News Summary
Generated by OK AI. Editorially reviewed.- आज कात्तिक १० गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको पहिलो दिन मनाइँदैछ।
- मधेश प्रदेशसहित देशका विभिन्न जिल्लामा पोखरी तथा नदी किनारमा छठ घाट तयार पारिएको छ।
- विराटनगरको हाटखोलास्थित सिंघिया घाटमा व्रतालुहरूले सूर्यदेव र षष्ठीदेवीको आराधना गरिरहेका छन्।
१० कात्तिक, विरानगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज र भोलि छठ पर्व मनाइँदैछ । आज पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
विराटनगरको हाटखोलास्थित सिंघिया घाटमा पनि यतिबेला व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन् ।
छठ पर्वका लागि केहीदिन अघिदेखि नै पोखरी तथा नदी किनारलाई सरसफाइ गरेर सजाइएको छ ।
मधेश प्रदेशसहित देशका विभिन्न जिल्लामा अहिले पोखरी तथा नदी किनारमा तयार पारिएका छठ घाटमा व्रतालु एवं भक्तजन भीड देखिन्छ ।
वर्तालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसिरहेको देखिन्छ ।
सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ ।
कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4