Comments Add Comment

नागढुंगा

List Grid
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा मर्मत शुरु

३१ भदौ, काठमाडौं । गत वर्ष निर्माण सम्पन्न भएको त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकमा मर्मतको काम भइरहहेको छ । निर्माण सम्पन्न भएको १३ महिनासम्म निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने भएकाले सोहीअनुसार मर्मत भइरहेको हो । त्रिपुरेश्वरदेखि कलंकीसम्मको मर्मत भइसकेकाले कलंकीदेखि नागढुंगा खण्डमा मर्मत भइरहेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । आयोजना प्रमुख गुरु अधिकारीका अनुसार निर्माण […]

नागढुंगाबाट देखिएको काठमाडौं (फोटो फिचर)

२३ भदौ, काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्य द्वार नागढुंगाको चेकपोस्ट नजिकैको डाँडाबाट उपत्यकाभित्र र बाहिरका धेरै मनोरम दृश्य देख्न सकिन्छ । चेकपोस्टबाट १० मिनेट हिँडेर पुगिने डाँडाबाट काठमाडौं उपत्यकाभित्रको वस्तीका साथै धादिङका डाँडाकाँडाको दृश्य पनि देखिन्छ । बस्ती बाक्लो नभइसकेकाले थानको नजिकैको फाँटमा घरका साथै टनेलका खेती छपक्कै देख्न सकिन्छ । फाँटमा प्लास्टिकको छानो […]

निषेधाज्ञा सुरु भएपछि नागढुंगामा सयौं ट्रकको जाम

४ भदौ, काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञा सुरु भएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै मालबाहक सवारी साधन रोकिएका छन् । बुधबार राति १२ बजेपछि निषेधाज्ञा सुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् । निषेधाज्ञा […]

उपत्यका प्रवेश गर्ने नाकाबाट झण्डै ४ सय गाडी फर्काइयो

१७ असार, काठमाडौं । प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे […]

काहीँ नभएको चेकिङ नागढुंगामा !

८ असार, काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै काठमाडौंका अस्थायी बासिन्दा गत चैतमा गृहजिल्लातिर लागेका थिए । कोही पैदल हिँडेरै गाउँसम्म पुगे, कसैले मालवाहक सवारी साधनमा कष्टपूर्ण यात्रा गरे । सरकारले ८० दिनको लकडाउनपछि असार १ गतेबाट जिल्लाभित्र जोर–बिजोर प्रणाली लागु गर्दै लकडाउनलाई खुकुलो बनाएको छ । सीमित जनशक्ति राखेर उद्योग […]

लकडाउनमा महँगो भाडा लिएर यात्रु ओसार्दै यातायात व्यवसायी

८ असार, काठमाडौं । लकडाउनका बेला पनि सवारी पासविनै महँगो भाडा लिएर यातायात व्यवसायीले गाडी चलाउने गरेको खुलेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले नेपालगञ्ज र झापाबाट आएका तीन वटा गाडीलाई नियन्त्रणमा लिएसँगै सार्वजनिक यातायात चलाउन थालेको खुलेको हो । थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार पासविना कोरोनाको परीक्षण समेत नभएका व्यक्तिलाई महँगोमा ओसारेको अभियोगमा तीन […]

नागढुंगामा कडाइ, पास नभएकालाई धमाधम फर्काउँदै प्रहरी

१ असार, काठमाडौं । उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय गरेलगत्तै नाकाहरूमा चेकजाँच कडा पारिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा प्रहरीहरूले सवारी पास नभएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीहरूलाई फर्काइदिएका छन् । हरेक गाडीहरूलाई रोकेर प्रहरीले जाँच गरिरहेका छन्। सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि यहाँको नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ। काठमाडौं […]

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्ति छुटे

८ जेठ, काठमाडौं । नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका एक जना व्यक्ति छुटेका छन् । आफूलाई स्वयंसेवी बताउने चन्द्रागिरिका उत्तम कार्की छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई छाडिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो ।’ […]

डा. नारायण कार्कीको बयान : इन्स्पेक्टरले नै टोले गुण्डा अघि सारे, भागेर हेटौंडा फर्किएँ

४ जेठ काठमाडौं । बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले शुक्रबार काठमाडौं आउने क्रममा नागढुंगामा दुर्व्यवहार भोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘टोले गुण्डा’हरुले उनको गाडी रोकेर बेइज्यतिपूर्ण तरिकाले खानतलासी गरिरहेको उक्त भिडियोमा देखिन्छ । सो घटनामा प्रहरीले चन्द्रागिरीका एक युवकलाई पक्राउ गरेको छ । तर, अनलाइनखबरसँगको कुराकानीमा डा. कार्कीले प्रहरीकै […]

नागढुंगा नाकामा उपमेयरको अनुगमन

२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार विहान नागढुंगा नाकाको अनुगमन गरेकी छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका विषयमा बुझ्न उपमेयर खड्गी काठमाडौं र धादिङ जिल्लाको सिमाना खत्रीपौवासम्म पुगेकी हुन् । काठमाडौं बाहिरबाट उपत्यकाभित्र धमाधम मानिसहरु आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको उपमेयर खड्गीले बताइन् […]

