Comments Add Comment

म्यानमार

List Grid
म्यानमारबाट यस वर्ष २ लाख ३० हजार विस्थापित : राष्ट्रसंघीय नियोग

१० असार, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार नियोगले यस वर्ष म्यानमारमा अनुमानित २ लाख ३० हजार मानिस विस्थापित भएको बताएको छ । म्यानमारमा सैनिक कू पछि बढेको हिंसाका कारण ठूलो संख्यामा मानिसहरु विस्थापित भएको नियोगको भनाइ छ । उनीहरुलाई तत्काल सहयोगको आवश्यकता रहेको पनि नियोगले बताएको छ । राष्ट्रसंघको अफिस फर द कोर्डिनेसन ह्युमानिटेरियन अफ्यर्स […]

म्यानमारलाई हतियार नबेच्न राष्ट्रसंघको अपील

६ असार, काठमाडौं । संयुक्त राष्ट्रसंघले म्यानमारलाई हतियार बिक्री बन्द गर्न विश्वका सबै मुलुकलाई आग्रह गरेको छ । गत फेब्रुअरीमा भएको सैन्य कू को विरोधमा राष्ट्रसंघले विश्वका मुलुकहरुलाई यस्तो आग्रह गरेको हो । राष्ट्रसंघको महासभाले म्यानमारको सेनाको निन्दा गर्ने प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रसंघले राजनीतिक कैदीहरुलाई रिहाइको माग गरेको छ । कू गर्दा […]

झडपपछि म्यानमारको गाउँमा आगलागी

३ असार, काठमाडौं । म्यानमारको मध्यभागमा पर्ने एक गाउँमा सेना र स्थानीय छापामार लडाकुको झडपपछि आगालागी भएको छ । यो क्रममा दुईजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार म्यानमारको किन मा गाउँमा सेनाले आगलागी गराएको हो । स्थानीयका अनुसार गाउँमा रहेका २४० मध्ये २०० घर जलेका छन् । स्थानीय चरमपन्थी लडाकुले सेनालाई लखेट्ने प्रयास गरेसँगै […]

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी गम्भीर मुद्दा

२८ जेठ, काठमाडौं । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि भ्रष्टाचारम्बन्धी गम्भीर मुद्दा चलाएको छ । सुकीले घुसको रुपमा सुन तथा पैसा लिएको आरोप लगाइएको छ । यो सुकीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा गम्भीर आरोप हो । यो आरोपमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुन सक्छ । सुकीले अन्य ६ मुद्दाहरुको सामना गरिरहेकी छिन् । […]

भोकमरी र रोगले म्यानमारमा धेरैको मृत्यु हुन सक्ने राष्ट्रसंघको चिन्ता

२६ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले म्यानमारमा सेनाको आक्रमणबाट विस्थापितहरुको भोकमरी र रोगका कारण मृत्यु हुन सक्ने बताएका छन् । पूर्वी म्यानमारको कायाह राज्यमा सेनाले अन्धाधुन्ध आक्रमण गरेसँगै हजारौं मानिस विस्थापित भएका छन् । बुधबार म्यानमारका लागि राष्ट्रसंघका विशेष दूत टोम एन्ड्र्युजले म्यानमारबारे तत्काल अन्तर्राष्ट्रिय कदम चाल्नुपर्ने माग गरेका छन् । सेनाको आक्रमणपछि म्यानमारका […]

म्यानमारमा गलत सूचना फैलाएको भन्‍दै दुई पत्रकारलाई जेल सजाय

२० जेठ, काठमाडौं । म्यानमारको सेनाले दुई पत्रकारलाई गलत समाचार फैलाएको आरोपमा जेल सजाय दिएको छ । म्यानमारमा भइरहेको सेनाविरुद्धको प्रदर्शनलाई दबाउने क्रममा सेनाले पत्रकारहरुलाई जेल हालेको हो । बुधबार म्यानमारको दक्षिणी म्याइकमा रहेको सैन्य अदालतले औङ क्याव र जा जा लाई दुई वर्षको जेल सजाय सुनाएको हो । गत फेब्रुअरीमा सेनाले ‘कू’ गरेपछि पत्रकारद्वयले […]

नेतृ सुकी स्वस्थ रहेको म्यानमार सेनाको दाबी

९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् । सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा […]

