 
																						News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका अनलाइन राइड सेयरिङ कम्पनीहरूले भाडा नबढाएको दाबी गरेका छन्।
- ‘पठाओ’ र ‘इन्ड्राइभ’ ले भाडा बढेको हल्ला असत्य भएको बताएका छन्।
- कम्पनीहरूले यात्रुहरूलाई अफलाइन यात्रा नगर्न र मोबाइल एपबाट मात्रै यात्रा गर्न आग्रह गरेका छन्।
१९ जेठ, काठमाडौं । नेपालमा सञ्चालित अनलाइन राइड सेयरिङ कम्पनीहरूले यातायात व्यवसायीहरूले गरेको आन्दोलनलाई लक्षित गरेर भाडादर नबढाएको दाबी गरेका छन् ।
राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र इन्ड्राइभले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडा बढाएको हल्लामा सत्यता नभएको बताएका छन् ।
‘हामीले नियमित शुल्क मात्रै लिएको छौं, तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन,’ पठाओले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘बरु यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न हामीले राइडरहरूलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर राइडरहरूलाई धेरै राइड गर्न प्रोत्साहन गरिरहेका छौं ।’
पठाओले अफलाइन यात्रा नगर्न समेत यात्रुहरूलाई आग्रह गरेको छ ।
‘अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुव्र्यवहारमा परेको घटना यस अगाडि पनी आउने गरेकै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका अपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन हामी अनुरोध गर्दछौं ।’
त्यस्तै, इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले भाडा बढेको हल्ला सत्य नभएको बताइन् ।
‘भाडा बढेको भन्ने हल्ला सत्य होइन । एपमा देखाइने भाडा सूरुको भएपनि अन्तिम भाडा यात्रु र चालकबीचको सहमतिमा तय हुन्छ, जसले यात्रुलाई बजेटअनुसार सेवा खोज्न र चालकलाई समय, ट्राफिक, दूरी अनुसार भाडा छनोट गर्न स्वतन्त्रता दिन्छ,’ उनले भनिन् ।
यात्रूहरुको लागि सहजीकरण गर्न उच्च माग भएको बेला कार चालकहरूका लागि शून्य प्रतिशत कमिसन योजना र मोटरसाइकल चालकहरूलाई बोनस दिइने व्यवस्था गरेको समेत पोखरेलले अनलाइनखबरलाई जानकारी दिइन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4