नागढुंगामा सुरु भयो ‘डिस्इन्फेक्सन टनेल'(फोटो फिचर)

१९ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ । उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ । यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना […]

विराटनगरबाट पठाइएका काठमाडौंबासी नागढुंगामा रोकिए

१५ वैशाख, काठमाडौं । विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् । नागढुंगाका एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने […]

प्रहरी निरीक्षक गिरीलाई घुस दिन खोज्ने पक्राउ

१६ जेठ, काठमाडौं । चाउचाउको प्याकेटमा लुकाएर थुनामा रहेका व्यक्तिलाई लागूऔषध दिन खोज्दा पक्राउ परेका व्यक्ति छुटाउन घुस दिन खोज्ने पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक–१६ का अभिषेक कार्की छन् । उनले महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घटना मिलाइदिन भन्दै ४० हजार रुपैयाँ दिन खोजेका थिए । १३ जेठमा लागुऔषध […]

शरीरमा २२ लाख लुकाएर ल्याउँदै गर्दा पक्राउ

१६ कात्तिक, काठमाडौं । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका थिए […]

नागढुंगाको जामः यो सडक त हिँड्नै नपरे हुन्थ्यो !

१८ असोज, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट आजभोलि जामले अस्तव्यस्त छ । जब दशैं नजिकिन्छ, थानकोटमा यस्तै जाम हुन्छ । हरेक वर्ष जाम हुँदै आएको छ । तर, कलंकी नागढुंगा सडक विस्तारका कारण झन सकस बढ्दो छ । बिहीबार मध्यान्ह थानकोट थाकामा पुग्दा यस्तै थियो । धुवा, धुलो छिचोल्दै कलंकीबाट थानकोट पुग्नका […]

एक महिनाभित्रै नागढुंगा सुरुङको डीपीआर र ग्लोबल टेन्डर

१८ फागुन, काठमाडौं । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि एक महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । यो सुरुङमार्ग बनाउन सरकारले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरिसकेको छ । अहिले सडक विभाग आफैंले त्यही डिजाइनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार […]

नारायण मन्दिरमा बस्ने बाबा लागूऔषधसहित समातिए

१६ फागुन, काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले अवैध लागूऔषधसहित एक जना बाबालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा योगी सागर नाथ (बाबा) छन् । उनी काठमाडौंको साँखुस्थित नारायण मन्दिरमा बस्दै आएका थिए । उनलाई ७५ थान फेनारगन र डाईजेपामसहित पक्राउ गरिएको नागढुंगा प्रहरीका इन्स्पेक्टर बाबुराम पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । गोरखाबाट काठमाडौं आउँदै गरेका गर्दा […]

एक किलो गाँजासहित दुई जना नागढुंगाबाट समातिए

१६ फागुन, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, नागढुंगाले एक किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर–११, बंगलामुखीका २२ वर्षीय खुरज खड्गी र सिन्धुपाल्चोकको चौतारा घर भइ हाल काठमाडौंको पेप्सीकोलाका २१ वर्षीय कौशल श्रेष्ठ छन् । धादिङबाट काठमाडौंतर्फ पैदलमार्फत आउँदै गरेका उनीहरुले शंकास्पद गतिविधि देखाएपछि चेकजाँच गर्ने क्रममा कौशलको साथबाट झोलामा लुकाएर […]

विस्फोटक पदार्थसहित एक जना पक्राउ

१६ फागुन, काठमाडौं । प्रहरी प्रभाग, नागढुंगाले विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नौमूले–८ का २४ वर्षीय दशरथबहादुर शाही छन् । उनको साथबाट सुपर पावर ९० (लोला) १२ वटा, डिटोनेटर ४४ वटा, सेफ्टी फिउज २० मिटर, ५ मुठा डोरी ६ मिटर, गुलेली लगायत बरामद भएको छ । धादिङबाट काठमाडौं आउँदै […]

नागढुंगाबाट लागूऔषधसहित एक युवक पक्राउ

६ फागुन, काठमाडौं । नागढुंगा प्रहरी प्रभागले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरको धनुषाका २० वर्षीय चन्द्र वंशी छन् । नवलपरासीबाट काठमाडौं आउँदै गरेको ना ५ ख १८१९ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । उनको साथबाट ४ सय २६ ट्यावलेट नाइट्रोजापाम, ३६ ट्यावलेट ट्रामाडोल र १ […]

स्थानीयले नागढुङगा-थानकोट सडकखण्ड अबरुद्ध पारे

२६ माघ, काठमाडौं  । काठमाडौं भित्रिने मुख्य नाकाका रुपमा रहेको नागढुंगा-थानकोट सडकखण्ड स्थानीयवासीले अवरुद्ध पारेका छन् । आफ्नो मागहरुको सुनुवाई नभएको भन्दै शुक्रबार विहान स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेका हुन् । सडक विस्तारको काम छिटो गर्नुपर्ने, धुलाम्मे बाटोमा पानी हाल्नु पर्ने माग गर्दै वाडभञ्ज्याङका नागरिकहरुले प्रदर्शन गर्दै सडक अबरुद्ध पारेका हुन् । नागरिकहरुले केही समय […]