म्यानमारको सेनाले लगायो स्याटेलाइट टेलिभिजनमाथि प्रतिबन्ध

२२ वैशाख, काठमाडौं । म्यानमारको सेनाले मुलुकका स्याटेलाइट टेलिभिजन डिसमा प्रतिबन्ध लगाएको छ । स्याटेलाइटमार्फत प्रसारण हुने टेलिभिजनहरुले राष्ट्रिय सुरक्षालाई चुनौती दिने सामग्री प्रसारण गरेको भन्दै स्याटेलाइट टेलिभिजन डिसमा प्रतिबन्ध लगाउने निर्णय भएको म्यानमारको सेना नियन्त्रित सरकारी टेलिभिजनले बताएको छ । मंगलबार सरकारी टेलिभिजनले स्याटेलाइट टेलिभिजन अब अवैध हुने जनाएको छ । यो कानूनको उल्लंघन […]

‘मिथ्या समाचार’ को आरोपमा जापानी पत्रकारलाई म्यानमारमा मुद्दा

२१ वैशाख, काठमाडौं । म्यानमारमा ‘मिथ्या समाचार’ फैलाएको आरोपमा एक जापानी पत्रकार पक्राउ परेका छन् । म्यानमारको जापानी दूतावासले दिएको जानकारीअनुसार युकी किटाजुमीलाई गत अप्रिलमा पक्राउ गरिएको थियो । त्यसयता उनी जेलमा नै छन् । म्यानमारको सेनाले गत फेब्रुअरीमा निर्वाचित सरकारलाई हटाउँदै कू गरेपछि अहिलेसम्म सात सयभन्दा धेरै मानिस मारिइसकेका छन् भने केही हजार मानिसहरु […]

म्यानमारको विद्रोही समूहले सेनाको हेलिकप्टर खसालेको दाबी

२० वैशाख, काठमाडौं । म्यानमारको विद्रोही समूह कचिन इन्डिपेन्डेन्स् आर्मी (केआईए)ले सोमबार हवाइ आक्रमण गरेर फर्किँदै गरेको सेनाको हेलिकप्टर खसालेको दाबी गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारमा सेनामाथि विद्रोही समूहको आक्रमण बढेसँगै सेनाले पनि हवाई आक्रमणलाई तीव्रता दिएको हो । केआईए समूहका अनुसार कचिन प्रान्तको मोइमौक सहर नजिकै सेनाको हेलिकप्टर खसालिएको हो । यद्यपि, […]

कहाँ पुगे मोरङ छिरेका भनिएका रोहिंग्या ?

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् । भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । […]

म्यानमारमा हवाई सेनाको दुई शिविरमा आक्रमण

१६ वैशाख, काठमाडौं । बिहीबार म्यानमारमा हवाइ सेनाको दुई शिविरमा आक्रमण भएको छ । अज्ञात समूहले एउटा शिविरमा विष्फोट र अर्कोमा रकेट आक्रमण गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेसम्म यो आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । म्यानमारको सेनाले भने आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । समाचारमा उल्लेख गरिए अनुसार मागवे सहरस्थित एक सैन्य […]

म्यानमारको सेनामाथि धार्मिक अल्पसंख्यक समूहको आक्रमण

१४ वैशाख, काठमाडौं । म्यानमारको थाइल्याण्डसँग सीमा जोडिएको क्षेत्रमा धार्मिक अल्पसंख्यक करेन समुदायको समूहले सेनाको क्याम्पमा आक्रमण गरेको छ । आसियन राष्ट्रको सम्मेलनमा बोल्दै म्यानमारको सेना प्रमुखले अन्य मुलुकले दिएको सुझावलाई सकारात्मक रुपमा लिएको बताएको केही समयमा नै म्यानमारको सेनाको पोस्टमा आक्रमण भएको हो । शनिबार भएको आसियन सम्मेलनमा आसियन मुलुकका नेताले म्यानमारलाई हिंसा रोक्न […]

म्यानमारमा हिंसा रोक्न आसियान नेताहरुको माग

१२ वैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् । आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द […]

म्यानमारका सैन्य अधिकारीमाथि ईयूको प्रतिबन्ध

७ वैशाख, काठमाडौं । युरोपेली संघ (ईयू) ले म्यानमारका सैन्य अधिकारीमाथि प्रतिबन्धको निर्णय गरेको छ । गत फेब्रुअरीमा म्यानमारको सेनाले प्रजातन्त्रवादी सरकारलाई हटाउँदै शासन हातमा लिएको थियो । त्यसयता ईयूले म्यानमारको सेनामाथि सबैभन्दा कडा प्रतिबन्ध लगाएको हो । सोमबार ईयूले म्यानमारको सेनामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यो प्रतिबन्धमा उनीहरुको सम्पत्ति जफत गर्ने र […]

