Comments Add Comment

कार्यदल

List Grid
सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आज ४ बजे सार्वजनिक गरिने

२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी […]

सत्ता गठबन्धनका नेता र सरकारको साझा कार्यक्रम तयार पार्ने कार्यदलबीच छलफल सुरु

२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेता र सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेको कार्यदलका सदस्यहरुबीच छलफल सुरु भएको छ । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । साझा कार्यक्रममा मन्त्रीहरुको […]

कार्यदलले बुझायो सरकारको न्यूनतम साझा कार्यक्रम

२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ । […]

सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ फेरि बस्ने

१९ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनको न्युनतम साझा कार्यक्रम तयार पार्न मंगलबार विहान बसेको कार्यदलको बैठक साँझ फेरि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ । कार्यदलले प्रतिवेदन […]

एमाले सांसदहरुले भने : कार्यदलका नेताहरुलाई साथ दिन तयार छौं

१० साउन, काठमाडौं । नेकपा एमालेका सांसदहरुले दश बुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई साथ दिन तयार रहेको बताएका छन् । सिंहदरबारमा एमालेका केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्ष्ँकासांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह गरेका थिए । ‘दश बुँदे सहमति गर्नुभएको छ । यसका लागि धन्यवाद । तर, पूर्ण धन्यवाद पाउन बाँकी […]

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन जुट्यो कार्यदल

८ साउन काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् । कार्यदलका सदस्यहरुले शुक्रबारदेखि नै छलफल थालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा […]

उच्चस्तरीय कार्यदलले गर्‍यो बीपी प्रतिष्ठानमा आन्दोलनरत् पक्षसँग छलफल

४ असार, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले आन्दोलनरत पक्षसँग छलफल थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यदलले सोमबार धरान पुगेर आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीका मागबारे छलफल गरेको संयुक्त संघर्ष समितिका सदस्य डा. पदम नेपालीले जानकारी दिए । […]

‘कार्यदल’का नेताहरु फेरि सक्रिय, १० बुँदे कार्यान्वयनमा जोड

२ साउन, काठमाडौं । पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल […]

एमालेमा दोस्रो तहका नेताहरु फेरि सक्रिय

३१ असार, काठमाडौं । पार्टी एकताका लागि भएको दशबुँदे सहमति विथोलिने खतरा देखिएपछि नेकपा एमालेका दोस्रो तहका नेताहरु फेरि सक्रिय भएका छन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नुअघि आइतबार एमाले कार्यदलले १० बुँदे सहमति जुटाएको थियो । सहमतिलाई पार्टी स्थायी कमिटीले अनुमोदन गर्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनीबाहेक अरु […]

एमाले एकता वार्ता : १० दिनदेखि प्रगति छैन

२४ साउन, काठमाडौं । सत्तारुढ नेकपा एमालेको एकता वार्तामा पछिल्लो १० दिनयता उल्लेख्य प्रगति नभएको कार्यदलका एक सदस्यले बताएका छन् । चार दिनदेखि लगातार छलफलमा बसेको कार्यदलका सदस्यहरु सहमति नजिक पुगेको दाबी गर्दै आएका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले […]

एमाले कार्यदलको बैठक साँझ फेरि बस्ने

२४ असार, काठमाडौं ।  नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक बिहीबार बेलुकी सात बजे बस्ने गरी स्थगित गरिएको छ । बिहीबार दिउँसो अर्थ मन्त्रालयमा बसेको बैठकमा छलफल सकारात्मक भएको कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बताए । छलफललाई निष्कर्षमा पुर्‍याउन थप तयारी आवश्यक भएको भन्दै उनले भने, ‘७ बजे हामी बस्छौं र भरसक आज यसलाई […]

बाढी पहिरोबाट पुलमा पुगेको क्षति अध्ययन गर्न कार्यदल गठन

२२ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोबाट सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय कार्यदल बनाइएको मन्त्रालयले जनाएको छ । उक्त समितिलाई आगामी साउन ७ गतेभित्र सिफारिस पेश गर्न भनिएको छ । समितिले अविरल वर्षाका कारण […]

एमालेमा एकता प्रयास : कार्यदल ब्यूँतियो

२१ असार, काठमाडौं । नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्यूँतिएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको  कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलको पुनरावलोकन भएको छ । भोलि १ बजे फेरि बैठक बस्ने कार्यदलका सदस्य एवं एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । ‘आजबाट कार्यदलले औपचारिक रुपमा काम शुरु गरेको छ’ बैठकपछि […]

एमालेको दुवै समूहका नेताहरू आन्तरिक छलफलमा

३१ जेठ, काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए ।  पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको […]

एमाले कार्यदलको आग्रह : पार्टीमा अन्तरविरोध सिर्जना नगरौं

४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र कायम सहमति कार्यान्वयनका निम्ति प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । ‘पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा […]

एमाले कार्यदलको बैठक बस्दै

४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]

वाम बैठकमा मुख्यमन्त्रीबारे छलफल नै भएन

७ माघ, काठमाडौं । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठकमा मुख्यमन्त्रीबारे छलफल नै नभएको नेताहरुले बताएका छन् । बैठकले राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट अनुमोदन गरेको छ भने सुशासन र विकासबारे योजना बनाउन बामदेव गौतमको नेतृत्वमा कार्यदल बनाएको छ । प्रदेशसभा सदस्यहरुले सपथ लिएकै दिन आइतबार एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो […]

कार्यदलका सदस्य भन्छन्- हामीले खोजेजस्तो ११ प्रान्त प्राप्त हुने छाँटकाँट छैन

१७ साउन, काठमाडौं । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुअघि मधेसी मोर्चासम्मिलित संघीय गठबन्धनसँग सहमतिको आधार तयार पार्न गठित कार्यदलका एक सदस्यले ठूलो लडाइँ नलडी आफूले खोजेजस्तो प्रान्त प्राप्त नहुने बताएका छन् । तीनदलीय कार्यदलमा संघीय गठबन्धनका तर्फबाट सदस्य बनेका लिम्बुवान नेता कुमार लिङदेनले सामाजिक सञ्जालबाटै सार्वजनिक प्रतिक्रिया दिँदै भनेका छन्- ‘मेरो तीतो अनुभव, हामी देशभरका […]