+
+
Shares

म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण, २४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १४:०९

काठमाडौं । म्यानमारमा बौद्ध महोत्सवमा बम आक्रमण भएको छ ।

मध्य म्यानमारमा धार्मिक उत्सव मनाइरहेको समयमा मोटराइज्ड प्याराग्लाइडरबाट बम आक्रमण भएको छ । उक्त आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अन्य ४७ जना घाइते भएका छन् ।

निर्वासित राष्ट्रिय एकता सरकारका प्रवक्ताका अनुसार सोमबार साँझ चाउङ-यू टाउनसीपमा भएको थाडिङ्युट महोत्सवमा लगभग १०० जना सहभागी भएका थिए ।

यो पर्व बौद्ध परम्परासँग जोडिएको छ । अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो ।

यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको थियो ।

सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ ।

संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म द्वन्द्वमा ५ हजारभन्दा बढी नागरिक मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?