+
+
Shares

काठमाडौं महानगरभित्र फोहोर, प्लास्टिक तथा प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

प्रतिबन्ध उल्लंघन गरे महानगरले प्रतिपटक १० हजार रुपैयाँ जरिबाना गरिने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले खुला ठाउँमा प्लास्टिक र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ।
  • महानगरपालिकाले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार उल्लङ्घनमा प्रतिपटक १० हजार रुपैयाँ जरिवाना गर्ने जनाएको छ।
  • वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक र श्वासप्रश्वासका बिरामीलाई बढी असर गर्ने भएकाले यस्तो निर्णय गरिएको महानगरका वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो।

२३ कात्तिक, काठमाडौं । काठमाडौं  महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ ।

चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले यस्ता वस्तु बाल्न रोक लगाइएको जनाइएको हो ।

जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । ‘प्रदूषण बढ्न यसरी खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ,’ विभाग प्रमुख सरिता राईले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस्तो निर्णय गरिएको हो ।’

वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड छ ।

महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८२ बमोजिम कारबाही हुने विभाग प्रमुख राईको भनाइ छ ।

यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?