Comments Add Comment

केपी ओली समूह

List Grid
केपी ओली बुद्धको उत्तराधिकारी : सत्यनारायण मण्डल

२३ माघ, काठमाडौं । नेकपा ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओली बुद्धको उत्तराधिकारी भएको दावी गरेका छन् । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभालाई सम्बोधन गर्दै बुद्धका उत्तराधिकारी ओलीलाई मधेसी जनताको समर्थन रहेको बताए । ‘अहिले एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका केपी शर्मा ओलीलाई सम्पूर्ण […]

ओली समूहको युवा भेला गर्न जिससले दिएन हल

८ माघ, सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली समूहले सप्तरीमा बिहीबार गर्न लागेको युवा भेला तथा प्रशिक्षण कार्यक्रमका लागि जिल्ला समन्वय समिति (जिसस)ले आफ्नो हल नदिने भएको छ । समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्ला प्रशासन कार्यालयलाई बिहीबार पत्राचार गर्दै नेकपाको आयोजनामा हुने युवा भेलाका निम्ति हल उपलब्ध नगराउने बताएका छन् । […]

ओली समूहको केन्द्रीय कमिटी सदस्य संख्या १५०१ पुग्यो

२७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ओली समूहको केन्द्रीय कमिटी संख्या १५०१ पुगेको छ । पुस ९ मा सकिएको केन्द्रीय कमिटी बैठकले नै विधानमा दोस्रो पटक संशोधन गरी केन्द्रीय कमिटी संख्या बढाइएको हो । मातहतको कमिटीलाई पठाइएको अन्तरपार्टी निर्देशिका (अपानि) मार्फत केन्द्रीय कमिटी सदस्य संख्या १ हजार ५ सय १ पुगेको जानकारी दिइएको छ […]

ओली समूहको अखिल पनि १०९९ सदस्यीय

१४ पुस, काठमाडौं । नेकपा ओली समूहको विद्यार्थी संगठन अनेरास्ववियुले पनि केन्द्रीय कमिटी विस्तार गरेको छ । ऐन महर संयोजक रहेको यो समूहको अखिलले केन्द्रीय कमिटीको संख्या साविकको भन्दा तीन गुणा बढी बनाएको छ । एमाले र माओवादी एकीकरण भएपछि ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको थियो । यसलाई बढाएर १०९९ सदस्यीय बनाइएको छ । यो […]

नेकपा चितवनको कार्यालयमा ओली समूहले लगायो ताला

११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली समूहले ताला लगाएको छ । शनिबार बिहान पार्टी कार्यालयमा पुगेका ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । साविक एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले […]

पार्टी बनिनसक्दै ओली समूहमा असन्तुष्टि

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहभित्र नयाँ पार्टी निर्माण नहुँदै असन्तुष्टि देखा परेको छ । एकातिर, ओली समुहले केन्द्रीय सदस्य बनाएका नेताहरुबाट भटाभट पद अस्वीकार भइरहेको छ भने अर्कोतिर, प्रधानमन्त्रीका आसेपासेहरु नयाँ पार्टी निर्माणमा ‘बाधक’ बनेको गुनासाहरु व्यक्त हुन थालेका छन् । आफूलाई प्रधानमन्त्री ओलीको […]

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा जारी बिहीबारको बैठकमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादल समेत सहभागी भएका छन् । ओली समूहको यो तेस्रो केन्द्रीय कमिटी बैठक हो ।    

४ सांसद्सहित ६ जनाले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

९ पुस, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले चयन गरेका ६ केन्द्रीय सदस्यले पद अस्वीकार गरेका छन् । प्रदेश १ मा राज्यमन्त्रीसहित चारजना सांसद् र दुईजना नेताले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका हुन् । प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । उनीसँगै उदयपुरबाट प्रदेशसभामा प्रतिनिधित्व […]

लुम्बिनीका नेताले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य

८ पुस,बुटवल । आफ्नो सहमति नलिइ केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य बनाइएको भन्दै लुम्बिनी प्रदेशका केही नेताहरुले पद अस्वीकार गरेका छन् । नवलपरासी पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य भगवतीदेवी भण्डारी, सोही जिल्लाकै पुराना कम्युनिस्ट नेता वृहस्पति अधिकारी, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरीलगायतले आफ्नो सहमति बेगर ओली समूहको बैठकले केन्द्रीय सदस्य बनाएको भन्दै […]