Comments Add Comment

बाघ

List Grid
७० वटा बाघ मारेको आरोपमा बंगलादेशमा एकजना पक्राउ

१८ जेठ, काठमाडौं । बंगलादेशको प्रहरीले ७० वटा बाघ मारेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पछिल्लो २० वर्षभन्दा लामो समयदेखि उनले अनधिकृतरुपमा लोपोन्मुख जनावरको सूचीमा रहेको बाघको शिकार गर्दै आएको प्रहरीले बताएको छ । बंगलादेशको दक्षिण बगरहाट जिल्लाका स्थानीय प्रहरी प्रमुख साइदुर रहमानका अनुसार टाइगर हबिब उपनामले चिनिने हाबिब तालुकदेर गत शनिबार पक्राउ परेका […]

बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु

२३ चैत, काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट गैंडा गणनामा खटिएका एकजना कर्मचारीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा कार्यरत ठाकुरबाबा नगरपालिका–९ का ३१ वर्षीय पुलिसराम थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो । गैंडा गणनामा प्रयोग गरिएको हात्तीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र घाँस काट्दै गर्दा पुलिसरामलाई आइतबार साँझ करिब पाँच बजे बाघले आक्रमण […]

बाघको छालासहित एकजना पक्राउ

१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला […]

गुडीरहेको अटोमा बाघको आक्रमण

१५ चैत, काठमाडौं । वीरगञ्ज-ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शिकारीबासमा गुडीरहेको अटोमाथि बाघले आक्रमण गरेको छ । ठोरी गाउँपालिका-२ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७:३० बजे बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले बताए । ‘चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रमण गरेको […]

बर्दियामा मानिसलाई आक्रमण गर्ने बाघ समातियो

४ चैत, काठमाडौं । बाघको आक्रमणबाट स्थानीयको मृत्यु हुने क्रम बढेपछि बर्दियामा एउटा बाघ समातिएको छ । मानिसलाई आक्रमण गर्दै आतंक मच्याउने एउटा बाघलाई बर्दियाको गेरुवा क्षेत्रबाट बुधबार नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र एकरनियाघाटको खाता जैविक मार्गमा स्थानीयमाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको वन्यजन्तु विज्ञ एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता नरेश […]

एक वर्षमा बाघको आक्रमणबाट बर्दियामा ८ जनाको मृत्यु   

२८ फागुन, बाँके । चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बाघले आक्रमण गरेर ज्यान लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले […]

चितवनमा बाघ मृतावस्थामा भेटियो

२८ पुस, चितवन । कालिका नगरपालिका-१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा भाले बाघ मृतावस्थामा भेटिएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थान नजिक कागतीको झाङमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको हो । उनका अनुसार मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ । बाघ दुई तीन […]

३१६५ मिटर उचाइमा भेटियो बाघ

२७ मंसिर, काठमाडौं । नेपालमा पहिलो पटक हालसम्मकै अत्याधिक उचाइमा जंगली पाटे बाघ भेटिएको छ । स्वचालित क्यामेराको सहायताले सो बाघ कैद गरिएको हो । नेपालमा अहिलेसम्म सो उचाइमा बाघ नभेटिएको सरकारी अधिकारीहरुले बताएका छन् । वन तथा भूसंरक्षण विभागका अनुसार रोयल बंगाल टाइगरले परिचित सो बाघको तस्वीर इलाममा जिल्लामा समुन्द्री सतहबाट ३,१६५ मिटर उचाइमा […]

बाघको सबैभन्दा लामो पैदल यात्रा, साथीको खोजीमा ३ हजार किलोमिटर हिड्यो

एउटा बाघले साथीको खोजीमा ३ हजार किलोमिटर पैदल यात्रा गरेको छ । भारतको महाराष्ट्रमा रहेको ज्ञानगंगा वन्यजन्तु आरक्षमा रहेको साढे ३ वर्षको भाले बाघले साथीको खोजीसँगै सिकारसमेतका लागि गत वर्षको जुन महिनादेखि हालसम्म यतिधेरै लामो यात्रा पार गरेको हो । रेडियो कलर जडान गरिएको उक्त बाघले महाराष्ट्र तथा तेलंगनाका विभिन्न सातवटा जिल्लाको यात्रा गरेको छ […]

बाघको आक्रमणबाट दुई युवकको मृत्यु

११ कात्तिक, बर्दिया । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो । धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको […]

बाघको आक्रमणबाट रौतहटमा २ जना घाइते

१४ असोज, रौतहट । रौतहटको चन्द्रपुरमा बाघको आक्रमणबाट दुईजना घाइते भएका छन्  । चन्द्रपुर नगरपालिकामा रहेको रंगपुर साझेदारी वन क्षेत्रमा बाघले आक्रमण गर्दा वडा नं. ६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका हुन् । घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीले बताए । सोही […]

नियन्त्रणमा लिइयो नरभक्षी बाघ

११ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले शनिबार साँझ नियन्त्रणमा लिएको हो । वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जन्हु महतोलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी अशोक […]

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

१० असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे […]

शुक्लाफाँटा : थोरै क्षेत्रफलमा धेरै बाघ

१४ साउन, महेन्द्रनगर । क्षेत्रफलका हिसाबले पाटेबाघका लागि पर्याप्त नभए पनि कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् । विश्वकै दुर्लभ बाह्रसिङ्गाका रुपमा परिचित शुक्लाफाँटामा थोरै क्षेत्रफलमा धेरै बाघ भएको अर्को चर्चा बटुल्न थालेको छ । ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका लागि पर्याप्त आहारा, चोरी शिकार नियन्त्रणलगायत कारणले बाघको […]

बाघ : एकदमै सुन्दर व्यक्तियुक्त बनेलु

बाघ अर्थात (पान्थेरा टाइग्रिस) बिरालो प्रजातिको सबैभन्दा ठूलो सदस्य हो । यो हल्का सुन्तले, सेतो र खैरो टाटेपाटे रङको हुन्छ । यो मांसहारी अर्थात शिकारी जनावर हो । मुख्यतय मृग, हरिणलगायत धेरै जंगली जनावरलाई बाघले आहारा बनाउँदछ । जिराफ, अर्ना, हात्तीजस्ता ठुलो जनावरलाई पनि बाघ समूहले आफ्नो शिकार बनाउँछ । बाघ सामान्यतया आफ्नो क्षेत्र फेरि–फेरि […]

बाघको लडाइँ : एक पटक हारेपछि सकियो !

१४ साउन, काठमाडौं । मान्छेले आफ्नो शक्ति विस्तार गर्न युद्ध गरेको धेरै इतिहास छ । एक इन्च भूमिको लागि भयानक युद्धमा होमिने गर्छ मान्छे । त्यही निहुँमा धेरैको रगत र पसिना बग्ने गर्छ । आफ्नो अधिकार क्षेत्र निर्धारण गरेर त्यसको रक्षाका लागि मर्न र मार्न वन्यजस्तु समेत पछि पर्दैनन् । तीमध्ये पनि बाघ बढी लडाकु […]

बाघको संरक्षणमा मात्र नेपालीको शान झल्किन्छ : प्रधानमन्त्री

१४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संरक्षणमा मात्र नेपालीको शान झल्कने बताएका छन् । अन्तर्राष्ट्रिय बाघ दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । बाघलाई संरक्षण गर्नु मानव जातिको कर्तव्य र दायित्व दुवै हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र […]

नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक

१४ साउन, काठमाडौं । आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ । सन् २०२२ भित्र बाघको संख्या दोब्बर […]

कसरी हुन्छ बाघ र बाख्राको दोस्ती ?

कुकुर घोडा चढेको, हाँसको बचेरोले बिरालोलाई पछ्याउँदै खेलेको र मुसा प्रजातिको पाल्तु ह्याम्स्टरले सर्पलाई खेद्दै जिस्किएका भिडियोहरु तपाईंले सोसल मिडियामा प्रसस्तै देख्नुभएको छ होला । हामी विभिन्न खाले जनावरहरुबीच हुने मित्रताका कथा कहानीहरुबाट निकै रोमाञ्चित हुन्छौँ । जनावरहरुबीचको मित्रता जति अनौठो हुन्छ, उति नै रोचक लाग्छ हामीलाई । तर केही जनावरहरुको मित्रता यति अपत्यारिलो तथा […]

अमेरिकामा बाघमा पनि देखियो कोरोना भाइरस

२४ चैत, काठमाडौं । अमेरिकामा बाघमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । बीबीसीले उल्लेख गरेअनुसार अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो बाघमा कोरोना भाइरसको संक्रमण भेटिएको लोवास्थित नेशनल भेटेनरी ल्याबरोटरीले पुष्टि गरेको हो । अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना […]

बाघ संरक्षण : लक्ष्यको नजिक, चुनौती अधिक

१४ साउन, चितवन । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बरले बढाउने सरकारी लक्ष्य हासिल हुन लागेको भन्दै संरक्षणकर्मीहरू खुसी बनेका छन् । बाघ पाइने देशका राष्ट्र प्रमुखहरूको सन् २०१० मा रुसको पिटर्सबर्गमा भएको पहिलो सम्मेलनले बाघ दिवस मनाउने घोषणासँगै सन् २०२२ सम्म ती देशमा बाघको संख्या दोब्बर बनाउने निर्णय गरेको थियो । सम्मेलनले यस्तो निर्णय […]