Comments Add Comment

झडप

List Grid
धरानको शर्दुखोलामा उत्खननका विषयमा झडप

२६ जेठ, विराटनगर । धरान उपमहानगरपालिका–१७ शर्दु खोलामा उत्खनन् गरिरहेका ठेकेदार कम्पनीका कामदार र रोक्न पुगेका स्थानीयबीच झडप भएको छ । झडपमा केही स्थानीय घाइते भएका छन् । धरान–चतरा सडकखण्डमा रहेको पुलदेखि उत्तरतर्फ उत्खनन् गरिरहेका बेला धरानकै राजेश खिम्दुङसहित ८–१० जना रोक्न पुगेका थिए । स्थानीयलाई ढुंगा टिप्न नदिने तर ठेकेदारले डोजर लगाएर खनेको भन्दै […]

किर्गिस्तान–ताजिकिस्तान सीमा क्षेत्रमा पानीको विषयमा झडप, ३१ जनाको मृत्यु

१८ वैशाख, काठमाडौं । किर्गिस्तान–ताजिकिस्तानको विवादित सीमा क्षेत्रमा भएको झडपमा ३१ जनाको मृत्यु भएको छ । १५० जना घाइते भएका छन् । पानीको विषयमा सुरु भएको विवादले हिंसाको रुप लिएको र सो क्षेत्रबाट दस हजार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको बीबीसीले जनाएको छ । सुरुमा सीमा क्षेत्रमा रहेको पानीको एक स्रोत नजिक सेक्युरिटी क्यामरा जडान […]

रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप, दुई जना गम्भीर घाइते

३ वैशाख, काठमाडौं । चितवनस्थित रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच दोहोरो झडप हुँदा चारजना घाइते भएका छन् । नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा विवाद हुँदा अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच शुक्रबार दोहोरो झडप हुँदा चार जना घाइते भएको चितवनका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । झडपमा परी नेपाल विद्यार्थी संघका दिपेश बानियाँ […]

बारामा होली खेल्ने क्रममा झडप, १ जनाको मृत्यु

१७ चैत, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर […]

सिमरामा स्थानीय र प्रहरीबीच झडप

४ चैत, वीरगञ्ज । बाराको सिमरा स्थित जगदम्बा स्टिल उद्योगको विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ७ जना प्रहरी, १ जना सशस्त्र प्रहरी, ३ जना उद्योगका कर्मचारी घाईते भएको प्रहरीले जनाएको छ । स्थानीय तर्फ केहि सामान्य घाईते छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड अश्रुग्याँस प्रहार गरेको छ […]

कांग्रेसको कार्यक्रममा ओली समूहको ढुंगामुढा

४ फागुन, काठमाडौं ।  बैतडीको डिलासैनीमा आयोजित नेपाली कांग्रेसको सभामा सत्तारुढ ओली समूहले ढुंगामुढा गरेको छ । त्यसक्रममा केही घाइते समेत भएका छन् । डिलासैनीमा मंगलबार भएको कार्यक्रमा कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेविसंघका पूर्व सभापति नैनसिंह महर लगायत सहभागी भएका थिए । नेता महरका अनुसार सोमबार मात्र जयराज जोशीको नेतृत्वमा २०० […]

आरआर क्याम्पसमा ओली र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप

४ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई समूहका विद्यार्थी बीच रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा झडप भएको छ । सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको हो । झडपमा परी प्रचण्ड–माधव समूहका एकजना विद्यार्थी घाइते भएका छन् । कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको क्याम्पसका स्ववियू […]

रामकुमारी पक्राउ प्रकरण : प्रदर्शनकारी र प्रहरीबीच झडप

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ । प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर

२२ माघ, जनकपुरधाम । एक दिने बन्द आह्वान गरेको नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपको क्रममा प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै अश्रु ग्यास समेत प्रहार गरेको प्रदर्शनकारीहरुले बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा आह्वान गरिएको बन्दको क्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई […]

नागरिक मार्चमा पानीको फोहोरा र प्रहरीको लाठी

१२ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा निकालिएको नागरिक मार्चमा प्रहरीले हस्तक्षेप गर्दा १२ जना भन्दा धेरै घाइते भएका छन् । प्रधानमन्त्री निवास बालुवाटाबार बाहिर भएको भेलामा सहभागी नागरिकमाथि प्रहरीले प्रहार गरेको लाठी, पानीको फोहोरा हानेको थियो । वृहत् नागरिक आन्दोलनका अनुसार घाइतेमध्ये संघर्ष दाहाल, कुमार बर्तौला, सिएन थारु, स्वर्णिम दिनेश, राम नरेश यादव, प्राध्यापक […]

माछा मार्ने विवादमा झडप हुँदा एकजनाको मृत्यु, चार जना घाइते

२९ मंसिर, सप्तरी । सप्तरीमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी रामपृत मण्डलकी ३५ बर्षीया श्रीमति गंगीयादेवीको मृत्यु भएको प्रहरी प्रवक्ता भुवनेश्वर साहले […]

बाँकेमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

१६ मंसिर, काठमाडौं । बाँकेमा कात्तिके पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । झडपमा परी मृत्यु हुनेमा जानकी गाउँपालिका–५ का गुरूगाउँका ५४ वर्षीय धनीराम यादव रहेका छन् । स्थानीय २३ वर्षीय बाबु यादव र २३ वर्षीय राम नरेश गुप्ताबीच पूर्व रिसिबीका कारण […]

बाराको कबहीगोठमा भएको झडपबारे छानबिन गर्न समिति गठन

१४ कात्तिक, वीरगञ्ज । बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ […]

पर्सामा नेकपाको झडपमा संलग्न ८ जना पक्राउ

६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दबासिनी गाउँपालिकामा भएको झडपमा संलग्न ८ जना नेकपा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिकास्तरको कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा छ जना कार्यकर्ता घाइते भएका थिए । जसमा २ जनाको अवस्था गम्भीर  छ । ज्यान मार्ने उद्देश्यले आक्रमण भएको हुन सक्ने आशंकामा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

पर्साको विन्दवासिनीमा नेकपा कार्यकर्ताबीच झडप

६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताबीच झडप भएको छ । गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रममा विवाद भई झडप भएको हो । झडपमा ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये उत्तम तिवारी र मुकेश चौरसियाको अवस्था गम्भीर छ । अन्य ४ जना सामान्य घाइते छन् । नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि मुकेश चौरसियालाई […]

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

२७ भदौ, जनकपुरधाम । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधामका दुई पक्षबीच झडप भएको छ । जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । भडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको धनुषाका […]

काठ नियन्त्रणमा लिँदा स्थानीयसँग झडप, प्रहरीसहित ५ जना घाइते

२२ भदौ, जनकपुरधाम । काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् । बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले स.१ त. […]

काठमाडौंको रानीवनमा झडप, चार जना घाइते

१९ भदौ, काठमाडौं । काठमाडौंको रानीवनमा स्थानीय युवाका दुई समूहबीच झडप भएको छ । झडपमा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार गएराति ढुंगेधारा र रानीवनका युवा समूहबीच झडप भएको हो । झडपमा ३० वर्षीय सुदीप रानामगर, २४ वर्षीय सुरज रानामगर, २७ वर्षीय नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । घाइतेहरुको मनमोहन […]

रौतहटको गरुडामा झडप हुँदा ६ जना घाइते

१८ भदौ, रौतहट । प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा रौतहटको गरुडामा झडप भएको छ । इलाका प्रहरी कार्यालय गरुडा अगाडि भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चार जना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा […]

स्वस्फूर्त रातो मच्छिन्द्रनाथको रथ तान्दा पुल्चोकमा देखिएको तनाव

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण रातो मच्छिन्द्रनाथको रथयात्रा लामो समयदेखि रोकिएको थियो । तर बिहीबार विहानै युवाहरु पुल्चोकस्थित रथ बनाइएको स्थलमा भेला भए, जनस्वास्थ्यका मापदण्ड पालना गरेर रथयात्रा गर्नुपर्ने नारा लेखिएको प्ले कार्ड देखाए । यसले भिडभाड बढ्यो । प्रहरीले भिड भएको भन्दै प्रदर्शन गर्नेहरुलाई हटाउन खोज्दा तनाव भयो । […]

रातो मत्स्येन्द्रनाथको रथ तान्दा झडप, प्रहरीले हान्यो अश्रुग्यास

१८ भदौ, काठमाडौं । युवाहरुले स्वस्फुर्त रातो मछिन्द्रनाथको रथ तानेपछि ललितपुरको पुल्चोकमा तनाव भएको छ । प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । प्रहरीले रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । त्यही बेला प्रहरीले पानीको फोहोरा हान्न ट्यांक ल्याएपछि युवाहरुले ढुंगामुढा गरे । त्यसलाई रोक्न प्रहरीले केही सेल अश्रुग्यास हानेको छ । अहिले […]