Comments Add Comment

मोहना अन्सारी

List Grid
‘प्रहरीले पीडितलाई नै दोषी देख्न छाड्नुपर्छ’

पीडितलाई प्रहरीले अहिले मात्र अप्रिय व्यवहार गरेको होइन, धेरै अघिदेखि उसले पीडितलाई गर्ने व्यवहार ठीक छैन । त्यसैले हामीले पहिल्यैदेखि प्रहरीलाई पीडितको साथी बनिदेऊ भनिरहेका छौं । साथी बन्न सके मात्रै पीडितबाट प्रहरीले सहयोग पाउँछ । पीडित उजुरी लिएर जाँदा प्रहरी पूर्वनिर्धारित मानसिकता बनाएर बस्ने गर्छ । परिवारको छोरी हराएको छ भने प्रहरीले सहजै ‘पोइल […]

सरकार आत्तिएर गैरसंवैधानिक गिरफ्तारीमा उत्रियो : अन्सारी

२९ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले केपी शर्मा ओली नेतृत्वको सरकार आत्तिएर गैरसंवैधानिक गिरफ्तारीमा उत्रिएको बताएकी छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई संवैधानिक मूल्य मान्यता र मानवअधिकारको सिद्धान्त विपरीत पक्राउ गरिएको अन्सारीको भनाइ छ । झाँक्रीको पक्राउ विरोधीहरू प्रतिको राजनीतिक प्रतिशोध भएको उनले उल्लेख गरेकी […]

‘आयोग अलिकति दायाँ–बायाँ हुन सक्छ, मूल्य–मान्यता छोड्न सक्तैन’

१७ कात्तिक, काठमाडौं । बुबाको हात समातेर २०४३ सालमा पहिलो पटक काठमाडौं टेकेकी मोहना अन्सारी कालान्तरमा सुपरिचित अधिकारकर्मी बन्न पुगिन् । नेपालगञ्जमा जन्मेकी उनी २०६७ सालदेखि निरन्तर काठमाडौंमा बस्दै आएकी छन् । अधिकारकर्मी शान्ता थपलियासँगको भेटपछि उनी कानुन पढ्न लागिन् । मुस्लिम समुदायको सम्भवतः पहिलो महिला कानुन व्यावसायी बन्न सफल भइन् । उनले ४ वर्ष […]

सरिता गिरी भन्छिन् – मोहनाजीको अभिव्यक्तिमाथि अंकुश लगाउने प्रयास भयो

२६ असार, काठमाडौं । समाजवादी पार्टीबाट निस्कासित सांसद सरिता गिरीले मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीको विषयमा अध्यक्ष अनुपराज शर्माले जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाएकी छन् । आफूविरुद्ध सुरु गरिएको कारबाहीको विरोध गरिएको ट्वीटलाई आधार बनाएर प्रेसित विज्ञप्तिले अन्सारीको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएको गिरीको भनाइ छ । उनले भनेकी छन्, ‘उक्त विज्ञप्ति सबै प्रबुद्ध र […]

मोहना अन्सारीको टिप्पणीप्रति मानवअधिकार आयोगकै आपत्ति

२५ असार,काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सञ्जाल ट्विटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् । आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ति जारी […]

सरिता गिरीमाथिको कारवाही फिर्ता हुनुपर्छः मोहना अन्सारी

२३ असार, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले सरिता गिरीलाई सांसदबाट हटाउने निर्णय फिर्ता लिन माग गरेकी छन् । संसदीय दलको हि्वप उल्लंघन गरेको भन्दैसमाजवादी पार्टीले गरेको कारवाही खेदजनक रहेको अन्सारीको भनाइ छ । ‘मा. सरिता गिरीलाई समाजवादी पार्टीले कथित छानविन प्रतिवेदनको आधारमा कारवाही गरी निश्कासन र सांसदबाट निलम्बन हुने विषय खेदजनक […]

मानवअधिकारकर्मीको लकडाउन डायरी

चैत्र १० गते देशव्यापी लकडाउन घोषणा हुनुभन्दा अगाडि म बाँके-बर्दियामा मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि नेपालगञ्ज पुगेकी थिएँ । कोभिड-१९ संकटले स्कुल बिदा भएकाले छोरीहरू मसँगै गएका थिए । हामी नेपालगञ्जमै हुँदा कोभिडको त्रास बढ्न लागेको थियो । भारतमा काम गर्ने नेपालीहरू लर्काे लागेर घर फर्कँदै थिए । त्यसबेला लकडाउको घोषणा भइसकेको थिएन । तर, सिमानामा […]

निर्मला पन्तबारे अब सरकारसँग जवाफ मागिन्छ

९ साउन, काठमाडौं । बलात्कारपछि मारिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी अनुसन्धान कहाँ पुग्यो ? राष्ट्रिय मानव अधिकार आयोगले यसबारे सरकारसँग जवाफ माग्ने भएको छ । आयोगकी सदस्य मोहना अन्सारीले अनलाइनखबरसँगको अन्तरवार्तामा भनिन्– ‘आयोगले दिएको सिफारिसबमोजिम त्यो घटनाको अनुसन्धान के भयो ? सरकारसँग अब यसको प्रगति विवरण मागिन्छ ।’ निर्मला हत्या प्रकरणमात्र नभएर अन्य विषयमा […]

हृयुमन राइट्स वाचले प्रधानमन्त्री ओलीलाई भन्यो- मानवअधिकार आयुक्तलाई नधम्क्याऊ

३ वैशाख, काठमाडौं । हृयुमन राइट्स वाचसहितका अन्तराष्ट्रिय अधिकारवादी संस्थाले राष्ट्रिय मानवअधिकार आयोग र आयुक्तहरुलाई नधम्क्याउन नेपाल सरकारलाई आग्रह गरेको छ । एमनेष्टी इन्टरनेशनल, हृयुमन राइट्स वाच र इन्टनशेनल कमिसन अफ जस्टिस (आईसीजे)ले नेपाल सरकारमाथि मानवअधिकार आयोग र त्यहाँका कर्मचारीलाई धम्क्याउने प्रयास गरेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र मानवअधिकार आयोगका […]