म्यानमारका प्रदर्शनकारीले नयाँ वर्ष नमनाउने, प्रदर्शन जारी राख्‍ने

३१ चैत, काठमाडौं । म्यानमारमा सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका प्रदर्शनकारीले मुलुकको पाँच दिने नयाँ वर्ष नमनाउने निर्णय गरेका छन् । उनीहरुले यसपटक थिंज्ञान नयाँ वर्ष नमनाउने निर्णय गरेका हुन् । सामान्यतया यो नयाँ वर्ष प्रार्थना, सांस्कृतिक रुपमा बुद्धको मूर्ति सफा गरेर र सडकहरु सफा गरेर मनाइन्थ्यो । तर यसवर्ष सेनाविरुद्धको प्रदर्शन जारी रहेकाले नयाँ […]

म्यानमारका मिडियाको दाबी : सुरक्षाकर्मीबाट एकैदिन ८० जनाको हत्या

२९ चैत, विराटनगर । म्यानमारको राजधानी यांगुनमा सुरक्षाकर्मीले एकैदिन ८० जनाभन्दा बढीको हत्या गरेको स्थानीय मिडियाहरुले दाबी गरेका छन् । म्यानमारको एक समाचार आउटलेट तथा ‘असिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनस (एएपीपी)’ नामको संस्थाले यो जानकारी दिएकाे हाे । स्थानीय समाचार एजेन्सी ‘म्यानमार नाउ’ले सैन्य कुविरुद्ध प्रदर्शनमा उत्रिएका ८२ जनाको सुरक्षाकर्मीले हत्या गरेको उल्लेख गरेको छ […]

म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ११ जना मारिए

२६ चैत, काठमाडौं । म्यानमारमा सैन्य कू विरुद्धको प्रदर्शनमा सुरक्षाकर्मीले चलाएको गोली लागेर कम्तीमा ११ प्रदर्शनकारीको मृत्यु भएको छ । म्‍यानमारको उत्तरपश्चिमी सहर ताजेमा बिहीबार भएको प्रदर्शनमा निस्किएका प्रदर्शनकारीले पनि सुरक्षाकर्मीमाथि हाते बन्दुक र पेट्रोल बमले प्रहार गरेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रदर्शनकारीले पनि प्रतिकार गर्न थालेपछि थप पाँच ट्रक सुरक्षाकर्मी परिचालन गरिएको […]

म्यानमारका सेलिब्रिटी मोडल पक्राउ

२६ चैत, काठमाडौं । म्यानमारका एक चर्चित सेलिब्रिटी पक्राउ परेका छन् । म्यानमारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शनमा सहभागी भएका चर्चित भएका पाइङ टाखोन पक्राउ परेका हुन् । स्थानीय समय अनुसार बिहीबार बिहान पाँच बजे टाखोनलाई उनकै घरबाट पक्राउ गरिएको हो । टाखोनका समर्थक म्यानमारका साथै थाइल्याण्डमा पनि छन् । १० लाखभन्दा धेरै फलोअर्स रहेको उनको […]

म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै मैनवत्तीसहित प्रदर्शन

२६ चैत, काठमाडौं । म्यानमारका नागरिकहरुको जीवन रक्षाको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा मैनबत्ती बालेर प्रदर्शन गरेको छ । बुधबार साँझ काठमाडौंको बौद्धनाथ स्तुपा अगाडि समाजले प्रदर्शन गरेको हो । मानव अधिकार तथा शान्ति समाजकी अधिकृत सरिता पौडेलका अनुसार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले आँखा र […]

सरकारले भन्यो : म्यानमार घटनाबारे गहिरो चासो र चिन्ता छ

२३ चैत, काठमाडौं । सरकारले म्यानमारमा विकसित घटनाप्रति गहिरो चासो र चिन्ता रहेको बताएको छ । सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारको गहिरो चासो र चिन्ता रहेको बताएका हुन् । म्यानमारमा त्यहाँको सेनाले शासन हातमा लिएर लोकतान्त्रिक नेताहरुलाई नियन्त्रणमा लिएपछि नेपालले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको […]