Comments Add Comment

दीपिका पादुकोण

List Grid
रामदेवको दीपिकालाई सुझाव–‘मलाई राजनीतिक सल्लाहाकार राख्नुहोस्’

नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ले बक्स अफिसमा सोमबारदेखि दम तोडेको छ । सोमबार २ करोडको हारहारीमा चलचित्रले कमाई गरेको छ । बक्स अफिसमा यो चलचित्र असफल हुने पक्का देखिएको छ । दीपिका चलचित्र रिलिज अगाडि दिल्लीको जहवारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीलाई भेट्न पुगेकी थिइन् । योसँगै उनी विवादमा तानिइन् र उनको चलचित्र बहिष्कारको अभियान समेत […]

मन्त्री इरानी भन्छिन्–‘दीपिका कांग्रेस पार्टीको समर्थक हुन्’

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएका विद्यार्थीहरुको समर्थन गर्न पुगेकी नायिका दीपिका पादुकोणमाथि भारतको केन्द्रिय मन्त्री स्मृती इरानी खनिएकी छिन् । चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा मन्त्री इरानीले भनिन्–‘दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् कि, उनी कांग्रेस पार्टीको समर्थन गर्छिन् ।’ सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको […]

अजय भन्छन्–‘हिंसा समाधान होइन’

जवाहरलाल नेहरु विश्वविद्यालयमा जनवरी ५ मा विद्यार्थीहरुमाथि नकावधारीले गरेको आक्रामणको विरोधमा बलिउडकर्मी पनि अगाडि आएका छन् । नायिका दीपिका पादुकोणले घाइते विद्यार्थीहरुलाई विश्वविद्यालयमा पुगेर भेट गरेपछि अहिले ट्विटरमा उनको पक्ष र विपक्षमा बहस पनि देखिएको छ । तर, उनीपछि पनि बलिउडकर्मीले यो बिषयमा बोलिरहेका छन् । नायक अजय देवगणले पनि विद्यार्थी कुटपिटको बिषयमा आफ्नो मुख […]

जेएनयू कलेजमा पुगेपछि दीपिकाको आलोचना

भारतमा विगत केही हप्तादेखि एकपछि अर्को राजनीतिक घटनाक्रम देखिएको छ । नागरिकता संसोधन विधेयक पास भएसँगै यसको चर्को विरोध पनि भैरहेको छ । यसले, विशेषगरि विद्यार्थीहरुलाई पनि तताएको छ । तर, केही दिन अगाडि मात्र दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीहरुमाथि आक्रामण भएपछि फेरि माहोल बदलिएको छ । विद्यार्थीहरु अहिले यो घटनाको विरोध गरिरहेका छन्, जुन […]

३४ बर्षमा दीपिका

बलिउड नायिका दीपिका पादुकोण आजबाट ३४ बर्षमा प्रवेश गरेकी छिन् । सन् १९८६ जनवरी ५ मा उनी डेनमार्कको कोपेनहेगनमा जन्मिएकी हुन् । दीपिका चलचित्रमा आउनु भन्दा अगाडि ब्याडमिन्टन खेलाडी थिइन् । उनै, दीपिकाले चलचित्रमा आउनु अगाडि म्यूजिक भिडियोमा काम गरेकी थिइन् । सन् २००७ मा रिलिज भएको चलचित्र ‘ओम शान्ती ओम’मा काम गरेपछि दीपिकाको बलिउड […]

‘छपाक’मा लगानी मेरै हो, रणवीरको होइनः दीपिका

बलिउड नायिका दीपिका पादुकोण अभिनित चलचित्र ‘छपाक’ जनवरी १० बाट रिलिज हुँदैछ । एसिड आक्रामणमा परेकी लक्ष्मी अग्रवालको कथामा यो चलचित्र बनेको छ । यो चलचित्रको निर्माताको रुपमा दीपिका पनि छिन् । उनले केए ब्यानरमा यो चलचित्र निर्माण गरेकी हुन् । चलचित्रको गीत रिलिज कार्यक्रममा दीपिकालाई चलचित्रमा लगानी गरेको रकम रणवीरको हो भनेर प्रश्न सोधिएको […]

दीपिकाको खुलासा–‘छपाक’को छायांकनका क्रममा म फेरि डिप्रेशनमा थिएँ’

नायिका दीपिका पादुकोणले आफ्नो जीवनमा नदेखिएको पाटोलाई पनि मिडियामाफर्त सार्वजनिक गरिरहेकी छिन् । दीपिकाले सन् २००४ देखि नै आफू डिप्रेशनमा रहेको कुरा सार्वजनिक गरिसकेकी छिन् । उनै, दीपिकाले फेरि एकपटक आफ्नो जिन्दगीको बिषयमा नयाँ खुलासा गरेकी छिन् । दीपिकाले भनेकी छिन्–‘चलचित्र ‘छपाक’को छायांकनका क्रममा म फेरि एकपटक डिप्रेशनमा पुगेकी थिएँ । मलाई चलचित्रको छायांकन सेटमा […]

