Comments Add Comment

फुटसल

List Grid
ए डिभिजन लिग फुटसल अनिश्चितकालका लागि स्थगित

२८ वैशाख काठमाडौं । आगामी जेठ १ गतेदेखि पोखरामा तय भएको ए डिभिजन लिग राष्ट्रिय फुटसल लिग प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै कोभिड-१९ बाट उत्पन्न प्रतिकूल परिस्थितीका कारण अनिश्चितकालका लागि फुटसल लिग स्थगित गरेको जनाएको छ । एन्फाले अर्को सूचना जारी नहुँदासम्मको लागि […]

फुटसल फाइभ र राइजिङ एफसी ए डिभिजन फुटसलका लागि छनोट

४ चैत, काठमाडौं । फुटसल फाइभ धरान र राइजिङ एफसी अर्को वर्ष पोखरामा आयोजना हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको लागि छनोट भएका छन् । इटहरीमा आयोजना भएको प्रदेश १ छनोट प्रतियोगिताको विजेता र उपविजेता बन्दै फुटसल फाइभ र राइजिङ अन्तिम चरणको लागि छनोट भएका हुन् । पाथिभारा फुटसल इटहरीमा मंगलबार सम्पन्न प्रतियोगितामा फुटसल फाइभ […]

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

अन्तर विभागीय फुटसलमा रसायन शास्त्र र खेलकुद विभाग विजेता

१६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अन्तर बिभागीय फुटसल प्रतियोगिता शुक्रबार सकिएको छ । प्रतियोगितामा महिला तर्फ रसायन शास्त्र केन्द्रीय विभाग विजेता र प्राणी शास्त्र केन्द्रीय विभाग उपविजेता बनेका छन् । त्यसैगरी पुरुषतर्फ खेलकुद केन्द्रीय विभाग विजेता र भौतिक शास्त्र केन्द्रीय विभाग उपविजेता बनेको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी त्रिवि कमिटीका मदन विष्टले जानकारी दिए […]

कीर्तिपुरमा फुटसल प्रतियोगिता गरिँदै

९ माघ, काठमाडौं । मदन भण्डारी स्पोर्टस् एकेडेमी त्रिभुवन विश्वविद्यालयले माघ १४ देखि १६ गतेसम्म फुटसल प्रतियोगिता आयोजना गरेको छ । महिला र पुरुष दुबै इभेन्टमा हुने फुटसल प्रतियोगिताका लागि एकेडेमीले शुक्रबारदेखि टिम दर्ता खुला गरेको छ । माघ १३ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजक संस्थाका मदन विष्टले जानकारी दिए । कीर्तिपुर ट्याङ्लाफाँटको कृनगर […]

फुटसल सञ्चालन गर्ने व्यवसायीहरुको निर्णय

६ असोज, काठमाडौं । नेपाल फुटसल व्यवसायी संघले फुटसल भोलिदेखि देशभर नियमित सञ्चालन गर्ने घोषणा गरेको छ । फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारिका कारण ६ महिनादेखि बन्द रहेको फुटसल कोर्टहरु बुधबारदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नेपालभर निजी क्षेत्रबाट सञ्चालनमा रहेको फुटसल कोर्ट ६ महिनादेखि बन्द रहेको हुँदा चरम आर्थिक संकटमा […]

सरकारले नखोल्नू भने पनि खुल्न थाले फुटसल र जिमखाना

२१ साउन, काठमाडौं । सरकारले चार महिना लामो लकडाउन अन्त्य गरे पनि केही क्षेत्रहरुलाई जोखिमको क्षेत्र भनेर खुला नगर्न भनेको छ । तर, सरकारले दिएको निर्देशन पालना भने भएको छैन । सरकारले नखोल्नु भनेका सैलुन, जिमखाना र फुटसलहरु सबै खुलिसकेका छन् । सरकारले भनेअनुसार शैक्षिक संस्थाहरू भने अहिलेसम्म बन्द नै छन् । सरकारले सभा समारोह, […]

फिफा फुटसल वर्ल्डकप स्थगित

१ जेठ काठमाडौं । यसै वर्ष लिथुअनियामा हुने तय भएको फिफा फुटसल वर्ल्ड कप स्थगित भएको छ । आगामी सेप्टेम्बर १२ देखि अक्टोबर ४ सम्म हुने भनिएको उक्त प्रतियोगिता कोरोनाभाइरस महामारीका कारण स्थगित भएको हो । फिफाले फुटसल वर्ल्डकप २०२१ को लागि सरेको जनाएको छ । अब फुटसल वर्ल्ड कप २०२१ सेप्टेम्बर १२ देखि अक्टोबर […]

फुटसल खेल्न पनि प्रतिबन्ध

६ चैत, काठमाडौं । सरकारले फुटसल खेल्न प्रतिबन्ध लगाएको छ । सरकारी निर्णयपछि नेपाल प्रहरीले फुटसल सञ्चालकहरुलाई हाल  खेल नखेलाउन निर्देशन दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले २५ जनाभन्दा बढी जम्मा हुने सबै विषयमा रोक लगाइएकाले कार्यान्वयनका लागि प्रहरी खटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘फुटसल खेललाई पनि रोक्न भनिसकेका छौं […]

फुटसल ‘हब’ बन्दै राजधानी

१३ साउन, काठमाडौं । फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । ‘खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘फुटसल’ खेल अभ्यास उपयुक्त विकल्प भएको छ,’ कुमारी फुटसल ठमेलका सञ्चालक राजनलाल महर्जन भन्छन् […]

फुटसलमा फड्कोः पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भिड्ने यस्तो छ तयारी

३० असार, काठमाडाैं । नेपालमा फुटसल अहिलेसम्म सौख र फिटनेसका लागि मात्रै खेलिँदै आएको थियो । तर, यसले विस्तारै व्यवसायिक रुप लिन थालेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले पहिलोपटक फुटसलको राष्ट्रिय टिम निर्माणमा जुटेको छ । एएफसी एसियन फुटसल च्याम्पियनसिपको अक्टोबरमा हुने छनौट प्रतियोगिताका लागि टिम निर्माण गर्न लागिएको हो । फुटसलमा […]

तेस्रो दक्षिण एसियाली फुटसलमा नेपाल उपविजेता

२० मंसिर, काठमाडौं । नेपाल तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसिप प्रतियोगिताको उपविजेता बनेको छ । आयोजक श्रीलंकासँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको हो । राउन्ड रोविनको आधारमा खेलाइएको खेलमा भारतलाई ५–० गोलअन्तरले पराजित गर्दै नेपाल फाइनमा पुगेको थियो । दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा खेललमा नेपालले मालदिभ्सलाई ३–२ ले र […]