Comments Add Comment

छठ

List Grid
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो छठ [ फोटो फिचर ]

६ मंसिर, काठमाडौं । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठपर्व सम्पन्न भएको छ । शुक्रबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले शनिबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् । यससँगै सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने चाड छठपर्व सम्पन्न भएको छ । कोरोना महामारीका कारण धेरैले […]

घरमै जलासय बनाएर छठपूजा (फोटो फिचर)

५ मङ्सिर, काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले शुक्रबार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ […]

वीरगञ्जमा छठको व्यापार घट्यो

५ मंसिर, वीरगञ्ज । वीरगञ्ज नगवाका दिनेश साह तुराहाले छठ नजिकिएपछि तरकारी बेच्न छोडेर छठका सामान बेच्ने गर्छन् । वीरगञ्जको माईस्थान चोकमै उनले अदुवा, सुथनी, बोडी, भोगटे, केरा बेच्न राखेका छन् । २१ वर्षदेखि यसैगरी व्यापार गर्दै आएका उनी यो वर्ष भने निराश भए । ‘व्यापार खासै छैन, महंगोमा समान किनेर सस्तोमा बिक्री गर्नुपरेको छ’ […]

‘छठमा बजार हाबी भयो, नाटकमा पश्चिम’

चर्चित संस्कृतिविद एवं रंगकर्मी रमेशरञ्जन झा यसवर्ष छठको समयमा गृहजिल्ला धनुषा नगई काठमाडौंमै छन् । कोरोनाका कारण दुरी कायम गरेर छठ मनाउन सुझाव दिने उनी बजारीकरणले गर्दा छठको मौलिकता हराउँदै गएकोमा चिन्तित छन् । धनुषामा जन्मेका झा मैथिलीसँगै नेपाली, हिन्दी, भोजपुरी र अंग्रेजीमा दख्खल राख्छन् । उनी २०६७ देखि २०७४ सम्म दुई कार्यकाल संगीत-नाट्य प्रज्ञा […]

छठमा घरमै बन्यो जलकुण्ड

४ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका – २ का कामत टोलका सुभाष कामतको परिवार सधै नजिकै रहेको सिंघिया घाटमा छठको पूजा गर्थ्यो । तर यो पटक घरमै छठ पर्व मनाउँदैछ । सूर्यलाई अर्घ दिन घरमै जलकुण्ड बनाएका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि घरमै छठ पर्व माउदैछन् । संक्रमणको जोखिम बढेका कारण विगत […]

छठ पर्वमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने

४ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष काठमाडौंको जलासयमा छठ पर्वको अवलोकन गर्न नजाने भएकी छन् । गत वर्षसम्म उनी छठ पर्वको अवसरमा गुह्वेश्वरी–गौरीघाट र कमलपोखरी आदि जलासयमा छठ पर्व मनाएको अवलोकन गर्न जाने गरेकी थिइन् । यसपटक कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रममा राष्ट्रपति सहभागी नहुने राष्ट्रपति कार्यालयले जनाएको छ । काठमाडौंमा […]

विराटनगरका छठघाट सुनसान, छाडिएन नहरमा पानी

४ मंसिर, विराटनगर । तिहारलगत्तै सुरु हुने छठ पूजाको तयारीका लागि खोला, नहर र पोखरी सिँगार्ने काम सुरु हुने गर्छ । यो वर्ष भने छठ सुरु भइसके पनि विराटनगरका घाटहरु सुनसान छन् । कोरोना संक्रमणको जोखिम रहेकाले श्रद्धालु भक्तहरुले घरमै पूजाको तयारी गरिरहेका छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पनि सुरक्षित रुपमा चाडपर्व […]

