Comments Add Comment

पठाओ

List Grid
राइड सेयरिङ सेवा : सरकार न बन्द गर्छ, न वैधानिकता दिन्छ

१३ चैत, काठमाडौं । २०७३ पुसमा टुटलले ‘मोटरसाइकल र ट्याक्सी’मा ‘राइड सेयरिङ’ सेवा सुरु गरेलगत्तै सरकारले भन्यो, ‘निजी सवारीले भाडा उठाएर यात्रु बोक्नु गैरकानुनी हो, चल्न दिइँदैन ।’ यो बीचमा यस्तो सेवा रोक्न सरकारी अधिकारी र यातायात व्यवसायीले प्रयास पनि गरे । सेवाग्राहीमाझ ‘राइड सेयरिङ’ एपहरू लोकप्रिय हुँदै गए । तर सरकारले न त यो […]

पठाओले भन्यो : प्राविधिक समस्या हो, छिट्टै सेवा सञ्चालन हुन्छ

१ चैत, काठमाडौं । पठाओ नेपालले प्राविधिक कारणले सेवा रोकिएको भन्दै छिट्टै सेवा सुचारु हुने दाबी गरेको छ । मोटरसाइकल राइडरहरु हिड्ने बाटो राउटिङमा समस्या भएकाले सेवा भएको र बुधबार दिउँसोसम्म सेवा सुचारु हुने पठाओ नेपालका संस्थापक आसिममान सिंह बस्न्यातले बताए । पठाओ फुड र पठाओ ट्याक्सी सुचारु भएको र मोटरसाइकल सेवामा देखिएको प्राविधिक समस्या […]

पठाओ राइडरले कम्पनीको ज्याकेट र ट्राउजर लगाउन नपाउने

१० चैत, काठमाडौं । ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन बन्देज लगाइएको छ । विकृति रोक्न राइड सेयरिङ कम्पनी पठाओसँगको सहमतिमै पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । राइडरहरुले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरु धेरै भएपछि बुधबारबाट लागु […]

ट्याक्सी चालकबाट पठाओ राइडर निर्घात कुटिए

१० चैत, काठमाडौं । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् । आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले बताएको छ । सोमबार साँझ ६ बजेतिर एकजना पठाओ चालक ट्याक्सी चालकहरुबाट निर्घात कुटिएको प्रत्यक्षदर्शी एवं पर्यटन व्यवसायी ध्रुव सिंखडाले […]

कमिसन घटाउन कार्यालयमा तोडफोड, संलग्नलाई सेवामा प्रतिवन्ध

१४ पुस, काठमाडौं । छाटो समयमै सफलता पाएको राइड सेयरिङ ‘पठाओ-नेपाल’मा कम्पनी र राइडर एउटै मोटरसाइकलका दुई पाङ्ग्रा जस्तै हुन् । तर अहिले कम्पनी र राइडर आमनेसामने भएका छन् । सोमबार त राइडरहरुको एउटा समूहले मध्यबानेश्वरस्थित पठाओ नेपालको कार्यलयमा ढुंगामुढा गरेका छन् । कम्पनीले असन्तष्टहरूको समूह सानो रहेको बताएको छ भने विभिन्न माग उठाउनेहरू सबै […]

पठाओका संस्थापक फहिम सलेह मृत भेटिए

३१ असार, काठमाडौं । अन्तर्राष्ट्रिय राइड-शेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेह सोमबार अमेरिकाको न्युयोर्कमा मृत फेला परेका छन् । उनको शरीर विखण्डित अवस्थामा फेला परेको बताइएको छ । प्रहरीले आधिकारिकरुपमा केही बताएको छैन । सलेह संस्थापक रहेको अर्को कम्पनी गोकाडाले भने बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनको मृत्यु भएको पुष्टि गरेको छ । उनी गोकाडाका सीईओ […]

टुटल र पठाओले सेवा थाले, ट्राफिक प्रहरीले कारबाही थाल्यो

८ असार, काठमाडौं । लकडाउनका कारण बन्द भएका टुटल र पठाओले सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकाले राइडिङ सेयर गर्ने एपहरुमार्फत ‘राइडिङ’ हुन थालेको हो । यस्तो सेवा सुरु भएलगत्तै ट्राफिक प्रहरीले भने नियमविपरीतभन्दै कारबाही थालेको छ । नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले […]

टुटल–पठाओको सेवा नरोक्ने संकेत, विभागले स्मरण गरायो प्रदेश कानुन र अदालतको फैसला

२९ फागुन, काठमाडौं । यातायात व्यवस्था विभागले टुटल र पठाओको सेवा नरोक्ने संकेत गरेको छ । बागमती प्रदेश सरकारले बनाएको कानुन र उच्च अदालत पाटनको आदेश स्मरण गराउँदै विभागले टुटल र पठाओको सेवा नरोक्ने संकेत गरेको हो । यसअघि ट्याक्सी व्यवसायीहरुले टुटल र पठाओको सेवा गैरकानुनी भएको दाबी गर्दै त्यसलाई रोक्न विभागको ध्यानाकर्षण गराएका थिए […]

थोत्रो बाइक दुर्घटना भए को जिम्मेवार ?

केही महिनाअघि म ललितपुरमा कार्यरत हुँदा एक जना १८ वर्षीया किशोरी उजुरी लिएर आइन् । उनी बौद्धबाट मोटरसाइकल चढेकी रहेछिन्, टुटल कम्पनीको एप प्रयोग गरेर । सःशुल्क लिफ्ट दिने बाइकवाला केटा रहेछन् । एकान्तकुनाको महादेवस्थान छेउमा पुगेपछि त्यो बाइकवाललाले उनको हातमा समातेछ र ‘आई लभ यू’ भनेछ । त्यसअघि पाखुराले संवेदनशील अंगमा छुन खोजेको रहेछ […]