+
+
Shares

दीपिका पादुकोणलाई भारत सरकारले गर्‍यो ‘मानसिक स्वास्थ्य दूत’मा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते ७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेत्री दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पहिलो मानसिक स्वास्थ्य दूत नियुक्त गरेको छ।
  • मन्त्री जेपी नड्डाले दीपिकासँगको साझेदारीले मानसिक स्वास्थ्यमा जागरूकता फैलाउन मद्दत गर्ने बताए।
  • पादुकोणले मानसिक स्वास्थ्यको गलत धारणाहरू हटाउने र टेलि-मानस कार्यक्रम प्रवद्र्धन गर्ने कार्य गर्ने बताइन्।

मुम्बई । बलिउड अभिनेत्री तथा द लिभ लभ लाफ फाउन्डेसनकी संस्थापक दीपिका पादुकोणलाई भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशको पहिलो ’मानसिक स्वास्थ्य दूत’ को रूपमा नियुक्त गरेको छ ।

यो कदम भारतमा मानसिक स्वास्थ्यको लागि अनुकूल वातावरण सिर्जना गर्ने दिशामा मन्त्रालयको एउटा महत्वपूर्ण कदम रहेको जनाइएको छ ।

यसबारे भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले भने, ‘दीपिका पादुकोणसँगको यो साझेदारीले भारतमा मानसिक स्वास्थ्य समस्याहरूको बारेमा जागरूकता फैलाउन, यी विषयहरूमा सार्वजनिक छलफललाई प्रवद्र्धन गर्न र मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण भागको रूपमा उजागर गर्न मद्दत गर्नेछ ।’

दूत नियुक्त भएपछि पादुकोणले भनिन्, “म केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको लागि पहिलो मानसिक स्वास्थ्य राजदूत हुन पाउँदा सम्मानित महसुस गर्छु । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा, भारतले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ । म यो कामलाई अगाडि बढाउन र हाम्रो देशमा मानसिक स्वास्थ्यलाई बलियो बनाउन मन्त्रालयसँग काम गर्न तत्पर छु ।’

दूत नियुक्त भएसँगै पादुकोणले मानसिक स्वास्थ्यको बारेमा जागरूकता जगाउने र यससँग सम्बन्धित गलत धारणाहरू हटाउने, मानिसलाई मद्दत खोज्न र रोकथामका उपाय अपनाउन प्रोत्साहित गर्ने, टेलि-मानस (राज्यभरका टेलि-मानसिक स्वास्थ्य सहायता र नेटवर्किङ) र अन्य सरकारी-कार्यान्वयन गरिएका मानसिक स्वास्थ्य स्रोतहरूको प्रवद्र्धन गर्ने कार्य गर्नेछिन् ।

यसका साथै, उनले सबैलाई मानसिक स्वास्थ्य सहयोग र सुविधा सजिलै प्राप्त गर्न सकियोस् भन्ने कुरा सुनिश्चित गर्न केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयसँग सहकार्य गर्नेछिन् ।

यो नियुक्ति यस्तो समयमा भएको छ, जब पादुकोणको परोपकारी संस्था, द लिभ लभ लाफ फाउन्डेसनले आफ्नो यात्राको १० वर्ष पूरा गरिसकेको छ र यस अवधिमा मानिसलाई मद्दत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?