Comments Add Comment

घर

List Grid
एउटा झिंगा मार्ने चक्करमा घरै खरानी

फ्रान्समा एकजना व्यक्तिले केवल एउटा झिंगा मार्ने प्रयासमा आफ्नै घर जलाएका छन् । आगजनीबाट उनको घरमा ठूलो क्षति पुगेको छ र अधिकांश हिस्सा जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए । त्यसपछि उनले लामखुट्टेलगायतका स-साना किटपतंग मार्नका लागि प्रयोग […]

घर बनाउनुअघि गरिने यस्ता गल्ती जसले तपाईंको लगानी डुब्न सक्छ

काठमाडौं महानगरपालिकाको वडा नं १६ सामाखुसीका दिवेश प्रधानले एक वर्षअघि तीन तलाको घर किने । घर नामसारीको सबै प्रक्रिया पूरा गरे पनि त्यतिबेला उनले घर बनाइएको जग्गाका बारेमा प्राविधिक विषयप्रति चासो दिएनन् । उनलाई प्राविधिक कुरा थाहा त थिएन नै इन्जिनियरलाई यस विषयमा सोधेर अतिरिक्त खर्च गर्न उनले चाहेनन् । तर एक वर्षपछि घर बेच्ने […]

६ काइदा : गर्मीमा घरलाई यसरी शीतल बनाउन सकिन्छ

गर्मीको राप बढ्दै जाँदा घरभित्र बस्न पनि उकुसमुकुस हुन्छ । घर नै बाफिएको जस्तै लाग्छ । यस्तो अवस्थामा घरलाई कसरी खुला राख्ने ? कसरी शीतलता प्रदान गर्ने ? यी सामान्य काइदा हुन् । तर, निकै उपयोगी हुन सक्छ । काइदा एक जस्तो घर वा कोठामा धेरै सरसामान नराख्ने । खासै प्रयोगमा नआउने सामग्रीहरू स्टोर अर्थात् […]

१५ दिनमै पाँचपटक बढ्यो सिमेन्ट र छडको मूल्य

८ माघ, काठमाडौं । तपाई सिमेन्ट र छड प्रयोग गरेर घर बनाउँदै हुनुहुन्छ ? या बनाउने तयारी गर्दै हुनुहुन्छ ? यस्तो तयारीमा हुनुहुन्छ भने अब तपाईको लागत बढ्ने र आर्थिक जोहो गर्नुपर्ने छ । किनभने, निर्माण व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेको पाइएको छ । मूल्यवृद्धिसँगै नयाँ घर बनाउने तयारीमा रहेकाहरु मारमा परेका […]

पक्की घरमा बस्ने बनकरियाको सपना अधुरै

११ असोज, काठमाडौं । बाँसले बारेर खरले छाएको झुप्रोमा श्याम बनकरिया दिउँसो छोरो सुताउँदै थिए । उनकी श्रीमती पार्वती खाना पकाउँदै थिइन् । अकाश धमिलो हुदै गयो । दुई वर्षअघि खरले छाएको छानोले वर्षाको पानी थेग्न छाडेको रहेछ । दुई वर्षीय छोरालाई झोलुंगोमा सुताउँदै गरेका श्यामले भने ‘आफै घर बनाउँ पैसा छैन, सरकारले घर बनाइदिने […]

ठूल्ठूला घर, न लालपुर्जा, न प्रमाणपत्र !

७ असोज, काठमाडौं । पूर्वपश्चिम राजमार्गमा राप्ती अञ्चल प्रवेशको पूर्वी ढोका हो भालुवाङ बजार । करिब चार दशकअघि सामान्य ‘चिया झुपडी’ बाट सुरु भएको भालवाङ बजारमा अहिले पाँचौ तलासम्मका ठूलाठूला घर बनिसकेका छन् ।  तर, अहिलेसम्म भालवाङवासीसँग भू-स्वामित्व छैन । देउखुरी क्षेत्रमा एउटा स्थापित बजारको रुपमा परिचय बनाइसकेको भालुवाङ बजारेको मुख्य सहर नै लालपुर्जाविहीन रहेको […]

ग्रिनहिल सिटीको इमाडोलमा आकर्षक आवास निर्माण सुरु

१४ वैशाख, काठमाडौं । ग्रिनहिल सिटीले ललितपुरको इमाडोलमा ४५ रोपनीमा आवास गृहको निर्माण कार्य सुरु गरेको छ । यो आवास योजना ग्वार्को चोकबाट २.२ किलोमीटरको दूरीमा ४ लेनको सडकसँग जोडिएको छ । विभिन्न ५ डिजाइनमा निर्माण हुने घरहरु साढे तल्लाका हुने बताइएको छ । घरहरु ४ आनादेखि १५ आनासम्मको क्षेत्रफल फैलिनेछन् । साथै, सबै घरहरु […]

सरकारलाई नसोधी घर बनाएँ, मलाई कहिले कार्वाही गर्ने ?

भूकम्प गएको एक वर्ष पुगेको अवसरमा आज राष्ट्रपति विद्यादेवि भण्डारीले हेलिकोप्टर यात्रा मार्फत बारपाक पुगेर ‘भूकम्प स्मारक’ शिलान्यास गर्नेछिन् । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सिन्धुपाल्चोक चौतारामा पनि पुगेर घर बनाउँदै पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गर्नेछन् । यति भएपछि छापा, रेडियो, टेलिभिजन र अनलाइनहरुलाई एकछिनको मसला जुट्छ । अझ प्रधानमन्त्री ओलीले त केही […]