+
+
Shares
बलिउड :

विवादपछि ‘स्प्रिट’बाट बाहिरिइन् दीपिका, ‘अव्यवसायिक सर्त’ राखेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ८ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री दीपिका पादुकोणले निर्देशक सन्दीप रेड्डी भाङ्गाको फिल्म ‘स्प्रिट’बाट बाहिरिएकी छन्।
  • तेलुगु मिडियाले बताए अनुसार, मनमुटाव र अव्यवसायिक मागले दीपिका फिल्मबाट टाढा भएकी हुन्।
  • दीपिका अब शाहरुख खानको फिल्म ‘किङ’ र अन्य परियोजनामा देखिने सम्भावना छ।

काठमाडौं । प्रतीक्षित भारतीय फिल्म ‘स्प्रिट’मा केही भएजस्तो देखिन्छ । अभिनेत्री दीपिका पादुकोण निर्देशक सन्दीप रेड्डी भाङ्गाको आगामी फिल्म ‘स्प्रिट’को हिस्सा नहुने भएकी छन् ।

तेलुग संचारमाध्यममा आएका विवरणअनुसार, पादुकोण र भाङ्गाबीचको मनमुटावको असरको फलस्वरुप दीपिका प्रोजेक्टबाटै बाहिरिएकी छन् । गतसाता यो ‘पुलिस ड्रामा’मा अभिनेता प्रभासको अपोजिटमा दीपिकालाई कास्ट गरिएको खबर थियो ।

तर, बुधबार बेलुका खबर यस्तो आयो कि केही ‘अव्यवसायिक माग’ राखेको कारण दीपिकासँग निर्देशक भाङ्गा असन्तुष्ट भए । तेलुगु मिडियाका अनुसार दीपिकाले यो फिल्मका लागि मुनाफासहित ४० करोड भारु पारिश्रमिक, ६ घण्टा मात्र छायांकन र तेलुगु संवाद नबोल्ने सर्त राखेकी थिइन् ।

यो विकासक्रममा दीपिकाको टिमबाट कुनै प्रतिक्रिया आएको छैन । विवरणअनुसार, निर्देशक भाङ्गा दीपिकाको ठाउँमा अभिनय गर्ने अभिनेत्रीको खोजीमा जुटेका छन् । अक्टोबरमा छायांकन तयारीमा रहेको यो फिल्मलाई टि-सिरिजको ब्यानरमा भुषण कुमारले निर्माण गर्दैछन् ।

भाङ्गा निर्देशित फिल्म ‘एनिमल’ (२०२३) ब्लकबस्टर भएको थियो । अभिनेता प्रभास भने गतवर्षको सुपरहिट फिल्म ‘कल्की २८९८ एडी’मा देखिएका थिए ।

दीपिका भने ‘स्प्रिट’बाट बाहिरिएपछि शाहरुख खानको फिल्म ‘किङ’मा विशेष भूमिकामा देखिनेछन् । यो फिल्मको सुटिङ बुधबारदेखि सुरु भएको छ । साथै, एट्लीले निर्देशन र अल्लु अर्जुनको शीर्ष भूमिका रहने फिल्ममा पनि दीपिका देखिने चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?