Comments Add Comment

भारतीय सेना

List Grid
भारत–पाकिस्तान सीमामा गोली चल्दा भारतीय सेनाका एक नेपालीको मृत्यु

९ असार, काठमाडौं । सोमबार भारत–पाकिस्तान सीमा क्षेत्रमा गोली चल्दा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा यो घटना भएको हो । पाकिस्तानले लाइन अफ कन्ट्रोलमा युद्धविरामको उल्लंघन गर्दै गोलीबारी गर्दा भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको हो । कार्की […]

कालापानीबाट भारतले तत्काल आफ्ना सेना हटाओस् : परराष्ट्रमन्त्री ज्ञवाली

१५ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देश बीचको विवादलाई यथास्थितिमा राख्न आग्रह गरेका छन् । मन्त्री ज्ञवालीले सुगौली सन्धिका अक्षर र भावना दुवैलाई सम्मान गर्न पनि भारतलाई भनेका छन् । भारतीय पत्रिका द हिन्दुसँगको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन्, ‘कालापानीबाट सेना फिर्ता गरी सो भूभाग नेपाललाई फिर्ता गरेको […]

भारतीय सेना प्रमुख उत्तेजक हुँदा नेपाली सेना नबोल्नु ‘अर्थपूर्ण’

६ जेठ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत र सेना प्रमुख जनरल मनोज मुकुन्द नरभानेसहितका उच्च सैनिक अधिकारीलाई छेऊमा राखेर नेपाली भूमि अतिक्रमण गरेर बनाइएको कैलाश मानसरोवर जोड्ने सडक भिडियो कन्फरेन्सबाट उद्घाटन गरेका थिए । उक्त कन्फरेन्समा रक्षामन्त्री सिंहले भनेका थिए, ‘यो सडक रणनीतिक, धार्मिक र […]

नरभानेको अभिव्यक्तिमाथि नेपाली सेना बोल्दैन : प्रधानमन्त्री

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा र लिपुलेकको विषयमा भारतीय सेनाध्यक्षले दिएको अभिव्यक्तिको नेपाली सेनाले ंप्रतिक्रिया नदिने बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भारतको सेनाले प्रतिक्रिया दियो भन्दैमा नेपालले त्यसको प्रतिवाद नगर्ने बताएका हुन् । ‘नेपाली सेनाले अरु कुनै देशको सेना बोल्यो भनेर वाद प्रतिवाद […]

कालापानीबाट भारतीय सेना हटाइयोस् : मसाल

६ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले कलापानीलगायतका क्षेत्रबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेको छ । सरकारले अतिक्रमणमा परेको लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार विज्ञप्तिमार्फत यस्तो आग्रह गरिएको हो । मसाल महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले यही प्रकारले सीमासम्बन्धी अन्य विवाद तथा कालापानीमा कब्जा गरेर बसेको भारतीय सेनालाई […]

भारतीय सेनाप्रमुख नरभानेको अभिव्यक्ति : कूटनीतिक प्रश्नको सैन्य जवाफ

`४ जेठ, काठमाडौं । नेपाली भूमि आफ्नोमा पारेर जारी गरेको नक्साको सन्दर्भमा परराष्ट्रय मन्त्रालयमार्फत गरिएको वार्ताको प्रस्ताव सात महिना हुँदा पनि भारतले स्वीकारेको छैन । नेपालले गत मंसिर यता पठाएको दुवै ‘कूटनीतिक नोट’लाई उसले बेवास्ता गर्‍यो । नेपालको भूभाग अतिक्रमण गरेर बनाइएको मानसरोवर जाने सडकको उद्घाटनपछि परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर सोमबार अर्को ‘कूटनीतिक नोट’ […]

भारतीय सेनाध्यक्षलाई नेकपा प्रवक्ताको जवाफ : भौगोलिक अखण्डताको रक्षा गर्न अरूको आड चाहिन्न

४ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने सरकारको घोषणाको स्वागत गरेका छन् । साथै नेपाललाई राष्ट्रिय सार्वभौमिकता र स्वाधीनताको पक्षमा उभिन कसैको आडभरोसा नचाहिने बताएका छन् । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएपछि नेपालले विरोध गरेको छ […]

जम्मु कश्मीरको गोलाबारीमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

१७ कात्तिक, काठमाडौं । जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । जम्मूका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा एक सैनिक र एक महिलाको मृत्यु भएको हो । मृत्यु हुने सैनिकमा गोर्खा राईफल्समा कार्यरत सुनसरी धरानका २० वर्षीय बिमल तामाङ रहेको मेहताले बताएका छन् […]