Comments Add Comment

चक्काजाम

List Grid
७५० मिटर सडक ७ वर्षमा पनि नबनेपछि स्थानीय आन्दोलित 

१४ मंसिर, बुटवल । ७५० मिटर सडक ७ वर्षमा पनि निर्माण सम्पन्न नभएपछि रुपन्देहीको बेलहिया गाउँका स्थानीय आन्दोलित भएका छन् । स्थानीयले बेलहियामा आइतबार बिहान चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् । बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार बिहान स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेको स्थानीय अगुवा राम बस्नेतले बताए । इलाका प्रहरी कार्यालय बेलहिया कार्यालयदेखि बाइपास […]

सडक निर्माणमा ढिलाइ गरेको भन्दै जीतपुरमा चक्काजाम

१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज–पथलैया ६ लेन सडक निर्माणमा ढिलाइ भएको भन्दै बाराको जीतपुरका स्थानीयले शुक्रबार तीन घण्टा चक्काजाम गरेका छन् । उनीहरुले बिहान साढे ८ बजेदेखि साढे ११ बजेसम्म प्रदर्शन गर्नुको साथै वीरगञ्ज–पथलैया सडकखण्ड अवरुद्ध गरेका हुन् । सडक विस्तारका लागि भन्दै घर टहरा भत्काएको दुई वर्ष पुग्न लाग्दा समेत सडक निर्माणले गति नलिएको […]

कृषि विधेयकको विरोधमा भारतभर चक्काजाम

९ असोज, काठमाडौं । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा आज किसानहरुले भारतभर चक्काजाम गरेका छन् । सरकारले कृषि विधेयकलाई किसानको हितैषी भनेको छ र यसबाट किसानहरुको आय बढ्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतीय किसानहरुको आन्दोलनको प्रभाव […]

चक्काजाम गर्न खोज्दा विप्लव माओवादीका ५५ कार्यकर्ता पक्राऊ

२ साउन, काठमाडौं । सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ५५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको बुटवलबाट ३५ र काठमाडौंबाट २० जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको कलंकी, बालाजु र चाबहिलबाट आफ्ना २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिए ।  […]