१५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगको बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समावेश छन् ।
सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो ।
समानुपातिकको बन्दसूचीमा आदिवासी जनजातिको पुरुषतर्फ पहिलो नम्बर डा. राम रामा छन् । क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पाँचौं नम्बरमा छ ।
आदिवासी जनजातिको महिला क्लस्टरको पहिलो नम्बरमा टासी लाजोम छिन् ।
यसैगरी खस आर्य क्लस्टरको पुरुषतर्फको पहिलो नम्बरमा विपिन कुमार आचार्य छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौं नम्बरमा छन् । उनीभन्दा अगाडि सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने, रमेश प्रसाईं लगायत छन् ।
खस आर्य समूहको महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम छ । त्यसपछि क्रमश: विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल लगायत छन् ।
थारु (पुरुष)तर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा छन् ।
दलित पुरुष तर्फ रुपक विश्कर्मा घिमिरे पहिलो नम्बरमा र गायक प्रकाश सपुत दोस्रो नम्बरमा छन् । प्रकाशचन्द्र परियार तेस्रो र रामजी राम चौथो नम्बरमा छन् । दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा छिन् ।
मधेशी समुदायको पुरुषतर्फ पहिलो नम्बरमा डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल छन् ।
मुस्लिम समुदायको पुरुषतर्फ पहिलो नम्बरमा आसिफ शाह छन् । उनीपछि मिर्जा रसिद वेग छन् । मस्लिम महिलातर्फ पहिलो नम्बरमा समिना मिया छिन् । उनीपछि मोहना अन्सारी र समिउन निशा छन् ।

प्रतिक्रिया 4