प्रदेश २ मा छठ पर्व घरघरमै मनाउन आग्रह

२ मंसिर, जनकपुरधाम । बुधबारदेखि छठ पर्व विधिवत रुपमा शुरु हुँदैछ । छठका लागि किनमेल सुरू भएपनि विगतमा जस्तो यसपटक प्रदेश २ का जलासयहरूमा चहलपहल देखिएको छैन । कारण हो–नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी । प्रदेश २ का अधिकांश जिल्ला प्रशासन कार्यालयले आ–आफ्नै घरमा छठ पर्व मनाउन आग्रह गरेका छन् । कतिपय जिल्लामा जलासयमै मनाइए […]

पूर्वी तराई छठमय बन्दै (फोटो फिचर)

२६ कात्तिक, विराटनगर । पूर्वी नेपालका तराई मधेसका नदी, पोखरी,  हाटबजार छठमय बनेका छन् । जलाशय किनारमा छठीमातालाई पवित्र सामग्री नैवेद्य चढाएपछि उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिनका लागि मधेसका नदी, पोखरी सिगार्न थालिएको छ । घाट बनाउन नदी, पोखरीमा घुइँचो लागेको छ । नदी पोखरीमात्र होइन छठी मातालाई केरा, मूला, अदुवा, नरिवल, पान, सुपारी, […]

आज छठ पर्वको दोस्रो दिन, खरना मनाइँदै

८ कात्तिक, काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठअन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । जीवन पद्धतिलाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ […]

बारामा सुरु भयो छठको रौनक

७ कात्तिक, बारा । बारामा छठ पर्वको रौनक सुरु भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरको जितपुर बजारमा छठ पर्वका लागि किनमेल गर्नेको घुइचो लागेको छ । छठ पर्वको लागि अनिवार्य मानिने पूजा सामग्रीहरुमा माटोको भाडो -ढकनी), हात्ती, दियो, बाँसका भाडाहरु -दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फलफुल, केरा, चिनीको विशेष किसिमको मिठाई, बतासा, पहेलो धोती […]

छठ पर्व आजदेखि सुरु

६ कात्तिक, काठमाडौं । छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । छठ पर्व विशेष गरेर तराई क्षेत्रमा मनाइन्छ । छठ व्रत गर्नेहरुले सोमवार चौथीको दिन आज अरवा अरवाइन गरी चोखोनिधो हुने गर्दछन् । छठ पर्वको सुरुवातसँगै तराईमा पोखरी, नदी, तलाउहरुलाई सरसफाई गर्ने र सिंगारिने कार्य सुरु भएको छ । छठको दोस्रो दिन भोलि […]

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकियो छठ (फोटो फिचर)

२२ कात्तिक, नेपालगञ्ज । सूर्यको आरधना गर्दै मनाइने छठ पर्व नेपालगञ्जवासीले पनि धुमधामका साथ सम्पन्न गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै आज बिहानबाट सम्पन्न भएको छ । नेपालगञ्जमा रहेको बागेश्वरी मन्दीरको तलाउमा छठी देवीको आराधाना गर्ने भक्तहरुले हिजो आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर तलाउको किनारामा भजन कृतन गरी विहान उदाउँदो सूर्यलाई अर्घ्य […]

मधेसमा चार दिन माछा-मासु चल्दैन !

२१ कात्तिक, काठमाडौं । दशैं-तिहारजस्ता हिन्दुहरुका चाडपर्वमा माछा मासुको व्यापार राम्रैसित हुन्छ । तीजलगायतका चाडबाडमा पनि मासुको बढी खपत हुन्छ । तर, मिथिलाञ्चलमा भव्यताका साथ मनाइने छठ पर्वमा भने चार दिनसम्म माछा मासु लगभग बर्जितजस्तै छ । छठी माईको पूजा अवधिभर मधेस पूर्णरुपमा सात्विक बन्छ । छठ चार दिनसम्म मनाइन्छ । कात्तिक २१ गते छठको […]

मिथिलाञ्चलमा छठ उत्सव सुरु

१९ कात्तिक, महोत्तरी । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलवासीको महान् पर्व छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको छ । छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य […]