करणको फिल्ममा दीपिका र अनन्या

बलिउडमा दुई पुस्ताका नायिकाहरु अब एउटै चलचित्रमा देखिने भएका छन् । नायिकाद्धय दीपिका पादुकोण र अनन्या पाण्डे नाम तय नभएको एक चलचित्रमा एकसाथ काम गर्न तयार भएका छन् । दीपिका अभिनित चलचित्र ‘छपाक’ जनवरी १० मा रिलिज हुँदैछ भने अनन्याले अभिनय गरेको चलचित्र ‘पति पत्नी और वो’ रिलिज भैसकेको छ । यो चलचित्रले बक्स अफिसमा […]

‘छपाक’ ट्रेलरः एसिड आक्रमणमा परेकी दीपिका

सन् २००५ मा नयाँ दिल्लीको सडकमा एसिड आक्रामणमा परेकी माल्ती नाम गरेकी एक यूवतीको कथामा तयार भएको चलचित्र ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा माल्तीको भूमिकामा नायिका दीपिका पादुकोणले अभिनय गरेकी छिन् । दीपिकालाई एसिड आक्रामणमा परेकी यूवतीको भूमिकामा देखाइएको छ । मेग्ना गुल्जारको निर्देशनमा तयार भएको यो चलचित्रलाई फक्स स्टार स्टूडियो, दीपिका पादुकोण, […]

दीपिका भन्छिन्–‘डिप्रेशन भएको मैले थाहा नै पाइनँ, म कुनामा बसेर रुन्थेँ’

बलिउड नायिका दीपिका पादुकोणले डिप्रेशनमा रहँदा भोगेको समस्याहरु शेयर गरेकी छिन् । न्यूयोर्क टाइम्ससँग कुराकानी गर्दै उनले भनेकी छिन्–‘म डिप्रेशनसँग जुधिरहँदा जुन समय मैले बिताएँ, त्यो मेरो जिन्दगीको सबैभन्दा राम्रो समय हुन सक्थ्यो ।’ १. यो त्यस्तो समयमा भयो, जतिबेला मलाई आशा निकै कम लाग्थ्यो । म रुनका लागि कुनै कोठाको कुना खोज्थेँ । एक […]

दीपिकाले साइन गरिन् करणको फिल्म

निर्माता करण जोहरको चलचित्रमा काम गर्ने चाहना त बलिउडका अधिकांश कलाकारमा हुन्छ । तर, करणलाई भने परिवारवादमाथि विश्वास गर्ने गरेको आरोप लाग्दै आएको छ । नायिका दीपिका पादुकोण र निर्माता करण जोहरले चलचित्र ‘ए जवानी हे दिवानी’मा एकसाथ काम गरेका थिए । दीपिका र नायक रणवीर कपुर करणका मनपर्ने कलाकार हुन् । उनै, दीपिका र […]

बिहे उत्सव मनाउन मन्दिर पुगे दीपिका र रणवीर

बलिउडका नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणले आज आफ्नो बिबाहको पहिलो वर्ष पुरा गरेका छन् । गत वर्षको नोभेम्बर १४ मा उनीहरु बिबाह बन्धनमा बाँधिएका थिए । करिव ६ वर्ष प्रेममा रमाएपछि उनीहरुले बिहे गर्ने निर्णय गरेका थिए । आफ्नो बिबाहको पहिलो विहे उत्सव मनाउनको लागि रणवीर र दीपिका परिवारसहित मन्दिरमा पुगेका छन् । […]

दीपिकाको ‘महाभारत’सँग संजयको फिल्मको भिडन्त

केही दिन अगाडि मात्र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेगरि चलचित्र ‘महाभारत’को घोषणा भयो । यो चलचित्रमा दीपिका द्रौपदीको भूमिकामा देखिदैछिन् । यो चलचित्रको प्रदर्शन सन् २०२१ को तिहारलाई लक्षित गरिएको छ । दीपिका आफैले पनि यो चलचित्र आफ्ना लागि विशेष र चुनौतीपूर्ण रहेको सुनाएकी छिन् । तर, यही मितिमा बलिउडका अर्का सफल निर्देशक संजयलिला […]

‘महाभारत’मा द्रौपदी बन्दै दीपिका

केही समय अगाडि मात्रै नायिका दीपिका पादुकोणले चलचित्र ‘८३’ को छायांकन सकेकीछिन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘छप्पक’को छायांकन पनि अन्तिम चरणमा पुगेको छ । यस्तैमा दीपिकाको नयाँ चलचित्रको विषयमा समाचार बाहिरिएको छ । नायिका पादुकोणले मंहगो वजेटमा बन्न लागेको चलचित्र ‘महाभारत’मा काम गर्ने पक्का भएको छ । ‘महाभारत’मा दीपिकाले द्रौपदी भूमिका निर्वाह गर्नेछिन् […]

