+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
150/6 (19.3)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १६:१४

२३ मंसिर, काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ ।

९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त सैनिक अभ्यास ‘सूर्य किरण’ २२ मंसिरमा सम्पन्न भएको हो । यो अभ्यास २०६७ सालबाट नेपाल–भारतले पालैपालो गर्दै आएका छन् ।

विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोग लगायतका विषयहरुमा सैन्य अभ्यास भएको छ । अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट पर्यवेक्षक प्रतिनिधिमण्डलको नेतृत्व उपरथी अनुपजंग थापाले गरेका थिए ।

नेपाली सेनाले विविध विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिका, बेलायत, चीन, पाकिस्तान, भारत लगायतका मित्रराष्ट्रहरूका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं पेसागत प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?