Comments Add Comment

राष्ट्रिय ट्रमा सेन्टर

List Grid
राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा. जोशी

२९ भदौ, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीले पाएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार राज्यमन्त्री स्तरीय निर्णयबाट जोशीलाई ट्रमा सेन्टरमा पठाएका हुन् । त्यस्तै राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सुनील शर्माले पाएका मन्त्रालय स्रोतले जनाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टर : आकस्मिक व्यवस्थापनमा अब्बल

१२ जेठ, काठमाडौं । वि.सं.२०७८ वैशाख तेस्रो साता मुलुकभर कोरोना संक्रमण र मृत्युदर बढेपछि देशभरिकै कोभिड अस्पतालमा बेड र अक्सिजनको हाहाकार भयो । धेरै संक्रमितको मृत्यु भयो । त्यतिबेला दुई साताअघि १० प्रतिशत रहेको संक्रमणदर बढेर ५० प्रतिशत पुगेको थियो भने दैनिक २८ मा रहेको मृत्युको आँकडा ८८ हुँदै २०० नाघेको थियो । महामारी महासंकटको […]

अक्सिजनका लागि ट्रमा सेन्टरमा चलिरहेको भागदौड

३० वैशाख, काठमाडौं । बिहीबार दिउँसो ट्रमा सेन्टर पुग्दा संक्रमितका आफन्त अक्सिजन सिलिण्डर जोहो गर्न हारगुहार गरिरहेका थिए । अक्सिजन पाउन नसक्दा अस्पतालको कुनामा रोइरहेका आफन्तहरूको दृश्य हृदयविदारक थियो । आफन्तको ज्यान बचाउन उनीहरू चारैतिर सम्पर्क गरिरहेका थिए । तर सबै ठाउँबाट ‘अक्सिजन छैन’ भन्ने जवाफ आएको उनीहरूको उदास अनुहारले बताइरहेको थियो । गम्भीर चोटपटक […]

राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पताल

२७ वैशाख, काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टर कोभिड-१९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला ट्रमा सेन्टरले […]

कान्ति र ट्रमा सेन्टरमा विपन्नको प्रारम्भिक आकस्मिक उपचार निशुल्क

६ असोज, काठमाडौं‌ । कान्ति बाल अस्पताल राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्नको प्रारम्भिक आकस्मिक उपचार सेवा निशुल्क गर्ने भएको छ । अस्पतालले मंगलबार एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामीका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ । कान्ति बाल अस्पतालमा निर्देशक […]