशनको चौथो बैठकमा काठमाडौँ महानगरपालिकाकी सोही  बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आ. व. २०७८/७९ का लागि बजेट पेस […]

विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा छौं : काठमाडौं महानगर

२१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भोलिका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए । नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको उनको भनाइ […]

अग्रपंक्तिमा खटिनेको सम्मानमा बनाएको चित्र महानगरले मेटायो

१६ असार, काठमाडौं । रत्नपार्कको आकाशे पुलको पर्खालमा कोभिड–१९ महामारीको अग्रपंक्तिमा खटिएकाहरुको सम्मानमा बनाएको चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । चार जना कलाकार र तीन जना स्वयंसेवककले ६ दिन लगाएर जेठ ३० मा निर्माण सकेको यो चित्र महानगरपालिकाले बुधबार दिउँसो मेटाएको हो । कोरोना भाइरसको महामारीका बेला अग्रपंक्तिमा खटिनेहरुप्रति सम्मान व्यक्त गर्ने चित्र बनाउन दुर्जाङ […]