बिहेअघि एकसाथ नबसेको बिषयमा यसो भन्छिन् दीपिका

नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणको जोडीलाई बलिउडको सबैभन्दा सुन्दर जोडीको रुपमा लिइन्छ । उनीहरुले एक–अर्कालाई गर्ने सम्मानले पनि धेरैको मन जितेको छ । हालै उनीहरुले एकसाथ चलचित्र ‘८३’को छायांकन सकाएका छन् । चलचित्रको इन्डक्लाप पार्टीमा रणवीर र दीपिका नाचेको भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । जुन भिडियो हेरेका दर्शकले उनीहरुलाई जोडी […]

घर सफा गर्दै अभिनेत्री दीपिका पादुकोण

बलिउड अभिनेत्री दीपिका पादुकोण विवाहपछि पहिलो पटक ठूलो पर्दामा देखिनका लागि तयार भएकी छिन् । चाँडै नै दीपिका पादुकोणका दुई नयाँ फिल्म प्रदर्शन हुँदैछन् । ती दुई फिल्म चरित्रको आधार निकै फरक-फरक छन् । ती दुई फिल्महरु हुन्-छपाक तथा डघ । छपाक फिल्ममा दीपिकाले एसिड आक्रमणबाट पीडित युवतीको भूमिका निर्वाह गरेकी छिन्, जबकि डघ मा […]

रणवीर कपुरसँग दीपिका

बलिउडका सफल नायकद्वय रणवीर कपुर र अजय देवगण एकसाथ चलचित्रमा देखिदैछन् । ‘राजनीति’ चलचित्रमा सँगै देखिएका उनीहरु पुनः स्क्रिन साझेदारी गर्दैछन् । लुभ रञ्जनको निर्देशनमा बन्न लागेको एक्सन जनराको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् । अजय र रणवीर लामो समयदेखि चलचित्रमा अनुबन्धित थिए । अहिलेसम्म नायिकाको भने टुंगो लागेको थिएन । अब भने चलचित्रको […]

‘पीकु’मा काम नगर्नु जिन्दगीकै ठूलो गल्तीः परिणिती

सन् २०१५ मा रिलिज भएको ‘पीकु’ निकै सफल चलचित्र हो । यो चलचित्रबाट नायिका दीपिका पादुकोणले धेरै अवार्डहरु जितेकी थिइन् । यो चलचित्रमा दीपिकाले नायक इरफान खानको जोडी भएर काम गरेकी थिइन् भने दीपिकाको पिता अभिताभ बच्चन बनेका थिए । चलचित्र रिलिजको समयमा निर्देशकले नायिका पादुकोण पहिलो रोजाई नभएको खुलाएका थिए । उनले यसो भन्दै […]

दीपिकालाई १४ करोड पारिश्रमिक

बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पिडित युवतीको भूमिका निर्वाह गरिरहेको छिन् । केही दिन अघि मात्र दीपिकाले नायक रणवीर सिंहसँग नयाँ चलचित्रमा काम गर्ने समचार बाहिरिएको थियो । ‘८३’ नामक चलचित्रमा रियल लाइफ जोडी रणवीर र दीपिकाले स्क्रिन शेयर गर्न लागेको खबर बाहिरिएको थियो । ‘८३’मा […]

‘८३’मा रणवीरकी पत्नी दीपिका

बलिउड नायक रणवीर सिंह चलचित्र ‘८३’को तयारीमा छन् । यो चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् । चलचित्रको छायांकन अहिले लण्डनमा भैरहेको छ । यो चलचित्रमा नायक रणवीर सिंहकी पत्नीको भूमिकामा खेल्ने नायिकाको बिषयमा फाइनल गरिएको थिएन । तर, अब भने नायिका दीपिका पादुकोणले चलचित्रमा नायक रणवीर सिंहको पत्नीको भूमिकामा काम गर्ने पक्का […]

दीपिकालाई रणवीर कपुरको आमा र दिदीको यस्तो उपहार

कुनै समय बलिउडमा नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम गहिरो थियो । तर, उनीहरुको प्रेम २ वर्ष पनि टिकेन । रणवीरसँग नायिका कट्रिना कैफ नजिकिएपछि दीपिका र रणवीरको प्रेममा ब्रेक लागेको थियो । अहिले दीपिका पादुकोणले नायक रणवीर सिंहसँग बिबाह गरिसकेकी छिन् भने रणवीर कपुर पनि नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । […]